Sunday, December 4जापानबारे सबै कुरा

यस्ता छन् जापानी कम्पनीहरुमा उपलब्ध ‘कल्याण भत्ता/लाभ’को प्रकारहरु

कर्मचारीका लागि कुनै पनि रोजगारदाता वा कम्पनीले दिने कल्याण भत्ता निकै महत्वपूर्ण हुन्छ । जागिर खोजीका क्रममा कर्मचारीहरुले आफूले के कस्ता कल्याण भत्ता पाउन सक्छु भन्नेबारे विचार गर्छन् । जापानमा कानूनले तोकेको केही भत्ताहरु छन् । यसको साथमा कम्पनीहरु आफैले निर्धारण गरेको केही भत्ताहरु पनि छन् । यी मध्ये केही कल्याण भत्ता जापानी कम्पनीहरुमा मात्रै उपलब्ध छन् । आजको यस लेखमा हामीहरुले जापानी कम्पनीमा उपलब्ध कल्याण भत्ताको प्रकार र यसको विषयबारे कुराकानी गर्न गइरहेका छौं ।

के हो कल्याण भत्ता ?

कल्याण भत्ता भनेको तलब बाहेक दिइने सेवा वा सुविधा हो । यो कम्पनीले आफ्ना कर्मचारीहरुलाई उपलब्ध गराउँछ । यसको उद्देश्य कर्मचारी र तिनका परिवारका सदस्यहरुको जीवनशैलीलाई आर्थिक र स्वास्थ्यको दृष्टिकोणबाट स्थीर बनाउनु हो । कल्याण भत्ता राम्रो हुँदा कर्मचारीहरु कठिन परीश्रम गर्न प्रेरित हुन्छन् अनि यसले उनीहरुको कार्य कुशलता सुधार्न पनि मद्दत गर्छ । यसले कर्मचारीहरुको रिटेन्शन दर सुधार्छ र उत्कृष्ट मानव संसाधन भर्नामा पनि सघाउँछ ।

कल्याण भत्ताको प्रकारः

कल्याण भत्ता दुई प्रकारका छन्, कानूनद्वारा स्थापित र कानूनद्वारा स्थापित नभएको ।

कानूनद्वारा स्थापित लाभ/भत्ताहरुः

कानूनले नै निर्धारण गरेका कल्याण भत्तालाई वैधानिक लाभ पनि भनिन्छ । सिद्धान्ततः कम्पनीले निम्नलिखित कुराको लागत बेहोर्छ ।

स्वास्थ्य बीमा प्रिमियम

– नियमतः रोजगारदाताले प्रिमियमको आधा खर्च बेहोर्ने भएपनि यो स्वास्थ्य बीमा संघमाथि धेरै भर पर्दछ ।

कर्मचारीको पेन्सन इन्सुरेन्स बीमा

– प्रिमियमको आधा खर्च रोजगारदाताले बेहोर्छ ।

नर्सिङ केयर बीमा प्रिमियम

– रोजगारदाताले प्रिमियमको आधा खर्च बेहोर्छ ।

रोजगारी बीमा प्रिमियम

– रोजगारदाताले निश्चित रकम बेहोर्छ । (रोजगार दाताको प्रकार अनुसार बीमा प्रिमियम र योगदान दरमा फरक पर्न सक्छ) ।

कर्मचारीको क्षतिपूर्ति बीमा प्रिमियम

– सबै खर्च रोजगारदाताले बेहोर्छ ।

शिशु/शिशु हेरचाह योगदान

– सबै खर्च रोजगारदाताले बेहोर्छ ।

कानूनमा उल्लेख नगरिएको लाभ

कानूनले अनिवार्य भनेर नतोकेको तर कमपनीले स्वेच्छिक रुपमा उपलब्ध गराउने लाभ तथा भत्ताहरु यसमा पर्दछ । यसमा निम्नि लिखित सेवा सुविधा रहन सक्छः

– घर भत्ता, भाडामा टेवा, कम्पनीको शयन गृह

– यात्रा भत्ता, यातायात शुल्क

– परिवार भत्ता

– कम्पनीको क्याफेटेरिया, खानामा सहुलियत

– बधाई/समवेदना भुक्तान, विपद् भुक्तानी

– विवाह/सुत्केरी उपहार

– स्वास्थ्य जाँच टेवा

– कम्पनीबाट घुमिफिर, क्लब गतिविधि, कम्पनी भित्र मनोरञ्जनात्मक गतिविधि

– कानूनले तोकेको बाहेकको शिशु स्याहार/नर्सिङ केयर बिदा प्रणाली

– कर्मचारीको आत्म विकास र सिप अभिवृद्धिमा टेवा

कानूनले तोकेको बाहेकको लाभ वा भत्तामा निश्चित नियमहरु छैनन । कम्पनीले सेइस्टा र अध्ययन बिदामा प्रणाली जस्ता अनौठो खालको सेवा सुविधाहरु पनि ल्याइरहेका छन् । कम्पनी जति ठूलो भयो त्यति नै राम्रो सेवा सुविधा दिने गरेको पनि पाइएको छ ।

सारांश

केही कम्पनीहरुको तलब थोरै हुन्छ तर कल्याण लाभ र भत्ताहरु धेरै हुन्छन् । अनि केहीको भने तलब निकै धेरै भए पनि कल्याण लाभ र भत्ता चाँहि निकै कम र थोरै हुन्छन् । तपाई जागिरको खोजीमा भएको बेलामा यी दुई मध्ये कुन कम्पनीलाई रोज्नु हुन्छ ? कुनै जागिर वा पदका लागि आवेदन दिँदाखेरी कम्पनीले दिने तलब सुविधा मात्रै नभएर भत्ता वा लाभहरुबारे पनि विचार गर्नु पर्छ । त्यसैले तपाई पनि आफ्नो आवश्यकतालाई सुहाउँदो खालको कम्पनी रोज्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *