Sunday, June 13जापानबारे सबै कुरा

जापानमा होटलमा बस्दा काम लाग्ने वाक्याशंहरु

जापानमा हुनुहुन्छ र फुर्सदको समयमा घुमघाम गर्न रुची राख्नुहुन्छ भने घुमघामको समयमा प्रयोग हुने जापानी भाषाका केही वाक्याशंहरुका बारेमा हामीले केही समय पहिले यो ब्लगमा लेखेका थियौ । लामो समय वा केही दिनका लागि बाहिर घुम्न वा अन्य कामले जाँदा होटलमा बस्नुपर्ने हुनसक्छ । सो समयमा प्रयोग हुने केही वाक्याशंका उदाहरणहरु आज प्रस्तुत गर्दैछौं । जापानी भाषा सिकीरहनुभएको छ वा नेपालदेखि घुम्नका लागि जापान आउँदै हुनुहुन्छ भने तपाईका लागि यो उपयोगी जानकारी हुनसक्छ ।

1. おすすめのホテルを教えてください。
(ओसुसुमे नो होतेरु वो ओसिएत्ते कुदासाइ )
– कृपया कुनै राम्रो होटल देखाई दिनुहोस् ।

2. 予約してあります。
(योयाकु सिते आरिमास )
– मैले बुकिङ गरेको छु ।

3. 空いてる部屋ありますか?
(आइतेरु हेया आरीमास्का ?)
– ख़ाली कोठा छ ?

4. 部屋を最初に見てもいいですか?
(हेया वो साइस्यो नि मिते मो इइ देस्का ?)
– के म पहिला कोठा हेर्नसक्छु ?

5. 私は3泊滞在する。
(वातासी वा सान पाकु ताइजाइसुरु )
– म ३ रात बस्छु ।

6. ホテルにインタ一ネットサ一ビスはありますか?
(होतेरु नि इन्तानेत्तो साबिसु वा आरिमास्का ?)
– होटलमा इन्टरनेटको सुबिधा छ?

7. 朝食は含まれていますか?
(च्योउस्योकु वा फुकुमारेते इमास्का ?)
– के बिहानको खाजा समावेश छ?

8. 朝食は何時からですか?
(च्योउस्योकु वा नान्जी कारा देस्का ?)
– बिहानको खाजा कति बजेबाट हो ?

9. 6時に起こしてください。
(रोकु जी नि ओकोसिते कुदासाइ )
– मलाई बिहान ६ बजे उठाई दिनुहोस् ।

10. 枕をお願いします。
(माकुरा वो ओनेगाइसिमास)
– कृपया सिरानी दिनुहोस् ।

11. 私の部屋、ロックがかかってしまいました。
(वातासी नो हेया,रोक्कु गा खाकात्ते सिमाइमासिता)
– मेरो कोठा बन्द भयो ।

12. エアコンがうまく動きません。
(एआकोन गा उमाकु उगोकिमासेन )
– एर कोन्डिस्नर राम्रोसँग चलेको छैन ।

13. チェックアウトは何時ですか?
(च्यक्कुआउतो वा नान्जी देस्का?)
– होटलबाट निस्कनु पर्ने समय कति बजे हो ?

14. ここに私の鞄を置いといてもらいますか?
(कोको नि वातासी नो खाबान वो ओइतोइते मोराइमास्का ?)
– के म यहाँ मेरो झोला राख्नसक्छु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *