Wednesday, September 22जापानबारे सबै कुरा

यि हुन जापानमा कोठा भाडामा नपाइने मुख्य ५ कारणहरु

जापानमा बसोबास सिरिजभित्र हामीले जापानमा बस्नका लागि कोठा भाडामा लिने लगायतका सम्बन्धमा धेरै जानकारीहरु लेखिसकेका छौं । आजको लेखमा हामी घर भाडा लिने सम्बन्धी आवेदन घरमालिकले अस्विकार गर्ने पाँच कारणबारे जानकारी दिने प्रयासमा छौं ।

१. जापानमा विदेशीहरुलाई आवासिय भेदभाव

जापानमा पनि विदेशीहरुप्रति घर भाडामा लिंदा भेदभाव रहेको छ । यदि तपाइ घर भाडामा लिनका लागि उपयुक्त उम्मेदवार भएपनि तपाइ जापानी नभएका कारण तपाइको आवेदन अस्विकृत हुन सक्ने सम्भावना छ । यो गैर कानूनी हो र यो सहि पनि होइन । तैपनि यस्तो हुन्छ । सन् २०१६ मा जापानको न्याय मन्त्रालयले गरेको जापानमा बस्ने विदेशीबीच भएको भेदभाव सम्बन्धी सर्वेक्षणअनुसार विगत पाँच वर्षमा घर खोजीमा रहेका मध्ये ३९ प्रतिशतले आफ्नो घर भाडा सम्बन्धी आवदेन विदेशी भएकै कारणले अस्विकृत भएको तर ५२ प्रतिशतले भने राष्ट्रियताकै कारणद आफूमाथि कहिल्यै पनि त्यस्तो भेदचव नभएको अभिव्यक्ति दिएका थिए । अर्को छुट्टै प्रश्नमा आफूलाई मनपरेको घरमा विदेशीलाई निषेध गरिएको पाइएपछि आफूहरुले एक समयमा त अपार्टमेण्ट खोजी कार्यबाट निराश भएर यो काम नै छोडिएिको २७ प्रतिशतले अभिव्यक्ति दिएका थिए । यसका लागि विदेशी परामर्शदाता संस्थाको सहयोग लिन सकिन्छ । टोकियो महानगरपालिकाले विदेशी आवासिय सल्लाह केन्द्रले अंग्रेजी, चिनियाँ र कोरियाली भाषामा जापानी दैनिक जीवनबारेको जानकारी दिन्छ । अन्य स्थानहरुका स्थानीय सरकारी कार्यालयहरुमा यस्ता सुविधाहरु हुन्छन् ।

२. अपर्याप्त आम्दानी

जापानमा घरको भाडा तपाइको तलवको ३३ प्रतिशत हुन्छ । यसको मतलब अर्थ हो तपाइको वार्षिक आम्दानी तपाइले आवेदन दिन लागेको घरको भाडाभन्दा ३६ गुणा बढी हुन आवश्यक छ । होइन भने तपाइको आवेदन स्विकार हुन गाह्रो हुन्छ ।

३. ग्यारेण्टरको आम्दानी पर्याप्त हुन जरुरी छ

अपार्टमेण्ट भाडामा लिँदा ग्यारेण्टरको पनि आवश्यकता पर्छ । यदि तपाइले भाडा तिर्न सक्नुभएन भने त्यसको जिम्मा लिने व्यक्तिलाई ग्यारेण्टरका रुपमा उभ्याउनुपर्छ । जापानीहरुले त आफ्ना अभिभावकलाई ग्यारेण्टरका रुपमा प्रस्तुत गर्छन् । तर विदेशीको हकमा भने यदि काम गर्दै हुनुहुन्छ भनेकम्पनीलाई ग्यारेण्टर बनिदिनका लागि अनुरोध गर्न सकिन्छ । ग्यारेण्टरले रेसिडेन्स र आम्दानी विवरणको प्रमाण पेश गर्नुपर्छ । यसका लागि अतिरिक्त शुल्क भने लाग्छ । यदि ग्यारेण्टरको आम्दानी पर्याप्त छैन भने तपाइको आवेदन अस्विकृत हुन सक्छ ।

३. अस्थायि रोजगारी वा करियर

घरका मालिक र सम्पत्ति व्यवस्थापकहरुले भाडासम्बन्धी आवेदनको मूल्यांकन गर्दा उनीहरुले तपाइको सम्भावित आम्दानी स्ट्रिमको बारेमा बुझ्न खोज्छन् । त्यसकारण निम्न कारणहरुमा घर मालिकहरुले तपाइको भाडासम्बन्धी आवेदन अस्विकृत गर्न सक्छः

– कन्ट्रयाक्ट कर्मचारी
– रोजगारी संस्थाबाट अलग
– स्वरोजगार, फ्रिल्यान्सर वा आफ्नै व्यवसाय भएका
–आम्दानी अनियमित र अनुमान गर्न कठिन

४.घर भाडामा लिन आवश्यक दस्तावेज

घर भाडामा लिन आवेदनका लागि सम्पूर्ण कागजपत्र पुरा हुनुपर्छ । जनवरीदेखि मार्च सम्म व्यस्त मौसम भएकाले यस समयमा घरको विक्रीले पनि तिव्रता पाउँछ । यसमा घर भाडामा पाउन आवेदन दिनेको संख्या पनि बढ्छ ।

५.रियल इष्टेट एजेण्ट, जमिनदार र सम्पत्ति म्यानेजरमाथि तपाइबारे खराब छाप

घर हेर्ने क्रममा तपाइलाई घर मालिकले सम्भावित खरिदकर्ताकै रुपमा लिन्छन् । उसको अगाडि आफ्नो राम्रो छाप छोड्नुपर्छ । यसमा निम्न कुराहरु समावेश छन्ः
– अपोण्टमेण्टका लागि समयमै आउने
– सहि तरिकाको पोशाक लगाउने
– आफूलाई जिम्मेवार वयस्कका रुपमा प्रस्तुत गर्ने

माथि उल्लेखित बाहेक अन्य कारणले पनि कोठा भाडामा लिनका लागि तपाईले दिनुभएको आवेदन अस्वीकृत हुनसक्छ । यहाँ उल्लेख गरिएका केही मुख्य बुँदाहरु मात्र हुन ।

जापानमा कोठा भाडामा लिनका लागि तपाईले दिनुभएको आवेदन अस्वीकृत भएको छ ? यस सम्बन्धमा तपाईका पनि केही अनुभव छन् कि ?

तलको कमेन्टबक्समा लेखिदिनुहोला है । जानकारी उपयोगी लागेमा सेयर गरेर आफ्ना साथीहरुमाझ पनि पुर्याइदिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *