Sunday, December 4जापानबारे सबै कुरा

डिभोर्सपछि जापानी भिसा के हुन्छ ?

कुनै विदेशीले आफ्नो जापानी श्रीमतिबाट सम्बन्ध विच्छेद गर्नका लागि निवेदन दिन्छ भने सो क्षणमा उसको भिसा ‘जापानी नागरिकको पति’ हुन्छ । उसले जापान बस्न पाउने समय चाँडै नै सकिन्छ । के उ स्थायी रुपमै जापानमा बस्न सक्छ त ? सम्बन्ध बिच्छेद गरेपछि पनि उ जापानमा बस्न सम्भव छ ? आजको जानकारी यसै विषयमा छ ।

सिद्धान्ततः सम्बन्ध विच्छेदको प्रक्रिया नसकिएसम्म उ जापानमा बस्न सक्छ । तर उसले आफ्नो भिसा परिवर्तन गर्न सकेन भने चाँहि उ जापानमा बस्न पाउँदैन ।

सम्बन्ध बिच्छेदको प्रक्रिया चलिरहेको बेलामा भिसा

जापानमा बस्नको लागि विदेशी नागरिकसँग कुनै न कुनै प्रकारको भिसा हुनु पर्छ । अधिकांश अवस्थामा, विदेशी नागरिकले जापानी नागरिकसँग विहे गरेको छ भने उसले ‘जापानी नागरिकको पति’को रुपमा भिसा पाउँछ । अनि उसले ६ महिना देखि ३ वर्षसम्म त्यहाँ बस्ने अनुमति पाउँछ । यो समय पछि पनि विदेशी नागरिकले जापानी महिलासँग विवाहित रहिरहन चाह्यो भने सो दम्पत्तिले सो अवधिभित्र भिसा नवीकरणको लागि आवेदन दिनु पर्छ । र उनीहरुको बसोबासको अवधि थपिन्छ ।

तर विदेशी नागरिकले आफ्नो बसोबास अवधि नवीकरण गर्न असफल भयो भने उनीहरु अनुमति पाएको भन्दा बढी बस्छन् र देशबाट निकालिन पनि सक्छन् ।

बसोबास अवधि नवीकरण भइरहँदा विदेशी नागरिकले जापानी नागरिकको पतिको पहिचानको प्रमाण दिने लगायतका काम गरेर सहकार्य गर्नु पर्दछ ।

नवीकरण प्रक्रिया चलिरहँदा सम्बन्ध विच्छेदको प्रक्रिया लगायत अन्य समस्याका कारण जापानी नागरिकको पतिले सहकार्य गरेन भने के हुन्छ ?

केही मानिसहरुले भने जापानी नागरिकहरुका श्रीमानलाई उनीहरुको सम्बन्ध विच्छेद पूरा नहुँदा सम्म कुनै न कुनै भिसा दिनु पर्छ भन्ने सोच्छन् ।

यद्यपि, व्यवहारमा यस्तो हन्छ नै भन्ने छैन ।

जापानी नागरिकको पतिले सहकार्य गरेन भने पनि, सम्बन्ध विच्छेदको प्रक्रिया र छलफलको बेलामा आप्रवासन अधिकारीहरुले उनीहरुको भिषा नवीकरणको बेलामा उसको भिसा ‘जापानी नागरिकको पति’ रहेछ भन्ने थाहा पाइहाल्छ ।

तसर्थ, प्रश्नमा भएको व्यक्तिले अन्तिम नवीकरण प्रक्रिया पूरा गरेको छ भने, कम्तिमा पनि उ र उसको साथी सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेलामा जापानमा बस्न सक्छन् ।

सम्बन्ध विच्छेद पूरा भएपछि भिसा

सम्बन्ध विच्छेद पूरा हुनुको अर्थ हो सो विदेशी नागरिक ‘जापानी नागरिकको पति’ रहँदैन । त्यसैले उसले आफ्नो पत्नीलाई सम्बन्ध विच्छेद दिएकै क्षण ‘जापानी नागरिकको पति’को भिसा गुमाउँछ ।

वास्तवमा, बस्ने अनुमति पाएको अवधिसम्म उ जापानमा बस्यो भनेपनि गैरकानूनी रुपमा बढी बसेको भनेर उसलाई देश निकाला गर्ने सम्भावना भने हुँदैन । न त अनुमति दिएको अवधि सकिएपछि नै जापानमा बसिरहन सम्भव छ ।

जापानमा विदेशी नागरिकलाई दिइएको भिसामा लगाइएको सीमा अलि कठोर छ । त्यसैले गर्दा, जापानी नागरिकको श्रीमानको हैसियत गुमाउनेहरुले परिवर्तन गर्न सक्ने भिसाका धेरै प्रकार पनि छैन । विद्यमान समयमा, जापानी नागरिकसँग बिहे गर्नुअघि विदेशी नागरिक नै चाहिने रोजगारमा आबद्ध भएका विदेशी, ‘निक्केई’ जापनिज र दीर्घकालीन भिसा प्राप्त गरेका व्यक्ति बाहेक अरु जापानमा बस्न पाउँदैनन् । निक्केई जापनिज भनेको जापानी वैशजबाट जन्मिएका व्यक्ति हुन् । यिनीहरुलाई जापानले दीर्घकालीन अवधिको भिसा दिएको हुन्छ ।

– Frontier Immigration Law Firm को सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *