Sunday, December 4जापानबारे सबै कुरा

जापानको बीमा र कर प्रणालीबारे तपाईले बुझ्नैपर्छ यि कुराहरु

जापानमै हुनुहुन्छ वा नेपालबाट जापान आउने तयारीमा हुनुहुन्छ ? उसोभए जापानबारे तपाईले थाहा पाउनु पर्ने धेरै कुरा छन् । तपाइले बुझ्नै पर्ने र ध्यान दिनु पर्ने कम्तिमा २ महत्वपूर्ण पक्षा भनेको यहाँको बीमा र कर प्रणाली पनि हो । आजको यस लेखमा हामीहरु यी दुई विषयबारे कुरा गर्न गइरहेका छौं ।

१. सामाजिक सुरक्षा

सामाजिक बीमा यहाँको सामाजिक सुरक्षा प्रणालीमध्ये एक हो । यसमा २ प्रकारको बीमा छः कर्मचारी स्वास्थ्य बीमा (ईएचआई) र कर्मचारी पेन्सन बीमा (ईपीआई) । तपाइसँग आवासीय हैसियत छ र यसले तपाइलाई कुनै पनि कम्पनी वा व्यवसायिक संस्थामा काम गर्ने अनुमति दिएको छ भने तपाइले यी बीमाको प्रिमियम सोही कम्पनी वा संस्था मार्फत तिर्नु हुन्छ ।

कर्मचारी स्वास्थ्य बीमा (ईएचआई)

यसलाई जापानी भाषामा केन्कोउ होकेन भनिन्छ । ईएचआई अन्तर्गत तिर्नु पर्ने मासिक प्रिमियम तपाइको तलबको आधारमा गणना गरिन्छ । यसलाई तपाइ अनि तपाइको रोजगारदाताबीच बराबरी बाँडिन्छन । अर्थात् प्रिमियम आधा तपाइ अनि आधा तपाइको कम्पनीले तिर्नुपर्छ । तपाइले तिर्नुपर्ने हिस्सा भने तपाइको मासिक तलब र बोनसबाट कट्टा गरिन्छ । अनि हरेक महीना तपाइको तलबबाट कटाएको रकममा उत्तिनै रकम थपेर कम्पनीले प्रिमियम तिरिदिन्छ ।

४० वर्षभन्दा माथि र ६० वर्षभन्दा मुनिका कर्मचारीहरुले भने नर्सिङ हेरचाह बीमाको पैसा पनि तिर्नु पर्छ । बीमाको व्यवस्थापन जापान स्वास्थ्य बीमा एशोसियशनले गर्दछ । त्यसैले प्रिफेक्चरअनुसार प्रिमियम दर फरक फरक हुन्छ ।

मुख्य लाभः बीमित वा उनीमाथि आश्रित व्यक्ति बिरामी भए वा घाउ चोट लागेर उपचार गर्नु पर्दा, औषधि उपचार गर्नु पर्दा, व्यक्तिगत भुक्तानीः बहिरंग र अन्तरंग उपचार खर्चको ३० प्रतिशत शुल्क, यातायात लाभ आदि । घाउचोट वा बिरामी भएर काममा आउन नसक्नेहरुलाई विकलांग लाभ, सुत्केरी बिला लिनेलाई सुत्केरी भत्ता आदि ।

कर्मचारी पेन्सन बीमा (ईपीआई)

यसलाई जापानी भाषामा कोसेई नेन्किन भनिन्छ । यो राष्ट्रिय बीमाअन्तर्गत पाइने आधारभूत पेन्सन लाभबाहेक बीमित व्यक्तिले उसको पारिश्रमिकसँग सम्बन्धित पेन्सन तिर्ने प्रणाली हो । बीमा प्रणालीमा लामो समय आबद्ध भएकाहरु ६५ वर्ष वा सोभन्दा माथि नाघेपछि यो बीमा पाउँछन् । योग्य व्यक्तिलाई अक्षमता पेन्सन वा जीवित पेन्सन पनि दिइन्छ ।

अन्तरराष्ट्रिय सामाजिक सुरक्षा सम्झौता

दोहोरो नामांकन टार्ने योजना हो अन्तरराष्ट्रिय सामाजिक सुरक्षा सम्झौता । यसमा जापानले तल उल्लेख गरिएका देशहरुसँग नामांकन संकलन गर्ने सम्झौता गरेको छ । यसरी सम्झौता भएका देशहरु जर्मनी, बेलायत, दक्षिण कोरिया, अमेरिका, बेल्जियम, फ्रान्स, क्यानडा, अष्ट्रेलिया, नेदरल्याण्ड, चेक गणतन्त्र, स्पेन, आयरल्याण्ड, ब्राजिल, स्वीटजरल्याण्ड, हंगेरी, भारत, लक्जेम्बर्ग, फिलिपिन्स, स्लोक गणतन्त्र, चीन छन् । थप जानकारीका लागि यो लिंकमा हेर्नुहोला ।

२. रोजगारी बीमा

रोजगारी बीमालाई जापानीमा कोयो होकेन भनिन्छ । निम्नि लिखित अवस्थामा बेरोजगारी भत्ता पनि पाइन्छ ।

१. टाट पल्टिएर वा निष्कासित भएर व्यक्ति बेरोजगार भएको छ भने बेरोजगार हुनु पूर्व कुल वर्ष बराबरको तलब ५ महीना वा सो भन्दा धेरै समयसम्म बेरोजगार भत्ता बापत दिइन्छ ।

२. आफ्नो व्यक्तिगत कारणले गर्दा कुनै व्यक्तिले जागिर छोड्यो, तर सम्भावना वा क्षमता हुँदा हुँदै पनि नयाँ जागिर पाउन सकेन ।

नोटः

आफ्नो भूमिका निर्वाह नगरेको वा सोमा असफल भएको भनेर कामबाट बर्खास्त वा निलम्बित गरिएको वा निजी समस्याका कारण कामबाट राजिनामा दिने व्यक्तिलाई भने त्यस्तो भएको ३ महीनासम्म भत्ता लिन प्रतिबन्धत लागू हुनेछ ।

वर्किङ भिसा भएको व्यक्तिले अघिल्लो रोजगारदाताकहाँ राजिनामा दिएको ३ महीनाभित्र अर्को काम खोजिसक्नु पर्छ । वर्किङ भिसा व्यक्तिले अघिल्लो रोजगारदातासँग गरेको करारका आधारमा जारी हुन्छ । त्यसैले राजिनामा दिएको ३ महीन भित्रै अर्को काममा आबद्ध हुन सकिएन् भने भविष्यमा उसको भिसा प्रक्रिया प्रभावित हुन सक्छ ।

३. कर प्रणाली

कर्मचारीहरुले भुक्तानी गर्नु पर्ने कर २ प्रकारका छन्ः

आय कर (शोतोकु जेई)

रोजगारदाताले कर्मचारीको तलबबाट काटेर उसको तर्फबाट सरकारलाई आय कर तिरिदिन्छ । कम्पनीले मासिक तलबबाट अनुमानित आय कर काट्ने भएकोले वर्षको अन्तिम तलबमा वर्षअन्तको समायोजन गरिन्छ ।

निवासी कर (ज्यूमिन जेई)

जनवरी १ सम्म जापानमा बासिन्दा बनेर बसेको व्यक्तिले निवासी कर तिर्नु पर्छ । निवासी करको रकम अघिल्लो वर्ष सो व्यक्तिको अभिलेखित आयको आधारमा निर्धारित गरिन्छ । यसबारे सो व्यक्तिलाई त्यो वर्षको अप्रिलपछि जानकारी गराइन्छ । तपाइ पनि रोजगारीमा आबद्ध हुनु हुन्छ भने आघिल्लो वर्षको जुनदेखि मेसम्मको तलबबाट कटाइन्छ । ताकि रोजगारदाताले तपाइको तर्फबाट स्थानीय सरकारलाई कर तिर्न सकोस् । जनवरी १ पछि व्यक्तिले ठेगाना परिवर्तन गरेको छ वा जापान छोडेको छ भने पनि सो व्यक्तिले अघिल्लो वर्षको आयमा निवासी कर तिर्नु पर्छ । जस्तैः तपाइले सन् २०१९ को अप्रिल १ देखि जापानमा काम गर्न थाल्नु भएको छ भने चाँहि सन् २०१९ को अप्रिल देखि मेसम्मको तलबबाट कर कटाइदैंन । सन् २०१९ मा आर्जित आय रकमअनुसार सन् २०२० को जुनदेखि मात्रै कर कटाइन्छ ।

बीमाको प्रिमियम वा करको रकम व्यक्तिगत अवस्थामा भर पर्ने भएकोले आयको रकम जब इन्फर्मेशन, जब अफर लेटरमा उल्लेख गरिएको आय रकम सामान्यतः नै कुल तलब हुन्छ । यद्यपि, बीमाको प्रिमियम र कर भनेर कुल तलबको २० प्रतिशत रकम कटाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *