Sunday, August 1जापानबारे सबै कुरा

काम गर्ने कम्पनी छान्दा ध्यान दिनुस यि कुराहरुमा

जापानमा पछिल्लो समय विदेशी कामदारको माग निकै बढेको छ । इञ्जिनियर विशेषगरी कृत्रिम बौद्धिकताको क्षेत्रमा काम गरिरहेका इञ्जिनियरहरुको माग त झनै उच्च छ । के तपाइ पनि यस्तै इञ्जिनियर हुनु हुन्छ ? कि जापानमै आएर काम गर्ने योजना बनाइरहनु भएको छ ? जापानमा पढाई सकेर जागिर खानका लागि कम्पनी पो खोज्दै हुनुहुन्छ कि ? आफूलाई सुहाउँदो कम्पनी कसरी छान्ने भन्ने दोधारमा तपाइ हुनु हुन्छ ? आजको यो लेखमा हामीहरुले सुहाउँदो कम्पनी छान्ने तरिका बताउन गइरहेका छौं ।

तपाइको शैक्षिक योग्यता जति धेरै छ, अनुभव जति लामो छ रोजगारीका विकल्पहरु र अवसरहरु पनि त्यति नै धेरै हुनेछन् । तपाइ जापानमा विदेशीका रुपमा हुनु हुन्छ भने तलब सुविधा मात्रै सबै कुरा होइन । तलबबाहेक पनि कम्पनीमा तपाइले बुझ्नु पर्ने अनेक कुराहरु छन् । यो कुरा प्राविधिक क्षेत्रका कम्पनीमात्र नभई अन्य कम्पनी खोज्दा पनि लागू हुन्छ ।

अन्तराष्ट्रिय वातावरण भएको

कम्पनी वा तपाइले काम गर्ने समूहमा विविधता र प्रतिनिधित्व हुनु ग्लोबल टिमको राम्रो संकेत हो । तर त्यहाँ काम गर्ने वातावरण कस्तो छ ? जापानमा तपाइको काम वा भूमिका जति नै प्राविधिक भएपनि सञ्चार निकै महत्वपूर्ण छ । कम्पनीले आफूलाई भिन्नै खालको अनि अन्तरराष्ट्रिय वातावरण भएको भनेर प्रवद्र्धन गरिरहेको छ भने भाषा र सांस्कृतिक अवरोध भएपनि त्यहाँ विदेशी कर्मचारीहरु समेत बस्न सक्ने र उत्पादनशील भएर काम गर्न सक्ने वातावरण हुनु पर्दछ । राम्रो खालको टेवा प्रणाली र मार्गदर्शन दिने वातावरणमार्फत विविधता र बुझाइलाई प्रोत्साहन दिएर यस्तो गर्न सकिन्छ ।

पर्याप्त तलब

जापानमा वरिष्ठता र उमेर निकै महत्व दिइन्छ । तलब प्राय उमेर सापेक्ष हुन्छ । सधैं यस्तो हुन्छ भन्ने छैन तर राम्रो पोर्टफोलियो भएको, अनुभव धेरै बटुलेको र शैक्षिक उपलब्धि पनि उत्कृष्ट छ भने जहाँ गएपनि तपाइ प्रतिस्पर्धात्मक तलब नै खोज्नु हुन्छ । केही मानिसहरुले विद्यावारिधी सानै उमेरमा गरिसकेका हुन्छन् । अनि कयौं रोचक र चाखलाग्दा परियोजनामा सहभागी पनि भएका हुन्छन् । चाहे उद्योगमा काम गरेर व्यवहारिक अनुभव बटुलेको होस् या पढेर वा पढाएर ज्ञान प्राप्त भएको होस् । तपाइकोे अनुभवलाई कम्पनीले अंगीकार गर्ने मात्रै होइन र महत्व पनि दिनुपर्छ । कम्पनीले कुनै पनि पदका लागि आवेदन दिने आवेदकको मूल्यांकन कसरी गर्छ, तलब सुविधा कति दिने भन्नेबारे कस्तो तर्कशक्ति उपयोग गर्छ भन्ने कुराले उनीहरुले प्रवद्र्धन गर्न खोजेको कर्पोरेट संस्कृति, मूल्य र वातावरण देखाउँछ ।

राम्रो ट्रयाक रेकर्ड भएको

ट्रयाक रेकर्ड भनेर हामीहरुले औंला गन्न सकिने केही कम्पनीका वित्तीय र पीआर हैसियततर्फ मात्रै औंल्याउन खोजेका हैनौं । कम्पनीको कर्पोरेट संस्कृति, वातावरण र विविधता पनि भनेका हौं । काम गर्ने वातावरण सुधार्ने र कर्मचारीलाई सहायता गर्ने खालको बनाउने र समग्र अवस्थामा सुधार गर्ने कम्पनीको प्रयास र पहल पनि यसमै पर्छ । यो हेर्न सबैभन्दा गाह्रो कुरामध्ये एक हो । किनकि कम्पनीमा काम गरिरहेको वा त्यहाँबाट अन्यत्र गइसकेका व्यक्तिले नभनेको कुरा बुझ्न पनि अन्तर्दृष्टि चाहिन्छ । तपाइ कर्मचारी भर्ती गर्नेमार्फत जाँदै हुनु हुन्छ भने उनीहरुले नै कम्पनीका लागि खोजिदिएका व्यक्तिको अनुभव साटे भने राम्रो हुन्छ ।

आफ्नो मूल्यसँग मेल खाने कम्पनी

तपाइ र तपाइले काम गर्ने कम्पनीको मूल्य एउटै खालको छ भने कम्पनीले गर्ने अनि सोको हिस्सा भएर तपाइले गर्ने काममा तपाइ पूर्ण रुपमा विश्वस्त बन्नु हुन्छ । अनि आफूले गर्ने वा गरेको हरेक काममा तपाइले उपलब्धि हासिल भएको महसुस गर्नु हुनेछ । तपाइले उनीहरुको मूल्यमा विश्वास गर्नु भयो भने उनीहरु पनि यी मूल्यप्रति कटिबद्ध छन् भन्ने देखिन्छ । कम्पनीका लागि काम गरिरहन तपाई अलि धेरै प्रेरित हुनु हुनेछ र गरेको काममा पनि सन्तुष्टि मिल्नेछ ।

अतिरिक्त टेवा दिने खालको

यस्तो हुनै पर्छ भन्ने छैन । तर तपाइ अनेक कम्पनीमध्ये एउटालाई छान्दै हुनु हुन्छ भने कम्पनीले कर्मचारीलाई अतिरिक्त टेवा दिन्छ कि दिँदैन भन्नेबारे पनि विचार गर्नु पर्दछ । तपाइ आफ्नो देश छाडेर आउनु भएको हो । त्यहाँको संस्कृति तपाइको भन्दा बिल्कुल फरक हुन सक्छ । अनि स्थानीयहरुको आवश्यकता जस्तो छ तपाइको पनि ठ्याक्कै त्यस्तै नहुन पनि सक्छ । जस्तैः भाषामा सहयोग, सर–सल्लाह दिने, बालबच्चा भएका कर्मचारीलाई सहायता, मानसिक स्वास्थ्य र यस्तै अनेक खालका सहयोग गर्ने ।

यदि तपाइ कर्मचारी भर्ना गर्ने कम्पनी (हाकेन) सँग काम गरिरहनु भएको छ भने,

विशेष महत्व

काम खोजिदिने एजेन्टबाट तपाइहरु मध्ये धेरैले अनेक सन्देश र कामको अफर पाइरहनु भएको होला । सधैं एउटै खालको टेम्प्लेट्स सन्देश पढ्दा पढ्दा दिक्क पनि भइसक्नु भयो कि ? तर कहिलेकाँही यस्ता सन्देशले करियरसम्बन्धी आकांक्षाबाट तपाइलाई टाढा पु¥याउन पनि सक्छ । तपाइको प्रोफाइल अनि अनलाइन सिभी (तपाइले बुझाउनु भएको छ भने) पढ्न समय निकाल्ने परामर्शदाताहरुसँग काम गर्नुहोस् । तपाइलाई कामको अफर दिने मानिसले साँच्चै तपाइले गरेको काममा रुचि देखाइरहेको छ अनि सधैं तपाइको हितमा काम गर्नेछ भन्ने थाहा पाउनु पनि रमाइलो लाग्छ नि हैन ?

कम्पनीहरु पनि फिल्टर गर्नु पर्छ (तलबमा मात्रै बढी ध्यान दिनु हुँदैन)

तपाइले कस्तो खालको कम्पनीमा काम गर्न मन पराउनु हुन्छ भन्ने कुरा करियरसम्बन्धी परामर्शदाताहरुले सुन्नु मात्रै होइन बुझ्नु पनि जरुरी छ । अनि कुनै कम्पनीमा काम शुरु गर्नु जत्तिकै महत्वपूर्ण त्यसमा टिकिरहन अनि आफ्नो कामलाई रमाइलो मानेर गर्न पनि जरुरी छ ।

संसारमा ‘पर्फेक्ट’ कम्पनी छैन । तर सही दिशानिर्देश पाउनु भयो र व्याकुलताको भावनालाई हटाउन कुन चाँहि तत्वमा बढी ध्यान दिने भन्ने कुरा थाहा पाउनु भयो भने सजिलो हुन्छ । आजको यस लेखले तपाइलाई कम्पनीको जब अफर स्वीकार गर्ने मामिलामा सही निर्णय गर्न सघाउने छ भन्ने आशा हामीले गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *