Sunday, August 1जापानबारे सबै कुरा

जापानमा रहँदा विपत्तिको समयमा प्रयोग गर्नैपर्ने मोवाइल एपहरु

जापान प्राकृतिक विपद् धेरै आउने देशमा विश्वमै अग्रणी देश हो । यहाँ ताइफु, सुनामी लगायत प्राकृतिक विपद्हरु बारम्बार आइरहन्छ । ‘सेफ्टी टिप्स’ एप अन्तरराष्ट्रिय आगन्तुकहरुलाई प्राकृतिक विपद्बारे जानकारी दिन तयार पारिएको एउटा एप हो । यो एपले प्राकृतिक विपद्हरुको बारेमा सूचना उपलब्ध गराउँछ । सुर*क्षाको अनुभूति गर्दै पयर्टकहरुले जापानको भ्रमण गर्न सकुन् अनि अप-टू-डेट जानकारीहरु प्राप्त गर्न सकुन् भनेर जापानको टुरिजम एजेन्सीले सन् २०१४ को अक्टोबरमा यो एप लञ्च गरेको हो । यहाँ प्राकृतिक विपद्हरु धेरै आउने भएकोले यस्तो उपाय अपनाइएको हो ।

यो एप नेपाली, अंग्रेजी, कोरियन, सरलिकृत चाइनिज, परम्परागत चाइनिज, भियतनामिज, स्पेनिस, पोर्तुगाली, थाई, इन्डोनेसियन र टगालोग भाषामा उपलव्ध छ ।

यसले भुकम्पसम्बन्धी शुरुआती चेतावनी, सुनामी सम्बन्धी चेतावनी, मौसमसम्बन्धी चेतावनी र खतरायुक्त ठाउँ छाडेर अन्यत्र जाने सूचनाहरु जारी गर्दछ । यस बाहेक पनि प्राकृतिक विपद्को बेलामा जोखिमयुक्त स्थान कसरी छाड्ने अनि सुरक्षित स्थान कसरी पुग्ने भन्ने देखाउने फ्लोचार्ट पनि हुन्छ ।

यसमा विपद्को बेलामा जानकारीहरु उपलब्ध गराउने उपयोगी लिंकका साथै आसपास रहेका मानिसहरुबाट जानकारी प्राप्त गर्न कम्युनिकेशन कार्ड पनि छ । सन् २०१८ को मार्च २० देखि यस एपले आम जनताको सुर*क्षाको लागि अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले प्रवाह गर्ने क्षेप्यास्त्र प्रहार लगायत सूचनाहरु पनि दिन थालेको छ ।

आइफोनमा डाउनलोड गर्नका लागि यहाँ
र एन्ड्रोइड डिभाइसमा प्रयोग गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

पकेट सेल्टर

त्यस्तै अर्को उपयोगी एप ‘पकेट सेल्टर’हो ।

यो एप विपत्तिको समयमा जीवन बचाउन सहयोगी साबित हुन सक्छ । यो एपलाई हेरेर मात्रै पनि धेरै कुरा सिक्न सकिन्छ । यसका प्रमुख फिचर हेरेर मात्रै पनि विपत्तिको समयमा जीवन बचाउन के गर्नुपर्छ भन्ने कुरा सिक्न सकिन्छ ।

पकेट सेल्टरमा चार ओटा प्रमुख उपकरण समावेश छ ।

१.विपत्तिको प्रकारबारे जानकारीपूर्ण चेतावनी

भूकम्पको प्रकृत्ति प्रत्यक्ष हुन्छ । जमीनमा कम्पन आउनु नै भूकम्पको पहिलो संकेत हो । पकेट सेल्टरले भूकम्प आएको वास्तविक समयबारी जानकारी दिन्छ ।

पकेट सेल्टरमा विभिन्न प्रकारका विपत्तिमा विभन्न स्तरको अलार्म र भाइब्रेशन हुन्छ । सुनामी र आणविक मिसाइल खसेको चेतावनीका लागि पनि अलार्म हुन्छ । अलार्मको आवाज सुनेरै कस्तो प्रकारको घटना घटेको हो भन्ने थाहा पाउन सकिन्छ । यति मात्र नभई यसले घटना कुन बेला घटेको हो र कहाँ घटेको र घटनाको प्रकृति कस्तो प्रकारको छ भन्ने बारे पनि जानकारी दिन्छ जसले के भइरहेको छ भन्ने बारे थप बुझ्न सहयोग गर्छ ।

२.तपाइ सुरक्षित भएको कुरा आफन्त र साथीभाइमाझ स्वतः पुग्छ

यो एपले तपाइ सुरक्षित भएको र कुन ठाउँमा हुनुहुन्छ भन्ने सन्देश तपाइे चाहेको व्यक्तिमाझ पुर्याउँछ । यसका लागि त्यस्ता व्यक्तिको इमेल ठेगाना चाहिँ एपमा सेभ गर्नुपर्छ ।

३.सुरक्षित स्थानसम्म पुग्ने तरिका सजिलै खोज्न सकिन्छ

पकेट सेल्टरले विपत्तिको समयमा नजिकको सुरक्षित स्थान कुन हो र त्यहाँ कसरी पुग्न सकिन्छ भन्ने निर्देशन पनि सहज ढङ्गले दिन्छ । भूकम्प आएको बेलामा टेबल कुर्सी मुनि बसेर आफूलाई जोगाउन सकिन्छ भन्ने कुराको जानकारी पनि एप्सले दिन्छ ।
यी सबै जानकारी संकलन गरेसिछ एप्सको सहयोगले आफ्नो क्षेत्रको कुन भवन सुरक्षित भन्ने कुराको जानकारी पनि पाउन सकिन्छ । जीपीएसको मद्धतले त्यहाँ पुग्न पनि एप्सले सहयोग गर्छ ।

४. एप अफलाइनमा पनि चल्छ

विपत्तिको समयमा पूर्वाधारमा क्षति पुग्ने र सबैजनाले आफ्नो फोनबाट सम्पर्क गर्न खोज्ने भएकाले नेटवर्क कमजोर हुन्छ । तर पकेट सेल्टर अफलाइनमा पनि चल्ने भएकाले सुरक्षित स्थानको म्यापहरु डाउनलोड पनि गर्न सकिन्छ र त्यो म्यापलाई अफलाइन पनि हेर्न मिल्छ ।

यो एप आइफोन र एण्ड्रोइडका लागि भनेर दुई ‘बेसिक’भर्सनमा उपलब्ध छन् भने यो अतिरिक्त ‘प्लस’ भर्सनमा पनि उपलब्ध छ । निःशुल्क बेसिक भर्सनमा चेतावनी र सुरक्षित स्थान केन्द्र खोज्नेजस्ता फिचर त हुन्छन् तर यसमा अफलाइन म्याप र सुरक्षित भएको सन्देश स्वतः आफन्तमाझ पुग्ने सिष्टम चाहिँ हुँदैन । बेसिन प्रिमियम भर्सनमा मासिक १ सय २० येन तिरेपछि यसमा अफलाइन म्याप डाउनलोड गर्ने र त्यसलाई स्टोर गर्ने सुविधा चाहिँ हुन्छ । त्यस्तै सुरक्षित भएको सन्देश स्वतः आफन्तमाझ पुग्ने सेटअप पनि गर्न मिल्छ । यो एपमा नेपाली भाषा भने उपलव्ध छैन । अंग्रेजी भाषामा सूचनाहरु लिन सकिन्छ ।

प्लस भर्सनको चाहिँ वर्षको १ हजार २ सय ९६ येन तिर्नुपर्छ र यो परिवार र व्यावसायिक क्षेत्रका लागि हो । यसलाई पर्शनल कम्प्युटरदेखि जुनसुकै उपकरणमा पनि प्रयोग गर्न मिल्छ ।

आइफोनका लागि यहाँ
र एन्ड्रोइड डिभाइसमा डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *