Wednesday, September 22जापानबारे सबै कुरा

कामको समयमा घाइते वा बिरामी भएमा के हुन्छ ? उपचार खर्च कसले बेहोर्छ ?

जापानमा बस्ने सबै नागरिकले यहाँको सरकारी स्वास्थ्य बीमा प्रणालीमा आबद्ध हुनै पर्ने कुरा त यस अगाडिका लेखहरुमा पनि बताइसकिएको छ । काममा हुँदा कामकै कारणले घाइते हुने वा दुर्घटनामा पर्न सकिने हुन सक्छ । यस्तोमा मेडिकल सहयोगको आवश्यक पर्छ । तर राष्ट्रिय स्वास्थ्य बीमाले यस्ता दुर्घटना र बिरामी खर्च बेहोर्दैन । यसको सट्टा कामदारको दुर्घटना क्षतिपूर्ती बीमा (रोउसाई होकेन – 労災保険 ) ले कामसँग सम्बन्धित बिरामी तथा दुर्घटनाको खर्च बेहोर्छ । आज यही विषयको सामान्य जानकारी दिंदैछौं । आगामी दिनमा यसका थप अपडेटहरु आउनेछन् ।

रोउसाई होकेन के हो ?

आफ्ना कामदारलाई बिरामी खर्च प्रदान गर्ने र बीमाको प्रिमियम तिर्ने जिम्मेवारी रोजगारदाताको हो । त्यसैकारण कामदारको दुर्घटना बीमा क्षतिपूर्ती बीमा कामदारलाई लाभ प्रदान गर्ने उद्धेश्यले बनाइएको हो । सरकारले एक वा बढी कामदार काममा राख्ने रोजगारदाताले कामदारका दुर्घटना क्षतिपूर्ती बीमा लिनैपर्ने बाध्यकारी नियम बनाइएको छ । तलवको प्रतिस्थापन, मेडिकल लाभ, देखभाल लागत सहयोग, अपाङ्गता पेन्सन र अन्तिम संस्कारको लागतजस्ता खर्चहरु बेहोर्छ । कामदारको दुर्घटना क्षतिपूर्ती बीमा रोजगारदाताको नाममा भएपनि दाबी कामदारले गर्नुपर्छ ।

क्षतिपूर्ती बीमा पाउन चाहिने आवश्यकताहरु

– कामदार हुनुपर्छ
– रोजगारदाताको निर्देशनमा काम गरिरहेको हुनुपर्छ
– तलव पाउने कामदार हुनुपर्छ
– रोजगारदाताले तपाइको काम र कति समय काम गरिरहनुभएको छ भन्ने कुराको मूल्याङ्कन गर्छ
– घाइते भएको व्यक्ति कामदार हो वा होइन भन्ने कुरा पत्ता लगाउन उसको रोजगारी स्टेटस (पार्टटाइम, कन्ट्रयाक्टेड वा क्याजुयल लगायतका) खासै महतवपूर्ण मानिँदैन । त्यस्तै तलव पाउने जुनसुकै स्टेटसको व्यक्तिलाई पनि कामदार मान्न सकिन्छ ।

कमदारको दुर्घटना क्षतिपूर्ती बीमाले के के खर्च बेहोर्छ?

– यस बीमाले कामको समयमा भएका दुर्घटना र बिरामीको मात्रै खर्च बेहोर्छ । सबै कुरा प्रमाणित भइसकेपछि र श्रम मापदण्ड अनुसन्धान कार्यालयको निरिक्षणबाट सबै प्रमाण पाइसकेपछि लाभको रकम तिरिन्छ ।
– धेरै समय काम गरेर हुने कसैलाई मानसिक रोग लागेमा वा मृत्यु भएमा पनि यो बीमाले लाभको रकम तिर्छ ।
– कर्मचारीको गल्तीका कारणले दुर्घटना भयो भने पनि यो क्षतिपूर्ती बीमाको रकम पाउन सकिन्छ ।
– क्षतिपूर्ती पाउन परिचित मेडिकल संस्थाबाट उपचार पाएको हुनुपर्छ , यस्तो गर्न सकिएन भने पहिला सम्पूर्ण मेडिकल खर्चको लागत आफैं बेहोर्नुपर्छ अनि मात्रै क्षतिपूर्ती लाभका लागि आवेदन दिनुपर्छ ।

लाभहरु

– चिकित्सकको फि र औषधी खर्च लगायत सम्पूर्ण मेडिकल खर्च यसले बेहोर्छ
– बिरामी भएर छुट्टिमा बसेका बेला तलवको ८० प्रतिशत रकम दिइन्छ
– १८ महिना सम्म कामदार बिरामीबाट उठ्न सकेन र अझै पनि उसको हालत गम्भीर नै छ भने बिरामी वा घाइते क्षतिपूर्ती पेन्सन दिइन्छ
– निकै गम्भीर हालतमा रहेका र स्वास्थ्यदेखभालको आवश्यकता परेका कामदारलाई नर्सिङ केयर क्षतिपूर्ती लाभ दिइन्छ
– दुर्घटनापछि कामदारलाई अपाङ्गता भएमा अपाङ् पेन्सन लाभ दिइन्छ
– कामदारको मृत्यु भएमा अन्तिम संस्कार खर्च र उसका छोराछोरीको पढाई खर्चमा सहयोग पुगोस् भनेर शैक्षिक खर्च लाभ उसका परिवारलाई दिइन्छ ।

अन्त्यमा,

रोउसाई होकेन कामको समयमा दुर्घटना भए वा कार्यस्थलमा कामदार विरामी भएमा दिइने क्षतिपूर्ति र उपचार बेहोर्ने बीमा हो । राष्ट्रिय स्वास्थ्य बीमा र यसको ठूलो फरक भनेकै यसले लागेको सबै मेडिकल खर्च बेहोर्नु हो । कम्पनीले बीमा गरिदिने भएपनि कामदारले बीमा दावी गर्न पाउनु यसको अर्को फाइदा हो ।

तपाईसंग पनि यस बीमाका विषयमा थप केही जानकारी वा अनुभव छन् कि ? कमेन्टमा लेख्न सक्नुहुन्छ । यो जानकारी उपयोगी लागेमा सेयर गरेर आफ्ना साथीहरुमाथ पुर्याइदिनुहोला है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *