Sunday, June 13जापानबारे सबै कुरा

यात्रा गर्दा प्रयोग हुने २६ जापानी वाक्यांशहरू

जापानमा हुनुहुन्छ र घुमघाम गर्नमा रुची राख्नुहुन्छ भने यात्राका क्रममा प्रयोगमा आउने यि वाक्याशंहरु तपाईलाई काम लाग्न सक्छन् । त्यसैगरि हवाई यात्राका क्रममा एयरपोर्टमा प्रयोगमा आउने वाक्याशंहरु समेत समावेश छन् । जापानमा हुनुहुन्न र जापानी भाषा सिक्दै हुनुहुन्छ भने पनि यो तपाईलाई काम लाग्ने जानकारी हो । जापानी भाषासंग सम्बन्धित यस्तै अन्य धेरै जानकारीहरु यहाँ क्लिक गरेर पनि पढ्न सक्नुहुनेछ ।

हेर्नुहोस्, यात्राका क्रममा प्रयोगमा आउने जापानी भाषाका वाक्यांशहरु

1. 切符はどこで買えますか?
(किप्पु वा दोको दे खाएमास्का ?)
– म कहाँ टिकट खरीद गर्न सक्छु?

2. 先にチケットを買わなければなりませんか?
(साकी नि चिकेत्तो वो खावानाकेरेबा नारीमासेनका)
-के पहिला टिकट खरीद गर्न आवश्यक छ?

3. 大阪まではいくらですか?
(ओसाकामादे वा इकुरा देस्का ?)
– ओसाका सम्म कति हो ?

4. 片道ですか、往復ですか?
(खातामिची देस्का , ओउफुकु देस्का ?)
– जाने मात्रै हो कि आउने जाने हो ?

5. 東京まで一枚お願いします。
(तोउक्योउ मादे इचिमाई ओनेगाइसिमास )
– टोक्यो सम्मको लागि एउटा टिकट दिनुहोस् ।

6. 子供の割引はありますか?
(कोदोमो नो वारीबिकी वा आरीमास्का ?)
– बच्चाको लागि केही छुट छ ?

7. どのくらいかかりますか?
(दोनो क़ुराइ खाकारीमास्का ?)
– कति समय लाग्छ ?

8. 福島に行くバスがありますか?
(फुकुसिमा नि इकु बासु गा आरीमास्का ?)
– फुकुसिमा जाने बस छ ?

9. 始発(しはつ)のバスは何時ですか?
(सिहाचु नो बासु वा नान्जी देस्का ?)
– पहिलो बस कति बजेको छ?

10. 最終のバスは何時ですか?
(साइस्यु नो बासु वा नान्जी देस्का ?)
– अन्तिम बस कति बजेको छ?

11. 次のバスは何時ですか?
(चुगी नो बासु वा नान्जी देस्का ?)
– अर्को बस कति बजेको छ ?

12. 成田空港(なりたくうこう)に行くのはどの電車に乗らなければならないですか?
(नारीता कुउकोउ नी इकु नो वा दोनो देन्स्या नी नोरानाकेरेबा नारानाइ देस्का ?)
– नारिता एयरपोर्ट जानका लागि कुन ट्रेन चढ्नुपर्छ ?

13. 電車はいつ来ますか?
(देन्स्या वा इचु किमास्का ?)
– ट्रेन कति बजे आउँछ ?

14. どの駅で乗り換えなければならないですか?
(दोनो एकी दे नोरीखाएनाकेरेबा नारानाइ देस्का ?)
– कुन ट्रेन स्टेशनमा गएर ट्रेन परिवर्तन गर्नुपर्छ ?

15. タクシーを呼んでもらいますか?
(ताकुसी वो योन्दे मोराइमास्का ?)
– हजुरले ट्याक्सी बोलाइदिन सक्नुहुन्छ ?

16. これは東京駅に停まりますか?
(कोरेवा तोउक्योउएकी नी तोमारीमास्का ?)
– यो ट्रेन टोक्यो स्टेशनमा रोक्छ ?

17. 空港へ行きます。
(कुउकोउ ए इकिमास)
– म एयरपोर्ट जान्छु ।

18. チェックインは何時からできますか?
(चेक्कुइन वा नान्जी कारा देकीमास्का ?)
– होटल भित्र पस्ने समय कति बजे हो ?

19. いつ搭乗(とうじょう)できますか?
(इचु तोउज्योउ देकिमास्का ?)
– म बोर्डिङ गर्न कति बजे सक्छु ?

20. 搭乗口(とうじょうぐち)はどこですか?
(तोउज्योउगुची वा दोको देस्का?)
– बोर्डिङ गर्ने ढोका कता छ ?

21. 窓際(まどぎわ)の席をお願いします。
(मादोगिवा नो सेकी वो ओनेगाइसिमास)
– झ्याल तिरको सिट लिन चाहान्छु ।

22. 定時(ていじ)に到着(とうちゃく)しますか?
(तेइजी नि तोउच्याकुसिमास्का ?)
– के तपाई समयमा आउन सक्नुहुन्छ ?

23. いつ到着しますか?
(इचु तोउच्याकुसिमास्का ?)
– कहिले आइ पुग्नुहुन्छ ?

24. 酔い止め薬をもらえますか?
(योइतोमेयाकु वो मोराएमास्का ?)
– के तपाई मलाई गाडीमा चढ्दा वान्ता नलाग्ने औषधी दिन सक्नुहुन्छ ?

25. 私のスーツケースがまだ出てきていません。
(वातासीनो सुचुकेसु गा मादा देते किते इमासेन)
– मेरो सुट्केस अझै निस्केको छैन ।

26. スーツケースを受け取る場所はどこですか?
(सुचुकेसु वो उकेतोरु बास्यो वा दोको देस्का ?)
– सुट्केस लिने ठाँउ कहाँ छ ?

आशा छ यो जानकारी तपाईलाई मन पर्यो । उपयोगी लागेमा सेयर गरेर सबैमाझ पुर्याउन सहयोग गरिदिनुस् है । यस्ता थप वाक्याशंहरुका लागि फेसबुक पेज Japanese Nepali Dictionary लाइक गर्न पनि सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *