Sunday, June 13जापानबारे सबै कुरा

यस्तो हुन्छ जापानमा जागिर परिवर्तन गर्दा अपनाउनुपर्ने भिसा प्रकृया

जागिर परिवर्तन गरेपनि जापानी वर्किङ भिसाको म्याद नसकिन्जेल सो कायमै रहन्छ । तपाईले जुनसुकै कारणले जागिर छोडेको हो भने पनि तपाइको रोजगारदाताले वर्किङ भिसा खोस्न सक्दैन । यद्यपि जागिर छोडेको तीन महीनासम्म पनि तपाइले नयाँ जागिर फेला पार्न सक्नुभएन भने चाहिँ अध्यागमन विभागले भने भिसा खोस्न सक्छ । त्यस्तै जागिर परिवर्तन गरेको बारे १४ दिनभित्र अध्यागमन विभागमा जानकारी पनि गराइल्नुपर्छ । न्याय मन्त्रालयको वेवसाइटमा रहेको नोटिफिकेसन फारम भरेर जाइर्यु कार्डको फोटोकपी सहित अध्यागमन कार्यालयमा पठाउनु वा बुझाउनुपर्छ । (डाउनलोड गर्ने फारम र पठाउने ठेगाना यसै लेखको अन्त्यमा छ)

आफ्नो जागिर छुटेपछि र अर्को जागिर खोज्ने बेलामा आफ्नो भिसामा अनुमति प्राप्तभन्दा बाहेकको जागिर खान नपाइने कुरा विचार पुर्याउनुपर्छ । भिसामा अनुमति पाएको जागिरको भन्दा अर्को क्षेत्र रोज्नुपर्दा अनुमतिका लागि आवेदन दिनुपर्छ । यति मात्र नभई आफूले जागिरको क्षेत्र के कारणले परिवर्तन गर्न लागेको हो सो पनि उल्लेख गर्नुपर्छ ।

नयाँ जागिर पाएपछि पनि केही प्रकृयाहरु छन् जसलाई पुरा गर्न आवश्यक छ । यदि तपाइको नयाँ जागिर पहिलाकै जस्तो हो र भिसाको म्याद सकिन पनि धेरै समय बाँकी छ भने ‘सर्टिफिकेट अफ अथोराइज्ड एम्प्लोयमेण्ट’ का लागि आवेदन दिनु राम्रो हुन्छ । जापानको न्याय मन्त्रालयले जारी गर्ने यो प्रमाणपत्र सो क्षेत्रमा काम गर्नका लागि दिइएको कानूनी मान्यता हो । यो प्रमाणपत्र पाउन नयाँ रोजगारदाताले तपाइको भिसा स्टेटसमा तोकिएको मापदण्ड पुरा गर्छ वा गर्दैन भन्ने कुराको जानकारी हुनुपर्छ । त्यस्तै तपाइले पनि नयाँ जागिरमा काम गर्न आफूलाई अनुमति भए नभएको बारे पनि जानकारी हासिल गर्न सजिलो हुन्छ । यसले भवष्यिमा अनुमति नभएका क्षेत्रमा काम गर्दा भिसा नवीकरण गर्दा हुने झन्झट कम गर्छ ।

यदि तपाइ एउटा कम्पनीमा मात्रै काम गर्ने होइन बरु विभिन्न कम्पनीमा फ्रिल्यान्सरका रुपमा काम गर्दै हो भने पनि वर्क भिसा पाउन सकिन्छ । यस्तो भिसालाई सामान्य भाषामा सेल्फ स्पोन्सरशिप भनिन्छ । तर सेल्फ स्पोन्सर भिसा भन्ने नभएका कारण सामान्य वर्किंङ भिसाका लागि नै आवेदन दिनपर्छ । तपाइले जापानमा बाँच्न पर्याप्त हुने आम्दानी गर्ने ( सामान्यतया २ लाख मासिक) स्थायि रोजगारी पाएको प्रमाण दिनुपर्छ । तर जापानमा कार्यालय नभएका विदेशी कम्पनीसँग तपाइको रोजगारी सम्झौता भएको छ भने चाहिँ यो लागू हुँदैन ।

जापानमा कर्मचारी पठाउँदा कस्तो नियम छ ?

यदि कुनै विदेशी कम्पनीले कर्मचारी जापान पठाउन लागेको छ भने उसले एक प्रतिनिधि कार्यालय खडा गर्नुपर्छ तर यसमा रेजिष्ट्रेशन प्रकृयाको आवश्यकता पर्दैन । त्यसपछि इन्ट्रा कम्पनी ट्रान्सफर भिसाका लागि आवेदन दिन सकिन्छ । तर आवेदकले सो कम्पनीमा १ वर्षभन्दा लामो समयसम्म काम गरेको भने हुनपर्छ । यदि आवेदकले लामो समयसम्म काम गरेको होइन भने पनि इन्जिनीयर, मानवीकी र अन्तरराष्ट्रिय सेवा जस्ता क्षेत्रको भिसा पाउन सकिन्छ । तर जापानमा सेटअप गरिएको प्रतिनिधि कार्यालय अन्य व्यावसायिक गतिविधिमा संलग्न हुन भने पाउने छैन र एकपटकमा एउटा मात्रै वकृ भिसा स्पोन्सर गर्न सकिन्छ । यदि भिसा आवेदक जापानी सहायक कम्पनीको प्रतिनिधि निर्देशक बनेमा इन्भेष्टर वा विजनेश म्यानेजर भिसा आवेदन दिन सकिन्छ ।

विद्यार्थी तथा डिपेण्डेण्ट भिसा भएकाहरुका लागि वर्क अनुमति

पढाइबाहेकका अन्य केही गतिविधि गरेर आम्दानी गर्न चाहेको खण्डमा भने ‘स्टेटस अफ रेसिडेन्समा उल्लिखित गतिविधिभन्दा अन्यमा संलग्नताको अनुमति’ का लागि आवेदन दिनुपर्छ । यो प्रमाणपत्रबीना पार्ट टाइम जागीरमा संलग्न भएको पाइएमा गैरकानूनी रुपमा काम गरेको आरोप लागेर देश निकाला पनि हुन सक्छ । तर यदि तपाइ कुनै भोलुण्टरको काम अर्थात पैसा नआउने काममा संलग्न हुने हो भने चाहिँ यस अनुमतिको आवश्यकता पर्दैन । त्यस्तै तपाइले पैसा कमाउने काम यदि तपाइको पढाइसँग सम्बन्धित हो भने पनि यो आवेदन दिन आवश्यक छैन ।

– हप्ताको २८ घण्टासम्म काम गर्न सक्नुहुन्छ
– बिदाको समयमा दिनको ८ घण्टासम्म काम गर्न सक्नुहुन्छ
– विद्यालयबाट निकालिएको अवस्थामा कुनै पनि पैसा पाइने गतिविधिमा संलग्न हुने पाइने छैन

डिपेण्डेण्ट भिसा भएकाहरुका लागि
– अन्य नियमित कामदारको तुलनामा काम गर्ने समय ३ वा चार घण्टा कम
– वार्षिक आम्दानी १३ लाख येनभन्दा कम
– जीवनसाथीको वार्षिक आम्दानी भन्दा आधा कमाई

नयाँ कम्पनी परिवर्तन गर्दा बुझाउनुपर्ने फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला । अध्यागमन कार्यालयको ठेगाना र फोन नम्बरहरु थाहा पाउन यहाँ क्लिक गर्नुहोला

(फारम अंग्रेजीमै छ त्यसैले जापानी भाषा नजानेपनि समस्या हुँदैन, फारम पुगेपछि कन्फर्मेसनका लागि तपाइलाई फोन पनि आउनसक्छ । )

पठाउने खामको वाहिर “The notification form is enclosed” भनेर लेखेर पठाउनुहोला है । उपयोगी जानकारी हो जस्तो लाग्छ भने चै सेयर पनि गरिदिनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *