Sunday, December 4जापानबारे सबै कुरा

कम्पनीले श्रम कानूनको उल्लङ्घन गर्यो भने के गर्ने?

यदि तपाइ खराब काम गर्ने वातावरणमा कुनै समय पर्नुभएको छ भने जापानमा कम्पनीलाई चुनौती दिने कुरा सजिलो छैन भन्नेबारे त तपाइलाई राम्रै जानकारी होला । ओभरटाइमको पैसा नदिने, बिदाका क्षतिपूर्ती दिन अस्विकार गर्ने लगायतका कुरा जुनसुकै राष्ट्र पनि हुन्छ । यस्तो कुनै पनि विदेशी राष्ट्रमा बस्दा भयो भने त तपाइलाई यसको सामना कसरी गर्ने भन्नेबारे बुझ्न झन् कठिन हुन्छ । अझ जापानी भाषाको ज्ञान छैन भने त कहाँबाट शुरु गर्ने भन्ने नै थाहा हुँदैन ।

जापान सराकारले यस्ता शोषण र खराब काम गर्ने वातावरणमाथि अंकुश लगाउन प्रयासहरु जारी राखेको छ । आजको लेखमा कम्पनीले गर्न मिल्ने र गर्न नमिल्ने कुराका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

कम्पनीले तपाइको भिसा रद्द गर्न सक्दैन

तपाइको भिसा जापान सरकारले जारी गर्छ र कम्पनीले त त्यस भिसालाई प्रायोजन मात्रै गर्ने हो । एकपटक भिसा दिइसकेपछि कुनै पनि विशेष परिस्थितीबाहेक सरकारले तपाइँसँग सो भिसा फिर्ता लिन सक्दैन । तपाइले सो कम्पनी छोडेको अवस्थामा भने तपाइको भिसा कुनै अर्को कम्पनीले प्रायोजन गर्नुपर्छ ।

कम्पनीले ओभरटाइमका लागि बाध्य पार्न सक्दैन

श्रम मापदण्ड एक्टको भाग २ को आर्टिकल ३६ ले कम्पनीहरुलाई तपाइको काम गर्ने समय तपाइको कन्ट्रयाक्टमा उल्लेख भएको भन्दा बढाउने अनुमति दिँदैन । र ओभरटाइम अतिरिक्त २५–५० प्रतिशत भुक्तानी गरेर मात्र गर्न पाइन्छ ।

कम्पनीले तपाइको तलवी बिदाको उपयोग गर्न दिनुपर्छ

यो जापानको कानूनमै उल्लेख भएपनि केही कम्पनीहरुले भने यसको उल्लङ्घन गर्ने गरेको पाइएको छ । यो विदा पाउन तपाइले कम्पनीमा ६ महिनायता काम गरेको र तपाइको कन्ट्रयाक्टमा उल्लेख भएभन्दा ८० प्रतिशत वा सोभन्दा बढी समय काम गरेको हुनुपर्छ ।

सहि सूचना दिएर कम्पनी छोड्न पनि सक्नुहुन्छ

यो श्रम कानूनमा आधारित छैन तर नागरिक कोडमा भने उल्लेख छ । जागिर छोड्नका लागि न्यूनतम २ हप्ताअगाडि यसबारे जानकारी दिन आवश्यक छ । कन्ट्रयाक्टमा जागिर छोड्न लागेको बारे सूचना ३ महीना अगावै दिनुपर्छ भनिए पनि जापानी कानूनले भने २ हप्ताअगाडि सूचना दिनुपर्ने बताउँछ ।

कम्पनीले धर्म, पृष्ठभूमि र जातिका आधारमा भेदभाव गर्न पाउँदैन

कार्यस्थलमा भेदभाव गर्दा जरीवानासहितको सजाय पाइन्छ । यदि तपाइ पनि कुनै किसिमको भेदभावाट पीडित हुनुहुन्छ भने त्यस विरुद्ध आवाज उठाउनु पर्छ । यसमा काम गर्ने वातावरण र तलवबीचको भेदभावका विषय पर्छन् । त्यसैले यदि तपाइको हाकिम लोभी छन् भने यस विरुद्ध कदम उठाउन सकिन्छ ।

दबाबमा काम गर्न कम्पनीले तपाइलाई बाध्य पार्न सक्दैन

लेबर स्टयाण्डण्र्ड एक्टको आर्टिकल ५ को च्याप्टर १ मा यो पर्छ । कुनै पनि कम्पनीले यदि तपाइलाई दबाबमा काम गर्न बाध्य पार्छ भने उ सजायको भागिदार बन्नुपर्छ । हेल्लो वर्कसँग त यस्ता प्रकारका दुव्र्यवहार गर्ने साना तथा मझौला कम्पनीलाई बन्द गर्न पाउने अधिकार पनि रहेको हुन्छ । तर यसका लागि तपाइसँग प्रमाण भने हुन आवश्यक छ ।

कसलाई सम्पर्क गर्ने?

कर्मचारीका मुद्धालाई सहयोग गर्न जापानसँग हेल्लो वर्क छ । यसमा मेडिटेशनदेखि अदालतसम्म पुग्छन् मुद्धाहरु । अधिकांश मुद्धा मेडिटेशनमै टुङ्गिन्छ भने केही अदालतसम्म पुग्छन् । यहाँ कम्पनीले तपाइको कानूनी बिल तिर्दैैन त्यसैले वकिलमाथि धेरै खर्च गर्नु हुँदैन ।

पहिला शुरु त आफ्नो कम्पनीसँग भएका कानूनी मुद्धाहरुका बारे कुरो उठाउनुपर्छ । यसलाई मेडिटेशनमा समाधान गर्न सकिएन भने अदालतमा गएर यसलाई सुल्झाउने प्रयास गर्नुपर्छ ।

यदि तपाइको समस्या थप बढ्यो भने तपाइले हेल्लो वर्कलाई सम्पर्क गर्न आवश्यक छ । यीनीहरु कामदारको शोषण रोक्नका लागि सेटअप गरिएका सरकारी विभागहरु हुन् । केही थोरै जापानी भाषा बोल्न जान्ने हो भने यो सहयोगी हुन सक्छ । हेल्लो वर्क बाहेक अन्य धेरै संस्थाहरु पनि छन् जस्ले कामदारहरुको हक हितमा काम गर्छन । त्यसैले खराब कम्पनीको विरोधमा बोल्न डराउनु हुँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *