Sunday, December 4जापानबारे सबै कुरा

जापानी कारमा टाँसिने स्टिकर र तीनको अर्थ

जापानी कार चालकको स्तर उनीहरुको कारमा टाँसेको स्टिकरका आधारमा थाहा हुन्छ । आजकोे लेखमा यसै विषयमा केही जानकारी दिने तयारी गरिएको छ । यहाँ जापानका कारमा टाँसिएका केही सामान्य स्टिकर र तीनले दिने अर्थका बारेमा जानकारी प्रस्तुत छ । जापानमा गाडिको लाइसेन्स लिने तयारीमा हुनुहुन्छ भने तपाईका लागि यो जानकारी उपयोगी हुनसक्छ ।

नयाँ चालकको स्टिकर

यो शुरुआती चालक बुझाउने सबैभन्दा स्पष्ट प्रतीक हो । व्यक्तिले जब आफ्नो पहिलो लाइसेन्स लिएपछि आफ्नो कारमा यो स्टिकर टाँस्नुपर्ने हुन्छ । उसले एक वर्षसम्म सो स्टिकल राखेपछि मात्रै हटाउन पाउँछ ।

वृद्ध स्टिकर

यो संकेतले चालक उमेरमा केही वृद्ध रहेको र उनले विस्तारै गाडी हाँक्न सक्ने बुझाउँछ । यो संकेतले दुर्घटना कम गर्न र खराब चालकको समस्या समाधान गर्न नसक्ने भएपनि यसले चालक बुढो भएको र युवा चालकको तुलनामा बढी धैर्यताको आवश्यक पर्न सक्ने भन्ने कुरा अरुलाई बुझाउन सहयोग भने पक्कै गर्छ । ७० वर्ष वा सोभन्दा माथि उमेरका चालकले आफ्नो कारमा यो स्टिकर राख्दा राम्रो हुन्छ ।

यो संकेत पछाडि केही रोचक इतिहास पनि छ । पहिला यो संकेत आँशु झरेको जस्तो रुपमा थियो । केही मानिसले यो संकेत बुढाबुढीको प्रतिष्ठामा आँच पु¥याउने खालको रहेको बताए र यसले नकारात्मक प्रतिकृया पायो । त्यसयता लोगोमा केही परिवर्तन गरियो ।

अपांगता स्टिकर

यो संकेतले चालक वा यात्रुमा केही प्रकारको अपांगता छ भन्ने बुझाउँछ । तपाईलाई लाग्नसक्छ अपाङ्गता भएकाहरुको हकमा किन ह्विलचियर भएको स्टिकर बनाइएन होला भनेर । केही अपाङ्गताहरुमा ह्विलचियर प्रयोग गरिन्छ भन्ने छैन, त्यसैले सबैखाले अपाङ्गता हुने सबैका लागि यो स्टिकर प्रयोगमा आउँछ ।

कारमा बच्चा भएको जनाउने स्टिकर

यो संकेत प्राय अंग्रेजीमा हुन्छ । यसले कारभित्र बच्चा छ भन्ने अर्थ दिन्छ । यो स्टिकर अन्य रंग र डिजाइनमा पनि टाँसेको देख्न सकिन्छ ।

सुन्ने शक्ति कमजोर भएको स्टिकर

यसले सुन्ने शक्ति कमजोर भएको व्यक्ति भन्ने अर्थ दिन्छ । पुतलीहरु शान्त हुने भएकाले शायद यो संकेतको प्रयोग यसमा गरिएको हुन सक्छ ।

यो पनि पढ्नुहोस्

जापानमा चालक अनुमति पत्र नवीकरण गर्ने तरिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *