Wednesday, June 29जापानबारे सबै कुरा

जापानमा वर्किङ भिसा नवीकरण र यससम्बन्धी बारम्बार सोधिने प्रश्नहरु

तपाई वर्किङ भिसामा जापानमा बसिरहेको भएको छ भने हरेक एक वर्ष (पाँच वर्ष पनि हुन सक्छ) मा भिसा नवीकरण गर्न अध्यागमन विभागमा आवेदन पेश गर्नु पर्छ । पहिलो पटक भिसा नवीकरण गर्न लागेका विदेशीहरुका लागि यो कसरी गर्ने भन्ने कुरा थाहा नहुन पनि सक्छ । आवेदन कहाँ दिने अनि यसका लागि के के चाहिन्छ भन्ने कुरा जान्ने इच्छा हुन सक्छ । एक पटक नवीकरण गरेकाहरुले पनि जागिर गुमाएको वा नवीकरण अस्वीकृत भएको अवस्थामा के गर्ने भन्ने चिन्ता हुन सक्छ । आजको यस लेखमा भिसा हैसियत नवीकरण गर्ने प्रक्रिया र बारम्बार सोधिने दुई प्रश्नको उत्तर दिने कोशिश गरिनेछ ।

१. भिसा हैसियत विस्तारका लागि कसरी आवेदन दिने ?

डक्यूमेन्टेशन

भिसा हैसियत नवीकरण आवेदन लेख्नु पर्छ अनि अध्यागमन विभागमा जानु पूर्व बुझाउनु पर्ने कागजपत्र तयार पार्नु पर्छ । आवेदन फारम अध्यागमन विभागमा दिइन्छ । तर अध्यागमन सेवा निकायको वेबसाइटबाट पनि आवेदन झिक्न सकिन्छ ।

अध्यागमन सेवा निकायको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरेर भर्न पनि सकिन्छ ।

लगानीकर्ता/व्यवसायिक व्यवस्थापक ( सबै आवेदकका लागि )

– आवेदन

– फोटो

– राहदानी

– आवासीय कार्ड

– तपाईको रोजगारदाताको शेयर जापान स्टक एक्सचेञ्जमा सार्वजनिक छ भन्ने प्रमाणित गर्ने कागजपत्र (पहिलो श्रेणीका लागि)

– कानूनी रेकर्ड पूरा टेबल (होतेई–च्योसो–गोकेइह्यो)

– चालु आवको वित्तीय रेकर्ड (दोस्रो श्रेणी, तेस्रो श्रेणी र चौथो श्रेणी)

– कर र आवासीय कर भुक्तानीको प्रमाणपत्र (दोस्रो श्रेणी, श्रेणी, चौथो श्रेणी)

– कर रोक्का प्रमाणीत गर्ने कागजपत्र (श्रेणी चार)

इञ्जिनियर/मानविकी/अन्तरराष्ट्रिय सेवा विज्ञ ( सबै आवेदकका लागि )

– आवेदन

– फोटो

– राहदानी

– आवासीय कार्ड

– तपाईको रोजगारदाताको शेयर जापान स्टक एक्सचेञ्जमा सार्वजनिक छ भन्ने प्रमाणित गर्ने कागजपत्र (पहिलो श्रेणीका लागि)

– कानूनी रेकर्ड पूरा टेबल (होतेई–च्योशो–गोकेइह्यो)

– चालु आवको वित्तीय रेकर्ड (दोस्रो श्रेणी, तेस्रो श्रेणी र चौथो श्रेणी)

– कर र आवासीय कर भुक्तानीको प्रमाणपत्र (दोस्रो श्रेणी, श्रेणी, चौथो श्रेणी)

दक्ष कामदार ( सबै आवेदकका लागि )

– आवेदन

– फोटो

– राहदानी

– आवासीय कार्ड

– तपाईको रोजगारदाताको शेयर जापान स्टक एक्सचेञ्जमा सार्वजनिक छ भन्ने प्रमाणित गर्ने कागजपत्र (पहिलो श्रेणीका लागि)

– कानूनी रेकर्ड पूरा टेबल (होतेई–च्योशो–गोकेइह्यो)

– चालु आवको वित्तीय रेकर्ड (दोस्रो श्रेणी, तेस्रो श्रेणी र चौथो श्रेणी)

– कर र आवासीय कर भुक्तानीको प्रमाणपत्र (दोस्रो श्रेणी, श्रेणी, चौथो श्रेणी)

यी मध्ये केही कागजपत्र भने तपाईको रोजगार दाताबाट लिनु पर्छ । कर तथा आवासीय कर भुक्तानीको कागजपत्र भने तपाई बसोबास गरिरहनु भएको सिटी हलले जारी गर्दछ ।
आफूले के के कागजपत्र बुझाउनु पर्छ भनेर अध्यागमन विभागमा गएर बुझ्नुहोस् ।

तपाईले यी कागजपत्रहरु आवेदक बसोबास गर्ने क्षेत्र हेर्ने अध्यागमन विभाग वा अध्यागमन कार्यालयमा बुझाउनु पर्छ । तपाई जानु पर्ने अध्यागमन विभाग पत्ता लगाउन यस वेबपेजमा हेर्नु होला ।

भिसा नवीकरणसम्बन्धी आबेदन बुझाइएपनि अहिलेको भिसा हैसियत समाप्त नभएसम्म तपाईले नतिजा पाउनु हुने छैन । भिसा समाप्त भएको २ महिनासम्म तपाई जापानमा बस्न सक्नु हुन्छ ।

२ ओटा प्रश्न

क. मैले मेरो जागिर गुमाए । मैले विस्तारको लागि आवेदन दिन सक्छु ?

यस सन्दर्भमा तपाईसँग कामलाई निरन्तरता दिन काम नहुने भएकोले तपाईले वर्किङ भिसाको लागि आवेदन दिन सक्नु हुन्न । तपाईको रोजगारदाताले तपाईलाई कामबाट निकालेको हो भने तपाईले ६ महिनाको लागि डेजिग्नेटेड भिसाका आवेदन दिन सक्नु हुन्छ अनि विमान भिसा हैसियत समाप्त भएपछि कामको खोजीलाई निरन्तरता दिन सक्नु हुन्छ ।

ख. नवीकरणको लागि मैले दिएको आवेदन अस्वीकृत भयो । मैले फेरि नवीकरणको लागि आवेदन दिन सक्छु त ?

मलाई लाग्छ कि तपाईले ३० दिनको लागि डेजिग्नेटेड एक्टिभिटी भिसा पाउनु हुनेछ । दुबै सन्दर्भमा तपाईले पुनः नवीकरणका लागि आवेदन दिन सक्नु हुन्न । तपाईले योग्यता परिवर्तनका लागि आवेदन दिन वा आफ्ने देश पुनः फर्किएर जापान पहिलो पटक आउने थाले जसरी सीओईको लागि आवेदन दिन सक्नु हुन्छ । तपाईले ३१ दिनको डेजिग्नेटेड एक्टिभिटी भिसा पाउनु भयो भने वर्किङ भिसामा योग्यता परिवर्तनका लागि आवेदन दिनुहोस् भन्ने मेरो सुझाव छ । भिसा समाप्त हुने २१ औं दिनमा तपाईले नतिजा पाउनु भएन भने म्याद सकिएको दिनबाट तपाईले २ महिनाको समय पाउनु हुने छ ।

तपाईले ३१ दिनको डेजिग्नेटेड एक्टिभिटी भिसा पाउनु भयो भने योग्यता परिवर्तनको लागि दिएको आवेदन पारित हुने अलि गाह्रो हुन्छ । योग्यता परिवर्तनका लागि आवेदन दिनु भयो भने पनि तपाईले भिसा समाप्त हुने बेलासम्म आवेदनको नतिजा पाउनु भएन भने पनि भिसा सकिएको ३० औं दिनमा २ महिनाको समय पाउनु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *