Monday, May 17जापानबारे सबै कुरा

यि हुन जापानमा आय कर तिर्न ढिलो भयो लाग्ने जरिवाना

आय कर विवरण पेश भनेको तपाईले पाउनु भएको तलबमा तिर्नु पर्ने करको हिसाब गर्ने प्रक्रिया हो । तपाईले यस वर्षको आय कर विवरण आगामी वर्षको फेब्रुअरी १६ देखि मार्च १५ को बीचमा पेश गर्नु पर्दछ । यो समयसीमा भित्र तपाईले विवरण बुझाउन सक्नु भएन भने जरिवाना तिर्नु पर्दछ । आजको यस लेखमा तपाईले विवरण र आय कर समयमा बुझाउन सक्नु भएन भने सामना गर्नु पर्ने दण्ड जरिवानामा केन्द्रीत छ ।

दुई खालको जरिवाना भुक्तानी

आय करको विवरण बुझाउन ढिला भएमा दुई खालको जरिवाना छः अतिरिक्त कर र बक्यौतामा कर ।

अतिरिक्त कर

तपाईले समयमै आय कर विवरण बुझाउन सक्नु भएन वा कर बापत तिर्नु पर्ने रकमको गलत हिसाब गर्नु भयो भने यस्तो जरिवाना लाग्छ ।

अपराधजन्य कर

तपाईले समयमै कर बुझाउन सक्नु भएन भने यस्तो जरिवाना लाग्छ । कर विवरण पेश गर्ने र कर भुक्तानीको समयसीमा गुज्रियो भने दुबै अवस्थामा अतिरिक्त कर र बक्यौता कर लाग्दछ । समयमै कर विवरण पेश गरिएको छ भने चाँहि कर भुक्तानीमा ढिलाई हुन्छ र बक्यौता कर मात्र लाग्दछ ।

अतिरिक्त कर

गल्तिको प्रकारअनुसार तीन खालको अतिरिक्त कर लाग्दछ ।

१. आय विवरण पेश गर्न नसक्दा लाग्ने अतिरिक्त कर

यस्तो जरिवाना समयमै आय विवरण पेश गर्न नसक्दा लाग्छ । कर भुक्तानी ५ लाख येन भन्दा कम छ भने सो रकममा अतिरिक्त १५ प्रतिशत तिर्नु पर्छ । यद्यपि, विवरण कर कार्यालयले औंल्याउनु भन्दा अघि नै बुझाइएको छ भने अतिरिक्त कर भुक्तानी घटाएर ५ प्रतिशतमा झारिन्छ ।

२. आय कर थोरै देखाएबापत लाग्ने अतिरिक्त कर

आफूले तिर्नु पर्ने भन्दा कम आयकरको विवरण बुझाइएमा यस्तो जरिवाना लाग्दछ । जस्तैः अतिरिक्त कर । यद्यपि, कर कार्यालयले गल्तीबारे औंल्याउनु भन्दा अघि नै संसोधित विवरण बुझाइएको छ भने अतिरिक्त कर लाग्दैन ।

३. धोकाधडीको मामिलामा अतिरिक्त कर

कसैले कर छल्नका लागि आय लुकाएको छ वा जानी जानी कर विवरण बुझाएन भने यस्तो जरिवाना लाग्छ । यस्तो केसमा जरिवाना कठोर हुन्छ र जरिवाना पनि ३५ प्रतिशत हुन्छ । कर विवरण बुझाएन भने ४० प्रतिशत जरिवाना लाग्छ ।

अपराधजन्य कर

यसमा बक्यौता करको रकम फरक फरक हुन्छ । किनकि यसको गणना वास्तविक भुक्तानी गर्नु पर्ने म्याद गुज्रिएको दिनका आधारमा गरिन्छ । त्यसैले भुक्तानीको लागि जति दिन ढिला हुन्छ जरिवानाको रकम पनि सोही अनुसार बढिरहन्छ । र बक्यौता कर तिर्न निकै ढिलाई भयो भने कर अधिकारीहरु तपाईको घरमा आउँछन् र सम्पत्ति जफुत गर्न पनि सक्छन् । त्यसैले कर भुक्तानीको विषयमा अलि बढी सचेत रहनु होला ।

तपाईले तिर्नु पर्ने कर छैन भने जरिवाना पनि तिर्नु पर्दैन

व्यक्तिगत आय निकै थोरै छ वा व्यवसायले पैसा गुमाइरहेको छ भने आय कर तिर्नु पर्दैन । यस्तो अवस्थामा न त अतिरिक्त कर लाग्छ न त बक्यौता कर नै ।

कोभिड–१९ को महामारीका कारण आय विवरण बुझाउन समयसीमा विस्तार र कर भुक्तानीको लागि छूट अवधि

आय विवरण भुक्तानीको अन्तिम म्याद हरेक वर्ष मार्च १५ मा हुन्छ । तर कोरोना भाइरसको महामारीका कारण यस वर्ष यो म्याद बढाएर अप्रिल १६ मा पुर्याइएकोथियो । महामारी नियन्त्रण गर्न घर भित्र बस्ने आदेशका कारण आय विवरण बुझाउन तपाईलाई गाह्रो भएकाहरुको लागि भने म्याद बढाएर सन् २०२० को अप्रिल १७ सम्म पुर्याइएको थियो । व्यवसाय सञ्चालन गरिरहेका मानिसहरुको हकमा गत वर्षको तुलनामा यस वर्ष आम्दानी घटेको छ र कर भुक्तानीमा अप्ठ्यारो भइरहेको छ भने ढिला भुक्तानी गर्ने अनुमति दिन पनि सकिन्छ । यस्तो अवस्थामा कर बक्यौता लाग्दैन ।

यस विषयमा क्षेत्रीय कर विभागको सहुलियत टेवा केन्द्रमा फोन गरेर परामर्श गर्नुहोला ।

कुनै जिज्ञाशा भए स्थानीय कर कार्यालयमा सम्पर्क गर्नुहोला

आयको विवरण तपाई बसोबास गर्दै आउनु भएको क्षेत्रको स्थानीय कर कार्यालयमा बुझाउनु पर्दछ । यसको प्रक्रिया, कर भुक्तानीको पद्दति र करसम्बन्धी अन्य पक्षबारे तपाईलाई कुनै द्विविधा छ स्थानीय कर कार्यालयको निर्देशिका हेर्नुहोला । यसबारे सबै जानकारीहरु राष्ट्रिय कर एजेन्सीको होमपेजमा पनि पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *