Sunday, December 4जापानबारे सबै कुरा

यस्तो हुन्छ जापानमा सेल्स पर्सनका लागि भिसा प्रकृया

तपाइलाई जापानमा आएर सेल्स पर्सनको रुपमा काम गर्ने इच्छा छ ? यसको लागि कुन भिसा चाहिन्छ ? आजको यो लेख यसै विषयमा केन्द्रीत छ ।

‘मानविकीमा विज्ञ’

सेल्सपर्सनका लागि ‘इञ्जिनियर/मानविकीमा विज्ञ/अन्तरराष्ट्रिय सेवा’ श्रेणीकोे वर्किङ भिसा चाहिन्छ । यद्यपि, सेल्स व्यवसाय ‘मानविकीमा विज्ञ’ श्रेणीमा परेपनि वर्गीकरण प्राविधिक विक्री र अन्तरराष्ट्रिय विक्री मध्ये कुनमा पर्छ भन्ने चाँहि अस्पष्ट छ । यस विषयलाई कसरी हेर्ने अनि भिसा आवेदनको तयारी कसरी गर्ने भन्ने बारे हामी बताउनेछौं ।

अध्यागमन नियन्त्रण कानूनले ‘मानविकीमा विज्ञ’ अन्तर्गतका गतिविधिलाई निम्नानुसार परिभाषित गरेको छः विधिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र र अन्य सामाजिक विज्ञासँग सम्बन्धित ज्ञान चाहिने व्यवसायमा आबद्ध भएका गतिविधि, जुन जापानका सार्वजनिक र निजी संस्थासँग करारको आधारमा प्रदर्शन गरिन्छ ।

(पा्रध्यापक, कला, व्यवस्थापन, कानूनी/लेखांकनसँग सम्बन्धित काम, मेडिकल, अनुसन्धान, शिक्षा, अन्तर –कम्पनी स्थानान्तरण र मनोरञ्जनमा आधारित गतिविधिका लागि दिइने आवासीय हैसियत भने यसमा पर्दैन) ।

यस्तो खालको आवासीय हैसियतको ठेट उदाहरणमा काूननी वित्त, योजना र विक्री पर्दछ । यसमा विक्री पनि समावेश छ ।

यो भिसा प्राप्त गर्न पूरा गर्नु पर्ने मापदन्ड

१. मुख्य विषय सम्बन्धित प्रविधि वा ज्ञान राखेर विश्व विद्यालयबाट स्नातक तह पास गरेको हुनु पर्नेछ । वा यसकै बारबर वा उच्च शिक्षा हुन पर्छ ।

२. सम्बन्धित प्रविधि वा ज्ञानको बारेमा जापानी विशेष व्यवसायीक विद्यालयबाट मुख्य कक्षामा पढाइ पूरा गर्नु पर्छ । तपाइसँग डिप्लोमा हुनै पर्छ ।

३. सम्बन्धित प्रविधि वा ज्ञानलाई मुख्य विषय बनाएर विश्व विद्यालय, उच्च प्रविधि कलेज, उच्च विद्यालय वा द्वितीय विद्यालयमा नयाँ कोर्स पढ्ने वा विशेष व्यवसायीक विद्यालयमा विशेष कोस पढेको समय समेत गरेर १० वर्षको अनुभव हुनु पर्नेछ ।

संक्षेपमा भन्नु पर्दा, तपाइले विश्वविद्यालय, कलेज वा व्यवसायीक विद्यालयमा जुन विषयमा पढेको हो सोही सँग सम्बन्धित क्षेत्रमा काम गर्नु पर्नेछ । विक्रीको मामिलामा भने तपाइले व्यवस्थापन, अर्थशास्त्र, मनोविज्ञान र जापानी भाषालाई मुख्य विषय बनाएको हुनु पर्नेछ ।

विशेष ज्ञानको प्रयोग गर्दै प्रडक्ट र सेवाको व्याख्या गर्न सक्षम

प्रडक्ट वा सेवाको बारेमा विशेष ज्ञान भएपछि तपाइलाई विक्री प्रतिनिधि बनाइने सम्भावना धेरै हुन्छ । यस मामिलामा कलामा स्नातक गरेको मात्रै होइन विज्ञानमा स्नातक गरेकाहरुलाई पनि स्वीकार गर्न सकिन्छ ।

जस्तैः केमेष्ट्रीमा स्नातक गरेको व्यक्तिले आफ्नो विशेष ज्ञान प्रयोग गरेर कस्मेटिक कम्पनीमा सेल्सपर्सनको रुपमा काम गर्न सक्छ । यो चाँहि प्रविधि सेल्स भयो । प्राकृतिक विज्ञानमा पनि विशेष ज्ञानको प्रयोग गरिन्छ । तर व्यवहारिक गतिविधि भने मानविकीमा विज्ञ अन्तर्गत पर्दछ । यस मामिलामा पनि तपाइले माथि उल्लेख गरिएको मापदन्ड पूरा गर्नु भयो भने आवासीय हैसियत प्राप्त गर्न सक्नु हुन्छ ।

अर्को विकल्प इन्टरनेशनल सेल्स पनि हुन सक्छ

अर्को विकल्प भनेको इन्टरनेशनल सेल्स वा विदेशमा व्यवसाय छान्नु हो । अंग्रेजी, चिनियाँ, भियतनामी वा अन्य भाषामा भएको दक्षता प्रयोग गरेर तपाइले यो विकल्प रोज्न सक्नु हुन्छ । यस मामिलामा भने तपाइले अन्तरराष्ट्रिय व्यवसायमा ३ वर्षको व्यवहारिक ज्ञान बटुल्न पर्नेछ ।

जब डिस्क्रिप्शिनमा इन्टरनेशनल सेल्स वा विदेशमा व्यवसाय भएपनि वास्तविक काम चाँहि उल्था वा अनुवादको हुन्छ । मुख्य विषय जे बनाएर पढेको भएपनि विश्व विद्यालय वा कलेजबाट स्नातक पूरा गरेको छ भने तपाइले यी क्षेत्रमा काम पाउन सक्नु हुन्छ ।

यद्यपि, स्टोरमा काम गर्ने ‘सेल्स वर्क’लाई केही स्टोरमा भने ‘अनस्टिल्ड लेबर’को रुपमा नहेर्न पनि सकिन्छ ।

यसबाहेक पनि तपाइले यस्तै खालको काममा जापानमा पाउने जत्तिकै वा सो भन्दा धेरै तलब पाएको हुनु पर्छ । तपाइले करार गरेको कम्पनीले उपर्यक्त व्यवसाय गरेको हुनु पर्छ अनि यो स्थिर र निरन्तर पनि हुनु पर्छ । रोजगारीसँग सम्बन्धित करार गर्दा आफूले काम गर्नु पर्ने शर्त र कम्पनीको अवस्थाबारे सुनिश्चित भएर मात्रै गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *