Monday, May 17जापानबारे सबै कुरा

जापानमा ड्राइभिङ लाइसेन्स कसरी लिने ?

अधिकांश टोकियोबासीलाई दैनिक जीवनका लागि कारको आवश्यकता छैन । तर यदि टोकियो लगायतका ठूला सहरहरुभन्दा भित्री भागहरुमा बस्दा भने कार चाहिन्छ । बच्चाहरुलाई कतै घुमाउन लिएर जानु पर्यो वा काममा पनि गाडी चलाएरै जानु पर्यो भने कार र सो कार चलाउनका लागि अनुमति पत्र अर्थात ड्राइभिङ लाइसेन्सको आवश्यकता पर्दछ । आजको लेखमा जापानमा ड्राइभिङसम्बन्धी के कस्ता व्यवस्था छन् त्यसका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

अन्तरराष्ट्रिय ड्राइभिङ पर्मिट

आफ्नै राष्ट्रबाट अन्तरराष्ट्रिय ड्राइभिङ पर्मिट (आइडीपी) लिएर आउनु राम्रो हुन्छ । यसले १ वर्ष सम्म जापानमा गाडि चलाउन पाउने अनुमति दिन्छ । यदि लामो समय गाडी चलाउने हो र जापानमा कार ने खरिद गर्ने हो भने चाहिँ जापानी लाइसेन्स लिनु राम्रो हुन्छ । तर नेपालीहरुको हकमा नेपालमा जारी भएको अन्तराष्ट्रिय ड्राइभिङ मान्यता भएको लाइसेन्स नै भएपनि त्यसले जापानमा काम गर्दैन । यहींको लाइसेन्स लिनुपर्ने हुन्छ ।

जापानी लाइसेन्स लिँदा

सबै राष्ट्रले जापानमा अन्तरराष्ट्रिय चालक अनुमति पत्र जारी गर्न पाँउदैनन् । अन्तरराष्ट्रिय चालक अनुमति पत्र १९४९ जेनेभा कन्भेन्सनमा सम्बन्धन प्राप्त राष्ट्रको नागरिकले मात्र अन्तरराष्ट्रिय चालक अनुमति पत्र प्रयोग गरेर जापानमा गाडी चलाउन अनुमति छ । अनुमति पत्र उस्तै लागेपनि अन्तरराष्ट्रिय नियमनको मामिलामा जापान एकदमै कडा छ । जापानमा गाडी चलाउन अन्तरराष्ट्रिय चालक अनुमतिपत्र, पासपोर्ट र आफ्नो राष्ट्रको चालक अनुमति पत्र चाहिन्छ । १९४९ जेनेभा कन्भेन्सनसँग सम्बन्धन प्राप्त राष्ट्रले जारी गरेका लाइसेन्स भएका चालकले आफ्नो देशको चालक अनुमति पत्र, पासपोर्ट र चालक अनुमति पत्रको आधिकारीक जापानी अनुवादको आवश्यकता पर्छ । कार भाडामा लिँदा यी सबै कुराको आवश्यता पर्छ ।

लाइसेन्स परिवर्तन गर्ने

नक्कली लाइसेन्स प्रकरणमा केही नेपालीहरुको संलग्नता देखिएपछि कडाई गरिएको भएपनि नेपालको आधिकारीका लाइसेन्सका आधारमा जापानको लाइसेन्स लिने प्रकृया पनि हुन्छ । यसका लागि चाहिने दस्तावेजः
– सक्कली चालक अनुमति पत्र
– आधिकारीक अनुवाद ( JAF नामक संस्थाबाट गरिएको हुनुपर्ने )
– हालका ठेगाना पुष्टि गर्न स्थानीय सिटि हलले जारी गरेको रेसिडेन्सी प्रमाणपत्र ( Jyuminhyo )

– रेसिडेन्स कार्ड ( Jairyu Card ) र पासपोर्ट
– आवेदन फारामका लागि फोटो

अभ्यास परिक्षा

हरेक वर्ष थुप्रै विदेशी नागरिकले जापानी ड्राइभिङ परिक्षा पास गरिरहेका छन् । यदि पहिल्यै ड्राइभिङ आउँछ भने ड्राइभिङ सेण्टरमार्फत जापानी लाइसेन्सका लागि आवेदन दिन सकिन्छ । यसमा आँखा र कानको जाँच हुनुका साथै लिखित र अभ्यासमुखि परिक्षा पनि लिइन्छ । पहिले लाइसेन्स लिनुभएको छैन भने आवश्यक सबै प्रकृया पूरा गरेर नयाँ लाइसेन्स लिन सकिन्छ, ड्राइभिङ स्कुलहरुमार्फत सिकेर नयाँ लाइसेन्स लिने प्रकृया खर्चिलो भने हुन्छ ।

सडकमा ध्यान दिनुपर्ने कुरा

– जापानमा विशेषगरी शहरी क्षेत्रमा धेरै साँघुरा र टु वे सडकहरु हुन्छन् । तर यहाँका साँघरा सडकको सामना गर्न भने एकदमै सजिलो छ ।
– अन्य चालकलाई धन्यावाद दिन जापानी चालकहरुले आकस्मिक विल्ङ्करको प्रयोग गर्छन् ।
– सडक निर्माणका संकेत हेर्ने । जापानी राजमार्गहरुमा मर्मतको काम चलिरहेको हुन्छ । त्यहाँ मानिसहरु काम गरिरहेको संकेत दिन चेतावनीका संकेत राखिएको हुन्छ । यसो गर्दा गाडीको गति कम पनि सहयोग गर्छ ।

– पहेँलो बत्तीका लागि तयार रहने । जापानमा पहेँलो बत्ती बल्दा खेरी गाडीको गति सिमित पारेर रोक्नुपर्छ । तर कसै कसैले भने रातो बत्तीलाई उछिन्न पहेँलो बत्ती बल्दा गाडी कुदाउनेगर्छन्, यसो गर्नु हुँदैन ।
– जापानमा मोटरसाइकल र बाइसाइकलहरु जता ततै हुन्छन् । लेनमा पनि मोटर साइकल कुदाइरहेको देख्न सकिन्छ ।
– गाडी चलाउँदा सेल फोनको प्रयोग गर्न पाइँदैन । हयाण्डसफ्रिमा मात्रै कुरा गर्न मिल्छ ।

– जापानमा पार्किङ कहाँ गर्ने भन्ने कुरा बुझ्न त्यति कठिन छैन ।
– यहाँ गाडी चलाइरहेका बेला जनावरले सडक पार गर्न सक्ने चेतावनी भएका संकेतहरु पनि हुन्छन्
– पैदल यात्रुमाथि विशेष ध्यान दिनुपर्छ ।
– जापानको गति सिमित राजमार्गमा प्रति घण्टा १ सय किलोमिटर र अन्य सडकमा ६० किलोमिटर छ ।
– जापानमा सेल्फ सर्भिस र फुल सर्भिस ग्यास स्टेशन दुवै हुन्छन् तर सेल्फ सर्भिस मेशिनमा प्राय अंग्रेजी विकल्प भने हुँदैन ।

– म’दिरा पिएर सवारी चलाउन पाइँदैन

लाइसेन्स नवीकरण गर्ने तरिका

लाइसेन्सको म्याद तपाइको जन्ममितिको एक महिनापछि अथवा भनौं जारी भएको दुई वर्षपछि सकिन्छ । यस अवधिमा तपाइले आफ्नो कार्ड नवीकरण गर्नुपर्छ । नवीकरण गर्ने समयसीमा तपाइको जन्ममितिको एक महिना अघि पछि हुन्छ । यसका लागि ड्राइभर लाइसेन्स सेण्टरमा गएर करीब ३ हजार येन तिर्नुपर्छ र आफ्ना दस्तावेज सबै बुझाउनुपर्छ साथै सडक सुरक्षाका बारेको लेक्चर पनि सुन्न पर्छ । यदि तपाइले ट्राफिक नियमको उल्लङ्घन गर्नुभएको छैन भने तपाइको लाइसेन्स हरियोबाट नीलो रंगमा अद्यावधिक गरिन्छ र यसको म्याद तीन वर्षसम्म हुन्छ । यी वर्षहरुमा पनि तपाइबाट कुनै नियम उल्लंघन भएन र दु’र्घटना पनि भएन भने तपाइले सुनौलो लाइसेन्स प्राप्त गर्न सक्नुहुन्छ जसको अवधि पाँच वर्षसम्म हुन्छ र तपाइले बीमा रकम जोगाउन सक्नुहुन्छ ।

कार भाडामा लिने

सबै कागजपत्र मिलेपछि कार भाडामा लिन सकिन्छ । प्राय सबै जापानी रेण्टल कम्पनीहरुको जापानी, अंग्रेजी चिनियाँ भाषामा वेवसाइट उपलब्ध छन् । अनलाइन बुकिङ गर्नु राम्रो हुन्छ । कुनै विशेष समयमा मात्रै कार चलाउन चाहनुहुन्छ भने कार भाडामा लिनु नै सबैभन्दा उत्तम विकल्प हो । यो प्रकृया एकदमै सरल र सहज छ । विभिन्न वेवसाइटको माध्यमबाट कार भाडामा लिन सकिन्छ । जापानमा भाडामा पाइने अधिकांश कार स्वचालित हुन्छन् ।

कार शेयरिङ सर्भिस

यदि तपाइले केही नियमित जसो कारको आवश्यकता पर्छ तर खरिद नै गरिहाल्नुपर्ने आवश्यकता महसुस छैन भने कार शेयरिङ उपाय सबैभन्दा राम्रो विकल्प हो । टाइम्स कार प्लस, कारेको र ओरिक्स,यी तीन प्रमुख कम्पनी यस सेवाका लागि प्रख्यात छन् । शेयर कारहरु कार पार्क र अपार्टेण्ट विल्डिङमा पनि हुन सक्ने भएकाले यो राम्रो उपाय हुन सक्छ । यसको सदस्य बन्न जापानी ड्राइभिङ लाइसेन्स र क्रेडिट कार्डसहित साइन अप गर्नु पर्छ । कम्पनी र कारको प्रकारअनुसार मूल्यमा भिन्नता हुन्छ । त्यसपछि आफूलाई पायक पर्ने स्थानको कार बुक गर्न सकिन्छ । आफ्नो प्रयोग सकिएपछि कम्पनीको अनुमति प्राप्त स्थानमा लगेर कार पार्क गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *