Sunday, August 1जापानबारे सबै कुरा

Tag: corona vaccine

यस्तो हुनेछ जापानमा कोरोनाभाइरस विरोधी भ्याक्सिन लगाउने प्रक्रिया
जानकारी, स्वास्थ्य

यस्तो हुनेछ जापानमा कोरोनाभाइरस विरोधी भ्याक्सिन लगाउने प्रक्रिया

जापानले गत महिनादेखि पहिलो चरणको कोरोना भाइरस विरोधी खोप कार्यक्रम आरम्भ गरेको छ । आजको यस लेखमा हामीहरुले जापानमा खोप लगाउँदा के के हुन सक्छ र खोपको टिकट पाएपछि खोप लगाइने प्रक्रियाबारे बताउन गइरहेका छौं । खोप कसले पाउँछ ? - सरकारले जापानका सबै बासिन्दाहरुलाई निःशुल्क खोप उपलब्ध गराउनेछ । यसमा विदेशी बासिन्दाहरु समेत १६ वर्ष वा सो भन्दा बढी उमेरका सबै पर्नेछन् । - खोप बाध्यकारी छैन । खोप नलगाउनेलाई दण्ड सजायको व्यवस्था पनि छैन । तर योग्य सबै बासिन्दालाई खोप लगाउन अनुरोध गरिनेछ । - तपाईलाई ज्वरो आएको छ, वा कुनै गम्भीर रोग लागेको छ वा खोप लगाउँदा गम्भीर खालको एलर्जी भएको इतिहास छ भने खोप लगाउन दिइदैन । - स्वास्थ्य पेशाकर्मीहरुसँगको सल्लाहमा गर्भवती महिलाहरु पनि खोप लगाउन योग्य छन् । तर यसका लागि स्वास्थ्य पेशाकर्मीहरुसँग परामर्श लिनुपर्नेछ । पहिलो त्रैमसमा भने गर्भवतिलाई खोप नलगा...