Monday, May 17जापानबारे सबै कुरा

अनलाइनमै जापानी भाषाको कोर्ष कसरी पढ्ने ?

तपाई जापान बस्नु हुन्छ र यही काम पाउनु भयो भने अन्ततः तपाईले जापानी भाषा सिक्नै पर्छ । नयाँ भाषा सिक्न शुरुमा चुनौतीपूर्ण हुन सक्छ । तर कठोर मेहनत र लगनशिलताले यो चुनौती जित्न सकिन्छ । यसमा स्व–अध्ययन पनि निकै महत्वपूर्ण छ । सिकाईमा सफल हुन सही भाषा विद्यालय र शिक्षक उत्तिकै जरुरी हुन्छ । दुर्भाग्यबस कोरोना भाइरसको महामारीबीच भाषा सिकाईको प्रक्रिया सुस्त भएको छ । आजको यस लेखमा हामीहरुले अनलाइन जापानी कोर्सका लागि उपयोगी केही वेबसाइटबारे जानकारी दिन थालेका छौं ।

१. शोको जापानी विद्यालय

यहाँ अनुभवी प्रशिक्षकहरु छन् । यिनीहरुले तपाईको प्राथमिकताअनुसार विविध खालका पाठ्यक्रम पढाइरहेका छन् ।

कसका लागिः जेएलपीटी उत्तिर्ण गर्न चाहने, जागिरका लागि अन्तर्वार्ताको तयारी गरिरहेका, बोली, पढाई र लेखन शैली सुधार्न चाहनेहरुका लागि
मूल्यः शुरुआती कोर्स र मध्यम कोर्सका लागि मासिक ५ हजार येन ।
वेबसाइटः https://www.shokojapanese.com/

२. इटल्की

इटल्की जापानको सबैभन्दा ठूलो भाषा सिकाउने वेबसाइट मध्ये एक हो । यहाँ आफ्नो लक्ष्य र इच्छाअनुरुपका १० हजारभन्दा बढी शिक्षकहरुबाट भाषा सिक्न सकिन्छ । प्रशिक्षकहरु सबैले आफ्नो मूल्य तोकेका हुन्छन् । सबैको मूल्यमा फरक फरक हुन सक्छ । तपाईसँग धेरै पैसा छैन भने आफ्नो आवश्यकताअनुसारको प्रशिक्षक रोज्न सक्नु हुन्छ ।

कसका लागिः कुराकानी वा अनुभवका लागि जापानी भाषा सिक्न चाहने जोकोहीका लागि
मूल्यः एक घन्टाको पाठको लागि ८ सय देखि ६ हजार येन
वेबसाइटः http://www.italki.com/

३. प्रिप्ले

प्रिप्लेमा तपाईले जापानी भाषा भन्दा बढी सिक्न सक्नु हुन्छ । यहाँ सिपालु जापानी प्रशिक्षकहरु टन्नै छन् । यहाँ प्रशिक्षकहरुले भिडियो प्रिजेन्टेशन आफ्नो परिचय दिनु पर्छ । यी भिडियोहरु हेरेर तपाईले प्रशिक्षकहरुको व्यत्तित्व अनि सिकाइको शैली हेर्न सक्नु हुनेछ । यी शिक्षकहरु विश्वका जुनसुकै स्थानका हुन सक्छन् । तपाई जापानमा हुनु हुन्न अनि आफू जहाँ छु त्यही स्थानको प्रशिक्षक चाहनु हुन्छ भने यो वेबसाइट निकै उपयोगी छ । छानेको प्रशिक्षकसँग परीक्षण पाठ लिनुभयो भने तपाईले कम्तिमा ६ पाठको सिकाइ योजना किन्नै पर्छ । प्रिप्लेका प्रशिक्षकहरुले प्रतिघन्टा ६०० येनदेखि ४ हजार येनसम्म मूल्य तोकेका छन् ।

कसका लागिः कुराकानीको लागि जापानी भाषा सिक्न खोजिरहेकाहरुलाई
मूल्यः एक घन्टाको लागि ५०० देखि ४ हजार येन
वेबसाइटः  http://www.preply.com/

४. जापा टक

कुराकानी बोलीचालीको लागि जापानी भाषा सिक्न चाहनेहरुका लागि यो वेबसाइट उपर्युक्त छ । यो प्रणालीमा प्वाइन्टमा आधारित छ । जस्तैः तपाईले २ हजार येनमा २ हजार प्वाइन्ट किन्न सक्नु हुन्छ । तपाईले यो भन्दा धेरै प्वाइन्ट पनि किन्न सक्नु हुनेछ । कुनै योजना साइन अप गरेर मासिक रुपमा प्वाइन्ट कमाउन पनि सक्नु हुन्छ । प्रिप्लेमा जस्तै यसमा पनि तपाईले जापाटक डेटाबेसमा रहेका सयौं जनाबाट शिक्षक रोजेर खाफूलाई उपर्युक्त हुने मिति र समय छान्न सक्नु हुन्छ । औसत ५०० प्वाइन्टको पाठ करीब २५ मिनेटको हुन्छ । ५० मिनेटको पाठको १ हजार प्वाइन्ट वा १ हजार येन पर्दछ ।

कसका लागिः वास्तविक जापानीहरुसँग जापानी भाषामा कुराकानी गर्न खोज्ने सबैका लागि
मूल्यः २५ मिनेटको पाठको लागि ३९० येन
वेबसाइट: https://www.japatalk.com/en/

५. सेन्सेई शोकाई

पेशागत जापानी प्रशिक्षक अनलाइन वा प्रत्यक्ष रुपमा खोज्नका लागि यो वेबसाइट उपर्युक्त छ । आफ्नो व्यक्तिगत सिकाइ प्रोफाइल बनाएर आफूले सिक्न खोजेको पाठ समेटेर बनाइएको अनुरोधलाई सेन्सेई शोकाईको सूचना बोर्डमा पोष्ट गरिनेछ । तपाईको अनुरोधमा लक्ष्य, जापानी भाषाको विद्यमान स्तर र चाहेको समय आदि हुन्छ । सूचना टाँसेपछि तपाईले मूल्य र अनुभवसहित प्रमाणित शिक्षकहरुबाट अफर पाउनुहुनेछ ।

कसका लागिः योग्य शिक्षकहरुबाट पाठ सिक्न चाहने जोकोहीका लागि
मूल्यः एक अनलाइन पाठका लागि २ हजार येन (सामान्य प्रत्यक्ष सिकाई भने ३ हजार येनदेखि विविध मूल्यका छन् ।)
वेबसाइटः https://senseishokai.com/

६. निहोङ्गो स्कूल

निहोङ्गो अनलाइन स्कूलमा तपाईले आफ्नो लक्ष्यसँग मेल खाने व्यक्तिगत पाठहरुको विकास गर्न सक्नु हुन्छ । यस वेबसाइटले स्काइपमार्फत अंग्रेजी भाषामा सहायता सहित अनलाइनमा १ः१ जापानी पाठ सिकाइन्छ । निहोङ्गो अनलाइन स्कूलका निजी स्काइप पाठहरु व्यक्तिगत र प्रभावकारी ‘रिमोट’ अध्ययन अनुभव चाहने हर कोहीका लागि उपर्युक्त छ । यस वेबसाइटमा तपाईले घरमै बसेर अंग्रेजीमा कुराकानी गर्न सक्ने दक्ष शिक्षकहरुबाट जापानी भाषा सिक्न सक्नु हुनेछ ।

वेबसाइटः https://gogonihon.com/en/online-schools/online/nihongo-online-school/

Leave a Reply

Your email address will not be published. Required fields are marked *