जापानको फोहोर संकलन र व्यवस्थापन प्रणाली निकै जटिल छ । तर तपाई निराश नहुनुहोस् । आजको यस लेख पढिसकेपछि भने तपाईले सहजै फोहोर व्यवस्थापन गर्न सक्नुहुनेछ ।
फोहोर कहाँ जान्छ ?
जापानमा कयौं विदेशीहरुले, इन्टरनेटमा होस् वा वास्तविक जीवनमा, गुनासो गरिरहने हुरा हो : यहाँका सार्वजनिक स्थलमा फोहोर क्यानहरु किन देखिदैंन ? तपाईले कुनै सुपथ स्टोरबाट बेन्तो बक्स किन्नु भयो भने तपाईले दिनभर यसको खाली प्लाष्टिक कन्टेनर बोकेर हिड्नु पर्दछ । ‘तर किन’ तपाईहरुले भनेको मैले सुनेको छु । ‘जापानीहरुले साँँच्चै यस्तो गर्छन त ?’
यसको जवाफ हुन्छः हो । जपानीहरुमा आफुसंग भएको फोहोर आफ्नै घरमा घरमा लैजाने बानी छ । अनि जब घरमा पुग्छन् एक एक गरेर फोहोर छुट्टयाउँछन् ।
तर किन ? जापान साँघुरो देश हो । खुला स्थान सीमित बनेसँगै सडकमा छोडिएको थोरै फोहोर पनि स्पष्ट देखिन्छ । टोकियो र अन्य ठूला शहरहरुमा फोहोर राख्ने झोला र खुला स्थानमा राखिएका फोहोरहरु जतिबेला पनि भोकाएका कौवाहरुको निशाना बन्छन् ।
जापानले धेरै फोहोर उत्पादन गरिरहेको छ । प्रत्येक कुकिजलाई अर्को सानो प्लाष्टिकका झोलामा बेर्नु, एउटा स्ट्रबेरीलाई पनि छुट्टाछुट्टै प्याक गर्नु ‘जापानी ओभरप्याकिङ’का राम्रा उदाहरण हुन् ।
अझ विशेषगरी ठूला शहरमा त हरेक पाँच पाँच मिनेटमा सुपथ स्टोरहरु भेटिन्छन् । अनि एक मिनेट पर नजाँदै भेण्डिङ मेशिन भेटिन्छन् । आम मानिसहरुको सुविधाका लागि ठाउँ ठाउँमा यस्तो व्यवस्था गरिएको छ । तर यसले एक पटक मात्रै प्रयोग गर्न मिल्ने ¥यापिङ र कन्टेनरहरुमा राखिएको वस्तु किन्ने मानिसहरुको प्रवृत्ति बढाएको छ ।
जापानका सडकहरु निकै सफा हुन्छन् भनेर त्यहाँ आउने आगन्तुकहरुले प्रायः भन्ने गर्दछन् । तर सबैले सार्वजनिक स्थलमा फोहोर फाल्न राखिएको भाँडो प्रयोग गर्ने हो भने सधैं सफा सडक देख्न नपाइने पनि हुन सक्छ । आफुसंग भएको फोहोर सधैं साथमै बोकेर हिड्न झर्कोलाग्दो हुन सक्छ । तर यस्तो बानीले शहरहरु भने सफा र राम्रा हुन्छन् ।
फोहोर घर लैजानबाट बच्ने तरिकाहरु पनि छन् । सुपरमार्केटहरुमा प्रायः रिसाइकल बिन राखिएका हुन्छन् । चाहिने भन्दा बढी प्याकेजिङ र फोहोर फाल्न त्यस्ता बिनहरुको प्रयोग गर्न सकिन्छ । यस्तो गरेमा घरमा धेरै फोहोर थुप्रिदैंन । गर्मीयाममा हुने फायरवर्क जस्ता सार्वजनिक स्थलमा आयोजना गरिने ठूला कार्यक्रमहरुमा प्रायजसो ठूला, अस्थायी फोहोर फाल्ने ठाउँको व्यवस्था गरिएको हुन्छ । त्यहाँ तपाईले एकै पटक आप्mना सारा फोहोरहरु फाल्न सक्नु हुन्छ ।
जापानको फोहोर व्यवस्थापन र पुनः प्रयोग प्रणाली
हरेक देशमा फोहोर छुट्टयाउन भिन्ना भिन्नै प्रणाली हुन्छन् । जापानमा भने अलिक जटिल खालको प्रणाली छ । सार्वजनिक स्थलहरुमा विरलै फोहोर फाल्ने भाँडो देखिन्छ । भेटिए पनि जलाउने मिल्ने, जलाउने नमिल्ने र बोटल कुन प्रकृति फोहोर हो त्यही अनुरुप छुट्टा छुट्टै भाडामा फोहोर फाल्नु पर्दछ । यसरी फोहोर छुट्टयाउन त्यति धेरै गाह्रो त छैन नि , हैन ?
घरमा भने यस्तो गर्न अलि अप्ठ्यारो हुन्छ । त्यहाँ व्यवस्थापन नियम र संकलन मिति अनुसार फोहोरलाई पाँच भिन्न प्रकारमा छुट्टयाउनु पर्दछ ।
फोहोरका मुख्य पाँच प्रकार हुनः
– जलाउन मिल्ने फोहोर (燃えるゴミ・もえる)
– जलाउन नमिल्ने फोहोर (燃えないゴミ・もえない)
– प्लाष्टिक (プラスチック)
– बोटल (空きビン・あき)
– सामान्यभन्दा ठूला आकारका फोहोर (粗大ゴミ・そだい)
क्षेत्रीय र नगरपालिकाका भिन्नता
लगभग हरेक शहरले निश्चित खालका तरिकाहरु अपनाउने भएपनि जापानमा भने एकीकृत, देशव्यापी रुपमा अपनाउने फोहोर छुट्टयाउने प्रणाली छैन ।
बरु, फोहोर छुट्टयाउने र संकलन गर्ने काम नगरपालिका तहमा हुन्छ । यसको अर्थ हो हरेक शहर (ठूला शहर अनि हरेक जिल्ला) ले स्थानीय तहबाट निस्कने फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने तय गर्न सक्छ । यसका कारण तपाई कहाँ बस्नु हुन्छ सोही आधारमा फोहोर व्यवस्थापनमा कयौं स–साना भिन्नता हुन सक्छ । यसले नयाँ आगन्तुकहमा द्विविधा र निराशा उत्पन्न गराउन सक्छ ।
उदाहरणका लागि, म बसिरहेको ठाउँमा कागजी फोहोर (मिश्रित कागजपत्र) प्रत्येक वुधवार संकलन गरिन्छ । तर यस्तो खालको फोहोरमा कार्डबोर्ड भने राख्न पाइदैंन । बरु यसलाई पुराना पत्रिका, म्यागजिन, दूधको कार्टुनहरुसँग ‘रिसोर्स’ फोहोर (資源物, しげんぶつ) मा छुट्याएर राख्नु पर्छ ।
जलाउन मिल्ने फोहोर
जलाउन मिल्ने फोहोरका प्रकारहरुः
– भान्साबाट निस्कने फोहोर
– रसिद
– प्यामप्लेट्स
– प्रयोग भइसकेका टिस्यु (घरबाट निस्क्ने सबै खालका प्रयोग भइसेका वा कपीको पान्ना)
– प्याकेजिङ प्लाष्टिक
– आलु चिप्सका प्याकेट
– सुपथ स्टोरका बेन्टो ट्रे र ¥यापिङ
– अण्डा राख्ने प्लाष्टिक क्रेट
– प्लाष्टिकका च*क्कु/चम्चा आदि
– लत्ता कपडा
फोहोर संकलन गर्ने समय
यस्तो खालको फोहोर हरेक हप्ता २ वा ३ पटक संकलन गरिन्छ ।
याद गर्नु पर्ने कुरा
दुर्गन्ध हुन नदिन भान्साबाट निस्कने फोहोरहरुलाई सकेसम्म सुख्खा राख्नु पदर्छ । खाना पकाइसकेपछि सफा गर्दा पनि आफुले फाल्ने कुराहरुबाट सक्दो पानी हटाइएको छ भन्ने सुनिश्चित गर्नुहोस् ।
जलाउन नमिल्ने फोहोर
जलाउन नमिल्ने फोहोरका उदाहरणः
– भाडा र प्यान
– छाता
– कप
– भान्सामा प्रयोग हुने चक्कु
– शीशाका सामान
– लाइट बल्ब
– आल्मुनियम फोइल
– कैँची
– औषधी र मेकअपका खाली कन्टेनर
– घरमा प्रयोग हुने साना एप्लाइन्सेसहरु निश्चित आकारका
फोहोर संकलन गरिने समय
यस्तो खालको फोहोरहरु हरेक हप्ता एक देखि २ पटक संकलन गरिन्छ ।
प्लाष्टिक
प्लाष्टिकजन्य फोहोरका उदाहरण
– स्याम्पुका खाली बोतल
– बेन्टो ट्रे र र्यापिङ
– तयारी चाउचाउका प्याक
– स्न्याक्स वा मिठाईका प्याकेट
– नियमित प्लाष्टिक झोला (जस्तैःसुपरमार्केबाट सामान किन्दा आउने प्लाष्टिकका झोला)
– पेट बोटलका लेबल र क्यान (बोटल चाँहि होइन)
फोहोर संकलन हुने मिति
यस्ता खालका फोहोरहरु प्रत्येक हप्ता एक पटक संकलन गरिन्छ ।
याद गर्नु पर्ने कुरा
यस्ता फोहोर फाल्नु भन्दा अगाडि त्यसमा बाँकी भएका खानेकुरा हल्का पखालेर र सामग्रीहरु हटाएर सफा गर्न नभुल्नुहोला । पेट बोटलका क्यापहरु यसमै परे पनि बोटल चाँहि पर्दैन ।
बोटल
यस वर्गमा पर्ने फोहोरका उदाहरणः
– पेट बोटल
– शीशाका बोटल
– पेय पदार्थका क्यान
संकलन गरिने समय
यस्ता खालको फोहोर हरेक हप्ता एक पटक मात्रै संकलन हुन्छ ।
याद गर्नु पर्ने कुराहरु
बोटललाई फोहोरमा फाल्नु अघि यसको भित्र धाराको पानीले सफा गर्नु होस् । पेट बोटललाई फाल्नुपूर्व यसको क्याप र लेबल हटाउनु पर्छ । तपाई बस्नु भएको स्थान वा तपाईको ठाउँमा उपलब्ध फोहोरको कन्टेनरको प्रकार अनुसार यी दुई वस्तु प्लाष्टिकजन्य फोहोर वा जलाउन मिल्ने फोहोरभित्र पर्दछ ।
सामान्य भन्दा ठूला आकारका फोहोर
यस वर्गमा पर्ने फोहोरको उदाहरण
– टेबल
– म्याट्रेस
– भ्याक्युम क्लिनर
– फलाम
– ह्यूमिडिफायर्स
– सोफा
– बाइसाइकल
– ऐना
जस्तो प्रकारको भएपनि निश्चित आकार भन्दा ठूला जुनसुकै वस्तुलाई ओभरसाइज्ड फोहोर भनिन्छ ।
यस्ता खालको फोहो संकलन गर्ने मिति छुट्टयाइएको हुँदैन । यस्ता फोहोर पठाउनका लागि तपाई आफैंले ओभरसाइज्ड ट्र्याश सेन्टर वा त्यस्तै खालका स्थानमा फोन गरेर पिक–अप अपोइन्टमेन्ट लिनु पर्दछ ।
यसका लागि तपाईले संकलन शुल्क पनि बुझाउनु पर्छ । वस्तुको आकार सानो छ भने शुल्क कम हुन्छ । तर आकार जति ठूलो हुन्छ फोहोरको शुल्क पनि त्यति नै बढ्दै जान्छ । उदाहरणका लागि, टोकियोको शिबुयामा फयान हिटर फाल्ने हो भने ८ सय येन तिर्नु पर्छ भने सोफाका लागि २ हजार येन । यो शुल्क तिर्न तपाईले स्थानीय सुपरमार्केट वा सुपथ स्टोरमा ‘डिस्पोजल टिकट’ किन्नु पर्छ । यी टिकट स्टिकरकाृ रुपमा आउँछन् । यसलाई तपाई फाल्न खोज्नु भएको वस्तुमा टाँस्नु पर्छ ।
फोहोरसम्बन्धी नियम
अब तपाईले फोहोरको प्रकारसम्बन्धी सामान्य कुराहरु जानी सक्नु भएको छ । तब भने फोहोर व्यवस्थापन गर्दा तपाईले ध्यान दिनु पर्ने अरु कुराहरु बारे जानकारी दिइएको छ ।
फोहोर सकेसम्म कम गर्ने, पुनः प्रयोग गर्ने, पुनः प्रयोग गर्न मिल्ने बस्तुमा बदल्ने ! फोहोरको प्रकृति अनुसार त्यसको वर्ग छुट्टयाउन तपाईले खर्च गर्ने समय घटाउने सबैभन्दा सरल तरिका भनेको थोरै भन्दा थोरै फोहोर उत्पादन गर्नु नै हो ।
हो । यो भन्न सजिलो छ, तर गर्न गाह्रो छ । तर कहिले काँही यो शपिङ गर्न जाँदा आफ्नै झोला बोकेर जाने, दैनिक रुपमा आवश्यक खानेपानीका लागि पुनः प्रयोग गर्न मिल्ने वाटर बोटल चलाउने जत्तिकै सजिलो हुन सक्छ । तपाई प्रयोग नगर्ने वस्तुहरुलाई फ्याक्नु भन्दा अगाडि त्यसलाई अरु नै वस्तु बनाउने बारे विचार गर्नु होस् । उदाहरणका लागि पुराना लुगालाई तपाईले पुछ्ने कपडाका रुपमा प्रयोग गर्न सक्नु हुन्छ ।
राति फोहोर निकाल्नु हुँदैनः
अधिकांश शहर र जिल्लाहरुले आफ्ना बासिन्दाहरुलाई फोहोर संकलन गर्ने मिति भन्दा अगाडि राति फोहोर निकाल्न प्रतिबन्ध नै नलगाएको भएपनि निरुत्साहित भने गरेका छन् । बाहिर फोहोर राख्दा कागले ठुङ्गेर फोहोर यत्रतत्र छर्ने भएकोले पनि यस्तो गरिएको हो । गन्हाउँने समस्या त छँदैंछ । अनि नराम्रो पनि देखिन्छ । फोहोर संकलन गर्ने दिन बिहान मात्रै तपाईले फोहोर निकाल्ने गर्नु भयो भने तपाईका छिमेकीहरु पनि तपाईसँग अझ धेरै मित्रवत् हुनेछन् ।
प्लाष्टिकको झोलामाथि झोला नबेर्नुहोस्
फोहोरलाई एक पछि अर्को गर्दै धेरैओटा प्लाष्टिकका झोलाले बेरेर राख्दा फोहोर छुट्टयाउनै गाह्रो (वा असम्भव) हुन्छ । त्यसैले फोहोर संकलन गर्ने मानिसहरुलाई कृपा गरेर फोहोरको झोलामा के राखिएको छ देख्न सकिने बनाउनुहोस् ।
स्थानीय नियमको सम्मान गर्नुहोस् । तपाईले फोहोरहरुलाई सहि तरिकाले छुट्टयाइरहनु भएको भएपनि याद गर्नु पर्ने स–साना कुरा हुन सक्छन् । केही शहर र जिल्लामा तोकिएको रंगको फोहोर हाल्ने झोला हुन्छ भने केही स्थानमा फाल्नु भन्दा पहिला केही प्रकारका फोहोरका झोलामा त्यसको प्रकार लेख्नु पर्ने हुन्छ ।
तपाईसँग फोहोर छुट्टयाउने बारे धेरै ज्ञान छ भने पनि तपाई कहिलेकाँही झुक्किन पनि सक्नु हुन्छ । उदाहरणका लागि पकाएर बाँकी भएको भात के गर्ने ? यस्तो खालको अवस्थामा आप्mनो शहर वा जिल्लाको वेबसाइट हेर्नुहोस् । धेरै जसो वेबसाइटहरुमा घरबाट निस्कने सामान्य खालका सयौं फोहोरहरुको सहि प्रकार सूचिकृत गरिएको विस्तृत क्याटलग हुन्छ ।
रिसाइक्लिङ अर्थात् फोहोरबाट पुनः प्रयोग गर्न मिल्ने वस्तुको निर्माण
रिसाइक्लिङ हाम्रो पृथ्विको लागि मात्रै लाभदायक छैन, यसले कहिले काँही हाम्रो पकेटको पैसा पनि जोगाउँछ । जापानमा कयौं रिसाइक्लिङ पसलहरु छन् । प्रयोग भइसकेका पुराना किताबहरुको स्टोर चेन बुक अफ र प्रयोग भइसकेका कपडाका लागि शिमोकिताजावा यस्का केही उदाहरण हुन् । जापानका सबै शहरहरुमा, कुनामा रहेको साना स्टोरदेखि ठूला हलहरुसम्म सेकेण्ड–ह्याण्ड पसलहरु पनि भेटिन्छन् । यस्ता स्टोरहरुले फर्निचर र विद्युतीय उपकरण देखि बोर्ड भिडियो गेम र थोत्रा कन्सोलसम्म सबै लिन्छन् ।
तपाईका सामानहरु पूर्णरुपमा बिग्रिएका छैननर र कामै गर्दैन भने यसलाई कहि न कहि बेच्न सकिन्छ । त्यसैले यस्ता वस्तुलाई फाल्न भन्दा पहिला रिसाइकल गर्ने बारे एक पटक सोच्नुहोस् ।