Monday, May 17जापानबारे सबै कुरा

किन जोडिदैंछ ड्राइभिङ लाइसेन्सलार्ई माइनम्बर कार्डसँग ?

जापान सरकारले चालक अनुमति पत्रलाई माइ नम्बर सामाजिक सुरक्षा तथा कर पहिचान कार्डसँग जोड्ने योजना बनाइरहेको छ । यो योजनाका बारेमा पाठकका मनमा विविध प्रश्नहरु उब्जिएको हुन सक्छ । माइनिची शिम्बुनले तिनै प्रश्नहरुको उत्तर दिने प्रयास गरेको छ, हामीले त्यसैको नेपाली अनुवाद यहाँ प्रस्तुत गरेका छौं ।

चालक अनुमति पत्रलाई माइ नम्बरसँग जोड्नुको कारण के हो ?

उत्तरः व्यक्तिगत नम्बर हुन्छ । यसमा कार्ड बाहकको नाम र ठेगाना पनि हुन्छ । यसलाई कर भुक्तानी लगायत विविध प्रक्रियामा प्रयोग गर्न सकिन्छ । अहिले माइ नम्बर कार्ड बाहकको अनुपात २० प्रतिशत छ । जापानभर करीब ८ करोड २० लाख मानिसहरुले चालक अनुमति पत्र कार्ड लिएका छन् । सरकारले कार्डमा चालक अनुमति पत्रलाई जोडेर माइ नम्बर कार्ड बाहकको संख्या बढाउने लक्ष्य लिएको छ ।

त्यसो भए विद्यामन चालक अनुमति पत्र बिलाउँछ त ?

सरकारले छिटोमा सन् २०२६ भित्रमा माइ नम्बर कार्डको आईसी चिपमा चालक अनुमति पत्रको जानकारी राख्न थाल्नेछ । माइ नम्बर कार्डमा सवारी बाहकको चालक चलाउन अनुमतिको म्याद र चालक अनुमति पत्रको अन्तिम म्याद लगायत जानकारीहरु हुँदैन । प्रहरीले यी जानकारीहरु विशेष कार्ड रिडरको प्रयोग गरेर पूष्टि गर्नेछ । माइ नम्बर कार्ड लिन नचाहनेहरुका लागि भने परम्परागत चालक अनुमति पत्र जारी गरिनेछ ।

यो परिवर्तनले स्थित पहिलाको भन्दा बढी सहज हुन्छ त?

माइ नम्बर कार्डधारीहरुले बसोबास स्थल परिवर्तन पछि चालक अनुमति पत्रमा आवासीय ठेगाना परिवर्तन गराउन स्थानीय प्रहरी स्टेशनमा जानु पर्दैन । लामो समयसम्म आवासीय क्षेत्रभन्दा बाहिर रहेको बेलामा पनि चालक अनुमति पत्र नवीकरण गर्न सक्नेछन् ।

चालक अनुमति पत्रका लागि प्र’हरी प्रणाली कस्तो हुनेछ ?

चालक अनुमति पत्रको व्यवस्थापन हरेक प्रिफेक्चरको प्रहरी विभागले छुट्टाछुट्टै रुपमा गर्दैै आएको छ । नेशनल पु’लिस एजेन्सीले यसलाई एकीकृत व्यवस्थापनको प्रणालीमा विकास गर्ने काम गरिरहेको छ । चालक अनुमति पत्र माइ नम्बर कार्डमा जोडिएपछि कुनै पनि व्यक्तिको माइ नम्बरसँग सम्बन्धित व्यक्तिगत जानकारीहरु स्वतन्त्रपूर्व हेर्नबाट प्र’हरीलाई रोक लगाउने प्रणाली अपनाउने सरकारको योजना छ ।

यो डिजिटाइजेशन गर्ने सरकारी प्रयासको हिस्सा हो त ?

चालक अनुमति पत्र बाहेक पनि प्र’हरीले अन्य विविध प्रक्रियालाई अनलाइन बनाउन खोजिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *