Sunday, August 1जापानबारे सबै कुरा

यसरी भर्न सकिन्छ जेएलपिटीको अनलाइन फारम

जापानी ल्यांग्वेज प्रोफिसियन्सी टेष्टबारे यस अघिका लेखहरुमा थुप्रै जानकारीहरु दिइसकिएको छ । आजको लेखमा यो परिक्षाका लागि अनलाइन आवदेन कसरी दिने भन्ने जानकारी प्रस्तुत गरिएको छ ।

परिक्षा मिति

पहिला त परिक्षा शुरु हुने मितिका बारेमा स्पष्ट हुन आवश्यक छ । जेएलपिटीको परिक्षा हरेक बर्ष जुलाई र डिसेम्बर महिनालाई हुने गरेको छ ।

पार्ट १ः माईजेएलपिटी एकाउण्ट सेट अप गर्ने

स्टेप १ः माईजेएलपिटी एकाण्टका लागि आवेदन दिने । आवेदन दिनका लागि यो लिंकमा क्लिक गर्नुहोस् । व्यक्तिगत रुपमा आवेदन दिने भएकाले पहिलो बटनमा क्लिक गर्नुहोस् । 

स्टेप २ः अब आफुलाई जे मा सजिलो हुन्छ सोही भाषा छान्ने । भाषा अंग्रेजी र जापानी दुई मध्येबाट एक छान्न सकिन्छ ।

स्टेप ३ः टर्म र कण्डिशनहरु एग्रि गर्ने र अघि बढ्ने । त्यसका लागि दायाँतर्फ रहेको आइ एग्रि लेखिएको हरियो बटनमा क्लिक गर्ने ।

स्टेप ४ः अब खुल्ने पेजमा तपाईको व्यक्तिगत विवरणहरु भर्नुपर्ने हुन्छ । आफ्नो नाम, देश, मातृभाषा, जन्ममिति, ठेगाना, फोन नम्बर, इमेल र पासवर्ड राखेर फारम पठाउनुपर्ने हुन्छ । इमेल प्रयोगमा आइरहने राख्नुहोस् भने पासवर्ड सम्झने गरि राख्नुहोस् ।

स्टेप ५ः सबै जानकारीहरु भरेर कन्र्फम रजिस्ट्रेसनमा क्लिक गर्नुभयो भने अर्को पेजमा तपाईले भरेका जानकारीहरु ठीक भए नभएको चेकजाँच गर्न लगाइन्छ । नामको स्पेलिङ, जन्ममिति, ठेगाना सहित त्यहाँ मागिने सबै कुरा सही हुनुपर्छ । आफ्नो व्यक्तिगत जानकारी कन्फर्म गर्ने र कन्फर्मेशन इमेलका लागि इमेल इन्बक्स चेक गर्नुहोस् ।

पार्ट २ः माइ जेएलपीटी एकाउण्टबाट अनलाइन टेष्टका लागि दर्ता गर्ने

माइजेएलपीटी आइडी पाएपछि तपाइलाई माइजेएलपीटी पेजबाट अनलाइन आवेदन भर्न भनिन्छ । यो वेवसाइटद आफैंमा पनि केही ब्राउजरहरु प्रति निकै मैत्री छ । कम्पयुटरबाट भर्दा अन्य वेव व्राउजरहरुमा समस्या आयो भने माइक्रोसफ्ट इजमा खोलेर भर्दा समस्या हुँदैन ।

जेएलपीटीको अनलाइन दर्ता सम्बन्धी निर्देशिका

स्टेप १ः माइजेएलपिटी आइडी बनिसकेकाले अव अनलाइनमार्फत टेस्टका लागि आवेदन दिनुपर्ने हुन्छ । जसका लागि माइ जेएलपीटी एकाउण्टमा लगइन गर्नुहोस् । लगइन गर्नका लागि यहाँ क्लिक गरि जान सक्नुहुन्छ । त्यहाँ इमेलमा प्राप्त माइजेएलपिटी आइडी र तपाई आफैले राखेको पासवर्ड राखेर लगइन गर्नुहोस् ।

स्टेप २ः

लगइन भैसकेपछि देखिने पेजको बयाँतर्फ रहेको एक्जामिनेशन एप्लिकेशनमा क्लिक गर्नुहोस् ।

स्टेप ३

एप्लिकेशनको प्रकार छान्नुहोस् । एक्लै परिक्षा दिने भएकाले इन्जिभिज्युअल एप्लिकेसनमा क्लिक गर्नुहोस् । २०१९ को डिसेम्बर महिनाको १ तारिक हुने परिक्षाका लागि आवेदन दिने अन्तिम मिति २० सेप्टेम्बरसम्म तोकिएको छ ।

स्टेप ४

त्यसपछि खुल्ने पेजमा प्राइभेसी पोलिसिको सम्झौतामा हस्ताक्षर गर्न लगाइन्छ । अर्थात यसलाई पनि आइ एग्रि भन्ने दायाँतर्फ रहेको बटनमा क्लिक गर्नुहोस् र अगाडि बढ्नुहोस् । हुन त वेवसाइटमा देखिने यस्ता प्राइभेसी पोलिसी नपढिकन एग्रि गर्ने हो सबैले, तैपनि समय छ भने पढ्नुहोस् । 😉

स्टेप ५

अब खुल्ने फारममा तपाईका व्यक्तिगत विवरणहरु भर्नुपर्ने हुन्छ । माइजेएलपिटी फारम भर्दा राखिएका केही जानकारीहरु जस्तै नाम, ठेगाना आदि आफै यो फारममा देखिन पनि सक्छन्, देखिएन भने त्यहाँ मागेअनुरुप सबै जानकारी सही ढंगले भर्नुहोस् । कुन लेभलको परिक्षा दिने, कुन ठाउँमा दिने ( जापानका क्षेत्रहरुमध्येबाट छान्नुपर्ने हुन्छ, जस्तै टोकियो भए कान्तोउ । जापानका ९ ओटा क्षेत्रमध्ये आफु बस्दैगरेको क्षेत्र कुन हो थाहा पाउनुभएको छैन भने केही समय अघि हामीले लेखेको जानकारी पढ्न यहाँ क्लिक गर्नुहोस्

यसमा फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । फोटो ६ महिनाभित्र खिचिएको, टोपी नलगाएको हुनुपर्छ । चस्मा लगाएर परिक्षा दिन जानुहुन्छ भने फोटो पनि चस्मसहितको राख्नुपर्छ तर चस्मा टल्कन हुँदैन । फोटोको ब्याकग्राउण्ड हल्का सेतो भए हुन्छ । फोटोको साइज जापानको स्टान्डर्ड साइज ३० एमएम बाई ४० एमएमको चाहिन्छ । कस्तो फोटो चल्छ र कस्तो चल्दैन भन्ने कुरा पनि त्यहाँ देखाइएको छ सोही अनुसार गर्नुहोस् ।

फोटो काट्न, मिलाउनका लागि आजकल धेरै मोवाइल एपहरु हुन्छन् । ति खोज्नुहोस् र तिनैबाट फोटो बनाउनुहोस् । तपाई फोटोशप नामको सफ्टवेयर राम्रोसंग चलाउन सक्नुहुन्छ भने आवश्यकताअनुसारको फोटो आफैले तयार गर्न सक्नुहुन्छ ।

स्टेप ६

अब खुल्ने फारममा तपाईले कसरी पैसा तिर्नुहुन्छ सो को जानकारी भर्नुपर्ने हुन्छ । भुक्तानीको प्रकार छान्ने टेष्टका लागि लाग्ने ६५०० येन तपाई क्रेडिट कार्ड, पेइजी मार्फत बैंक ट्रान्सफर र फ्यामिलिमार्ट, लसन, मिनिस्टप लगायतका कन्भिनियन्स स्टोरबाट तिर्न मिल्छ । सबैभन्दा सहज तपाईसंग क्रेडिट कार्ड छ भने त्यसमार्फत तिर्दा हुन्छ । छैन भने त्यहाँ दिइएमध्ये कुन सहज हुन्छ त्यो छान्नुहोस् र दिइने निर्देशन अनुसा पेमेन्ट गर्नुहोस् ।

स्टेप ७

पेमेन्ट कन्र्फम भैसकेपछि अव गर्नुपर्ने काम भनेको जानकारी सही भए नभएको भेरिफाइ गर्ने हो । सबैकुरा ठीक छ भने अगाडि बढ्नुहोस् ।

अन्तिम स्टेप

आफ्नो व्यक्तिगत विवरण कन्फर्म गरेपछि जेएलपिटी टेष्टका लागि तपाईको आवेदन पुरा हुन्छ । बधाई छ तपाईले सफलतापूर्वक जेएलपिटी टेष्टका लागि आवेदन दिनुभयो ।

एप्लिकेशन विण्डो

स्थानीय विद्यार्थीका लागि आवेदन विण्डो मार्चको बीच (जुलाइ परिक्षा)समयदेखि अगष्टको बीच (डिसेम्रब परिक्षा) तिरबाट शुरु हुन्छ । विदेशी विद्यार्थीका लागि भने मार्च देखि अप्रिल (जुलाइ परिक्षा) र अगष्टदेखि सेम्टेम्बर (डिसेम्बर परिक्षा) मा शुरु हुन्छ । थप जानकारीका लागि माइजेएलपीटी एकाउण्टमा गएर हेर्न सकिन्छ ।

शुल्क भुक्तानी र भुक्तानी गर्नका लागि विण्डो

आवेदन पुरा भएपछि दर्ता कन्फर्म हुनु अघि भुक्तानी पुरा गर्नु पर्छ । परिक्षा शुल्क ६ हजार ५ सय येन जति पर्ने भएपनि यो परिक्षा लिने स्थानपिच्छे फरक पनि हुन सक्छ । जापानमा हुनुुहुन्छ भने जेएलपीटीका लागि क्रेडिट कार्डको प्रयोगदेखि देखि कन्भिनियन्स स्टोर वा हुलाक कार्यालयमा गएर नगद भुक्तानी गर्न सकिन्छ । यदि तपाइ जापानबाहिर हुनुहुन्छ भने भुक्तानी प्रकृया परिक्षा लिइने स्थानमा निर्भर हुन्छ ।

जुलाइ टेष्ट भुक्तानी विण्डोः अप्रिलको शुरु वा अन्तिम
डिसेम्बरः सेप्टेम्बरको शुरुदेखि वा अन्तिम समय

भुक्तानी गरिसकेपछि तपाइलाई टेष्ट भाउचर दिइन्छ र यसलाई परिक्षा दिने समयमा ल्याउनु पर्छ । यो एकदमै मत्वपूर्ण भएकाले यसलाई हराउनु हुँदैन ।

टेष्ट भाउचर प्राप्त गर्ने समय

जुलाइ टेष्टः मध्य जुन
डिसेम्बर टेष्टः मध्य नोभेम्बर
आफ्नो टेष्ट भाउचरसँगै अन्य केही परिचयपत्र पनि साथमा ल्याउनु पर्छ ।

परिक्षाको नतिजा

परिक्षाको नतिजा आउने समय तपाइले परिक्षा स्थानीय रुपमा वा विदेशी शैक्षिक संस्थ कुनबाट दिएको हो त्यसमा निर्भर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *