Saturday, August 13जापानबारे सबै कुरा

जापानमा बस्ने विदेशीले के–के कर तिर्नुपर्छ ? हिसाब कसरी हुन्छ ?

जापानमा भएकामध्ये धेरैको समस्या यहाँको कर तथा सामाजिक सुरक्षाका विषयमा आवश्यकता अनुसार जानकारी पाउन नसक्नु हो र जसको एउटै कारण हो भाषा । प्राप्त सूचनाहरु जापानी भाषामा हुने, घरमा आउने चिठीहरु पनि जापानीमै लेखिएका हुँदा धेरैलाई समस्या पर्छ । अहिले भने धेरै सिटी अफिसहरुले यस सम्बन्धि जानकारीहरु आफ्नो वेवसाइटमा अंग्रेजी भाषामा पनि राख्ने गरेका छन् । केही जानकारी आवश्यक पर्दा सिटी अफिसका वेवसाइटहरु हेर्नु उपयोगी हुन्छ ।जापानको कर तथा सामाजिक सुरक्षाले कसरी काम गर्छ, तपाइलाइ यसको आवश्यता छ कि छैन, के कसरी तिर्नुपर्छ भनेर जान्न चाहनेहरुका लागि भने आजको लेख उपयोगी हुन सक्छ ।

के तपाइले जापानमा कर तिर्नु पर्छ?

जहाँ बसेर पैसा कमाउनु हुन्छ त्यहाँ कर तिर्नुपर्ने शर्तबाट जापान पनि अछुतो छैन । जापानमा तपाइले तिर्नु पर्ने करको रकम तपाय त्यहाँको बासिन्दा भए÷नभएको कुरामा निर्भर हुन्छ । त्यहाँको बासिन्दा हो भने तपाइले कर तिर्नुपर्छ ।

जापानका प्रमुख कर

सामान्यतया जापानका करहरुमध्येमा प्रमुख २ करहरु छन्

१. आय करः राष्ट्रिय सरकारलाई तिरिने कर

२. स्थानीय आवास करः स्थानीय सरकारलाई तिरिने कर । यसलाई महानगर कर, वार्ड कर वा रेसिडेन्स ट्याक्सबाट पनि चिन्न सकिन्छ ।

विदेशीहरुका लागि जापानको सामाजिक सुरक्षाले कसरी काम गर्छ ?

यदि तपाइ ९० दिनभन्दा बढि समय जापानमा बस्नुहुन्छ र यहीं ठेगाना दर्ता हुन्छ भने तपाइले राष्ट्रिय स्वास्थ्य बीमा र पेन्सन लिनुपर्ने नियम छ (सिमित प्रावधानहरु छन्) । यी कुराहरु लिने दुईओटा तरिका छन् :

१.राष्ट्रिय स्वास्थ्य बीमा (कोकुमिन केन्कोउ होकेन) र राष्ट्रिय पेन्सन योजना (कोकुमिन नेन्किन)

२.सामाजिक बीमा योजना (स्याकाइ होकेन)

स्याकाइ होकेनले ले स्वास्थ्य बीमा तथा पेन्सन दुवै उपलब्ध गराउँछ । यी दुइमध्ये कुन छान्ने भन्ने कुराको निर्णय तपाइले होइन तपाइको कम्पनीले गर्छ ।

जापानी कम्पनीहरुले कानूनी रुपमा आफ्ना कम्पनीका पूर्णकालिन कर्मचारीहरुलाई सामाजिक बीमा योजनामा समावेश गराउनुपर्ने नियम छ (विभिन्न प्रावधान पूरा गरेको कम्पनीले) । यो लिएको छैन भने राष्ट्रिय स्वास्थ्य बीमा र राष्ट्रिय पेन्सन योजनामा समावेश गर्नुपर्छ । सामाजिक बीमा योजनामा कम्पनीहरुले आधा रकम तिर्नुपर्ने भएकाले उनीहरुले प्राय कर्मचारीलाई कमर्चारीको रुपमा भर्ना गर्न त्यति खोज्दैनन् ।

हप्ताको २९ दशमलव ५ घण्टा

हप्ताको २९ दशमलव ५ घण्टाले पार्ट टाइम कर्मचारी र पुरा समय काम गर्ने कर्मचारीबीच विभाजन गर्छ । जापानको कानून अनुसार पुरा समय काम गर्ने कर्मचारी सामाजिक बीमा योजनामा समावेश हुनैपर्छ । यसको लागत कर्मचारी र कम्पनीले आधा आधा गरेर तिर्नुपर्छ । त्यही तिर्नु नपरोस् भनेर कतिपय कम्पनीहरुले कर्मचारीसंग २९ दशमलव ५ घण्टाको कन्ट्रयाक्ट पनि गराउँछन् ।

त्यस्तै,

पहिलो वर्षमा राष्ट्रिय स्वास्थ्य बीमाको लागत कम हुन्छ । जापान बसाईको अन्त्यमा तपाइले आफ्नो पेन्सन लम्प समका रुपमा निकाल्न सक्नुहन्छ । लम्प समले गर्ने काम तपाइसँग स्याकाइ होकन पेन्सन वा राष्ट्रिय पेन्सन कुन छ त्यसमा निर्भर छ ।

कर र सामाजिक सुरक्षा कसरी तिर्ने ?

जापानमा विथहोल्डिङ प्रणालीबाट कर तिरिन्छ । यसको मतलब के हो भने तपाइको रोजगारदातालले तपाइको आम्दानीबाटै करको रकम निकाल्छ । यसमा आफैंले केही पनि गर्नु नपर्ने भएकाले यो सजिलै प्रकृया हो । मासिक आधारमा कम्पनीले आय कर निकालिदिन्छ । उनीहरुले तपाइको स्थानीय आवासिय करको रकम पनि तपाइको तलबबाटै काटिदिन्छन् । कुनै कम्पनीले चाहिँ करको रकम तपाईलाई दिन्छन् र आफै गएर कर तिर्नुपर्छ । सामाजिक सुरक्षा भुक्तानी तपाइले कुन योजना लिएको छ यसमा निर्भर छ । यदि तपाइ सामाजिक सुरक्षा योजनामा आबद्ध हुनुहुन्छ भने आय कर जस्तै हरेक महीना तपाइको तलबबाट सो कट्टा गरिन्छ । यदि तपाइ राष्ट्रिय स्वास्थ्य बीमामा आफैं आबद्ध हुने हो भने चाहिँ सरकारले तपाइले कति तिर्नु पर्ने हो सोही अनुसारको बिल घरमै पठाउँछ । यो कन्भिनियन्स स्टोरहरुमार्फत आँफैले तिर्ने वा बैंक अकाउन्टबाट स्वतह काटिने हुन्छ । राष्ट्रिय स्वास्थ्य बीमाको रकम लामो समयसम्म तिरेन भने तपाईको बैंक खाताबाट काट् वा चल अचल सम्पत्तिबाट जफत गर्न सक्ने प्रावधान छ । थप जानकारी यहाँ क्लिक गरि पढ्न पनि सक्नुहुन्छ ।

कर तथा सामाजिक सुरक्षाको हिसाब कसरी निकाल्ने?

यो अलिक झण्झटिलो प्रकृया हो जापानका विभिन्न स्थानहरुमा स्थानअनुसार बसोबास कर केही फरक पर्ने भएकाले यहाँ टोकियो ट्याक्सेसन ब्यूरोले गर्ने हिसावको नमूना दिइएको छ । हिसाब गर्दा प्रयोग हुने केही शव्दहरु यस्ता छन्

कूल आम्दानीः यसले कुनै कर र सामाजिक सुरक्षा नतिर्दाखेरीको तपाइको आम्दानीलाई बुझाउँछ ।

क्यालेण्डर वर्षः जनवरी देखि डिसेम्बर

आर्थिक वर्षः जनवरी–डिसेम्बर

यहाँ निम्न चिजको मापन गर्न आवश्यक छ ।

– आय कर

– बसोबास कर

– राष्ट्रिय स्वास्थ्य बीमा र सामाजिक बीमा योजना

यी सबैको मापन भइसकेपछि आफ्नो आम्दानीबाट तिनिहरुलाई झिक्छौं र आफ्नोे बैङ्क खातामा अन्त्यमा जम्मा हुने रकम निकाल्छौं ।

राष्ट्रिय स्वास्थ्य बीमाको हिसाब

मानौ अघिल्लो आर्थिक वर्षको आम्दानी ३०,००,००० । त्यसपछि त्यसलाई शून्य दशमलव शून्य ४७ ले गुणा गरेर २४,४०० जोड्ने । तपाइको वार्षिक स्वास्थ्य बीमाकोे लागत निक्लिन्छ । पहिलो वर्षमा यो रकम थोरै हुन्छ ।  यदि तपाइ सेम्टेम्बरमा जापान आउनुभयो भने तपाई अघिल्लो वर्षको जनवरी–डिसेम्बरमा यहाँ नभएका कारण कुनै पैसा कमाउनु भएन त्यसैले २४, ४०० मात्रै तिरे पुग्ने भयो ।

सामाजिक बीमा योजना

लागतः कुल तलवको ४ दशमलव ९९ प्रतिशत (स्वास्थय बीमा) + हरेक महीनाको कुृल तलव (पेन्सन) । स्वास्थ्य बीमासँगै सामाजिक बीमा योजनाले पेन्सन पनि तिरिदिन्छ । यसको वास्तविक लागत योभन्दा बढी हुन्छ, तर तपाइको कम्पनीले आधा रकम तिरिदिन्छ ।

आय कर

वार्षिक तलबबाट इप्लोयमेण्ट इन्कम डिडक्सन निकाल्ने । यसका लागि तलको टेबलमा हेर्नुहोस् ।

दाबी गर्न सकिने कुनै पनि डिडक्सन हटाएर आफ्नो स्टयाण्डर्ड व्यक्तिगत डिडक्सन पनि हटाउने । त्यसपछि बाँकी रहेकोमा आयकरको हिसाब निकाल्नु पर्छ ।

अन्त्यमा भुकम्प पुनर्बहाली कर तिर्न कुल आम्दानी करलाई २ दशमलव १ प्रतिशतले गुणन गर्नुपर्छ, यहि नै कुल आम्दानी कर हो ।

आवासिय कर

आफूले गत वर्ष कमाएको कुल तलव दिने । त्यसबाट इम्प्लोयमेण्ट इन्कम डिडक्सन निकाल्ने । आफ्नो स्टयाण्डर्ड व्यक्तिगत डिडक्सनसँगै दाबी गर्न सकिने कुनै पनि डिडक्शनलाई हटाउने । बाँकी रहेको रकमबाट १० प्रतिशत निकाल्ने र त्यसमा ४००० थप्ने । आवासिय कर यसरी नै तिरिन्छ । जनवरीको पहिलो दिनमा जापानको वासिन्दा हुुनुहुन्थ्यो भने मात्रै आवासिय कर तिर्नु पर्छ ।

यी त केही सामान्य जानकारी मात्रै हुन् । र हामी करका विषयमा विज्ञ हैनौं । र यो करका लागि अफिसियल सल्लाह पनि हैन । आफुलाई थाहा भएका कुरा र इन्टरनेटमा प्राप्त सूचनाहरुका आधारमा यो पोष्ट तयार पारिएको हो । यदि कुनै कुराको बारेमा स्पष्ट हुनुहुन्न भने कानूनविद्हरुको सल्लाह लिनुपर्छ । आँफु बस्दै गरेको सिटी अफिसमा गएर सोध्न पनि सकिन्छ । जापानमा लाग्ने करहरुसम्बन्धी पूरा जानकारी नेशनल कर एजेन्सीको वेवसाइटमा हेर्न सकिन्छ ।

यो जानकारी तपाईलाई कस्तो लाग्यो ? आशा छ यसले जापानमा बस्ने विदेशीले तिनुपर्ने मुख्य करहरुका बारेमा तपाईका केही जिज्ञाशाहरु मेटायो, आगामी दिनमा पनि करसंग सम्बन्धित यस्तै जानकारीहरु लेख्नेनै छौं । यो पोष्ट सेयर गरेर आफ्ना साथीहरुमाझ पनि पुर्याइदिनुहोला है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *