Sunday, December 4जापानबारे सबै कुरा

यस्तो हुन्छ ‘उच्च कौशल भएका व्यक्ति’लाई जापानमा सेवा सुविधा

सन् २०१२ मा ल्याइएको उच्च कौशल पेशा भिसा (विदेशीमाझ HSP भनेर परिचित, Highly-Skilled Foreign Professionals) का थुप्रै फाइदाहरु छन् र यो उच्च कौशल भएका विदेशी प्रतिभावान कामदारप्रति लक्षित भिसाको प्रकृति हो । उच्च कौशल भएका व्यक्तिले जापानी आर्थिक वृद्घि उकास्न नयाँ माग पूर्ती गर्न सक्षम हुने आशा लिइएको छ त्यसैले विशिष्ट शैक्षिक अनुसन्धान गतिविधि (Advanced academic research activities), विशिष्ट विज्ञ/प्राविधिक गतिविधि (Advanced specialized/technical activities) र विशिष्ट व्यवसाय व्यवस्थापन गतिविधि (Advanced business management activities) उच्च कौशल विदेशी पेशामा पर्छन् । शैक्षिक अनुसन्धानकर्ता (Academic researchers), इञ्जिनीयर(Engineers), प्रशासक (Administrators) र कुनैपनि विषयमा विज्ञता हासिल गरेका अन्यलाई पनि माथिका तीन मध्ये एक क्याटागोरीमा राखिएको छ ।

उच्च कौशल विदेशी पेशाका लागि योग्य को हुन्?

Highly-Skilled Foreign Professionals लाई शैक्षिक पृष्ठभूमि, पेशागत करियर, वार्षिक आम्दानी, उमेर, युनिभर्सिटि आदिका आधारमा अंक (प्वाइन्ट) दिइन्छ । कम्तिमा पनि ७० अंक हासिल भएमा अध्यागमन विभागले प्रिफरेन्सियल ट्रिटमेण्टका लागि अनुमति दिन्छ ।

जापान सरकारले निर्माण गरेको अंक मूल्यांकन टेबुलमा ७० अंक वा सो भन्दा माथिको अंक हासिल गरेकाहरु उच्च कौशल विदेशी पेशा भएका व्यक्ति हुन् । ती व्यक्तिलाई जापान आउन र यहाँ बस्न प्रेरित गरिन्छ र यसलाई सरकारी रणनीतिको एक हिस्सा पनि मान्न सकिन्छ ।

हाई स्किल्ड फरेन प्रोफेसनल्सलाई दिइने प्रिफरेन्सियल ट्रिटमेण्ट

१.उनीहरु विभिन्न गतिविधिमा संलग्न हुन पाउँछन्

वर्क भिसा भएका विदेशी नागरिक भिसामा उल्लेख भएको क्षेत्रमा मात्रै काम गर्न पाउँछन् । तर उच्च कौशल विदेशी नागरिकले भने विभिन्न गतिविधिमा पनि सहभागि हुन पाउनेछन् ।

२.उनीहरुलाई ५ वर्षिय भिसा दिइन्छ

उच्च कौशल विदेशीलाई शुरुआतदेखि नै ५ वर्षे भिसा दिइन्छ । उनीहरुलाई कानूनी रुपमा पाँच वर्षसम्म जापान बस्न पाउने अनुमति हुन्छ ।

३.स्थायि रेसिडेन्सीको आवेदन दिन र पाउन सजिलो हुन्छ

स्थायि रेसिडेन्सीको अनुमति पाउन लगातार १० वर्षसम्म जापान बसेको हुनुपर्छ । तर उच्च कौशल भएका विदेशीलाई भने जापान बसेको तीन वर्ष भित्रै र ८० वा सो भन्दा बढी अंक हासिल गर्नेले एक वर्षमै स्थायि रेसिडेन्सीका लागि आवेदन दिन पाउँछन् ।

४.पति/पत्निका लागि कामको सिमितता घटाइन्छ

शैक्षिक पृष्ठभूमि र कामको अनुभवको आवश्यकता पुरा नभए पनि उच्च कौशल विदेशी पेशामा आबद्धका पति/पत्निले प्रशिक्षक(Instructor), इञ्जिनीयर वा मानवीकी र अन्तरराष्ट्रिय सेवा (Engineer,/ Specialist in Humanities/International Services) स्टेटस अफ रेसिडेन्समा पर्ने काममा संलग्न हुन पाउन्छन् ।

५.उनीहरुका अभिभावक पनि संगै बस्न पाउँछन्

केही निश्चित अवस्थामा रहेर उच्च कौशल विदेशी पेशा वा उनीहरुका पति/पत्निका अभिभावकले पनि जापानमा बस्न पाउने अनुमति पाउन सक्छन् ।

६.घरेलु कामदार पनि संगै आउन सक्छन्

केही निश्चित अवस्थामा उच्च कौशल विदेशी पेशामा पर्ने व्यक्तिले विदेशी घरेलु कामदार पनि साथमै ल्याउन पाउँछन् ।

७.एण्ट्री र रेसिडेन्स प्रकृयामा उनीहरु बढी प्राथमिकतामा पर्छन्

अध्यागमन विभागमा भिसा प्रकृयालाई उच्च प्राथमिकताका साथ ह्याण्डल गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *