Saturday, August 13जापानबारे सबै कुरा

जापानबारे सबैभन्दा धेरै सुनिने ५ कुधारणा

ढकमक्कै चेरीका रुखहरु, फुजी हिमाल जापान भन्ने बित्तिकै तपाईको मनमा यस्तै अनेक कुरा आउन सक्छ । हरेक ठाउँको बारेमा मानिसको मनमा कुनै न कुनै गलत धारणाहरु हुन्छन् । उक्त स्थानबारे जानकारी जति कम भयो त्यति नै यस्ता धारणाहरु बढ्ने सम्भावना हुन्छ । जापानको बारेमा पनि यस्तै खालका धारणाहरु व्याप्त छन् । आजको यस लेखमा हामीहरु जापानबारे व्याप्त ५ कुधारणाबारे कुराकानी गर्नेछौं ।

१. सबै जापानीहरु काठको घरमा बस्छन् ।

तपाईले टोकियोको पछिल्लो तस्विर हेर्नु भएको छ ? यहाँका गगनचुम्बी भवनहरु त देख्नु भएकै होला । तपाईले अंग्रेजी फिल्म द लाष्ट सामुराईमा देखे जस्तो सबै जापानीहरु काठकै घरमा बस्दैनन् । पछिल्लो समय इटा, स्टिल र कंक्रिटका घरहरु बनाउने क्रम बढेको छ । यसको अर्थ जापानमा काठको घर नै छैन भन्ने चाँहि होइन । अधिकांश घरहरुमा परम्परागत घरका विशेषताहरु तातामी कोठा, फुसुमास भने पाइन्छ ।

२. सबै जापानीहरुले भात खान्छन् ।

हो उनीहरुले भात खान्छन् । तर भात मात्रै खाँदैनन् । यसको साथमा अन्य धेरै खानेकुरा पनि खान्छन् । चाउचाउ, पाउरोटीदेखि सुशीसम्म अनि चिप्सदेखि स्पागेटीसम्म जापानीहरुले खाने परिकारको सूचि निकै लामो छ । तर जापानमा मानिसहरुले स्यान्डविच भन्दा धेरै ओनिगिरी राइस बल खान्छन् अनि सामान्य खालका पाउरोटी भन्दा धेरै चामलको पाउरोटी खान्छन् । जापान चामल धेरै खपत गर्ने देश हो । यसमा भने कहिले पनि परिवर्तन नआउला । तर यसो भन्दैमा जापानीहरुलाई भातप्रेमी भन्न मिल्छ त ?

३. सबै जापानीहरुले एनिमे र मांगा मन पराउँछन् ।

तपाईहरुले एनिमे र मांगा मन नपराउने कति जापानीहरु चिन्नु भएको छ ? मैले त कम्तिमा पनि सय जना चिनेको छु । पछिला २ दशकमा यूरोप र एशियामा एकिने बूम देखिएको छ । यसले एनिमे/मांगालाई अहिलेसम्मकै सबैभन्दा धेरै बिकेको अन्तरराष्ट्रिय संस्कृति बनाएको छ । तर जापानी एनिमे र मांगाप्रतिको अधिकांश झुकाव विदेशीहरुमा मात्रै सीमित छ भनेर मैले बताए भने नि ? अधिकांश ओताकुज वास्तवमा विदेशी भए नि ?

यसको अर्थ जापानी ओताकु नै छैन भन्ने चाँहि होेइन । छ, नत्र त आकिहाबारा विदेशी प्रडक्टमा मात्रै कसरी हुन्थ्यो । अहिले पनि जापानमा रेलमा मांगा पढ्ने अनि टिभीमा एनिमे हेर्नेहरु छन् । तर सबै जापानीले यसलाई मन पराउँछन् भन्नु सबै फ्रान्सेलीहरुले ब्रेकफाष्टमा क्रोएसन्ट खान्छन् अनि सबै अमेरिकीहरुले बर्गर मन पराउँछन् भने जस्तै हो । एनिमे बुमलाई जन्म दिने देश जापानमा सबैमा यसको लत भने छैन ।

४. सबै जापानीहरुले मरुन्जेलसम्म काम गर्छन् ।

यसका साँचो र झुठो दुबै पक्ष छन् । अनि सबैभन्दा झर्को लाग्दो चाँहि के भने हामी यो ‘स्टेरोटाइप’ मात्रै हो भनेर प्रमाणीत गर्न पनि सक्दैनौं । जापानीहरु लामो समयसम्म काम गर्छन् । कामकै लागि घरपरिवारको वेवास्ता गर्नेहरु पनि छन् । कम्पनीलाई दोस्रो घर पनि ठानिन्छ । यहाँ मानिसहरुले आफ्नो घरमा भन्दा धेरै समय बिताउँछन् ।

यसको अर्थ जापानीहरु काममा दास नै हुन्छन् भन्ने हुन्छ र ? पहिलो कुरा दासले तलब पाउँदैनन् । तर जापानमा तलब औसत भन्दा राम्रो छ । दोस्रो कुरा औसत जापानी कम्पनीले हप्तामा ५ दिन काम गरेर २ दिन शनिबार र आइतबार बिदा दिन्छ । अधिकांश कम्पनीमा औसतमा बिहान ९ बजेदेखि साँझ ५ वा ६ बजेसम्म काम हुन्छ । एक घन्टा खाजा खाने छुट्टि हुन्छ । हरेक महिना कुल करीब ४० घन्टा ओभरटाइम हुन्छ ।

विगतका दशकमा धेरै काम गरेर कर्मचारीहरु मरेको घटनाहरु बढेपछि कम्पनीहरुले ओभर टाइम घटाएका छन् अनि काम गर्ने वातावरण पनि सुधार्ने प्रयास भइरहेको छ । अहिले जापानमा काम गर्ने वातावरण विश्वका अन्य सभ्व देशको भन्दा खासै फरक छैन ।

५. सबै जापानीहरु धनी छन् अनि सबै कुरा अति नै महँगो छ ।

जापानीहरु मरिहत्ते गरेर काम गर्ने भएपछि सबै जना अति नै धनी छन् भन्ने तर्क आएको हुन सक्छ । अब तथ्यांकमा हेरौं । जापानमा औसत कलेज ग्र्याजुएटले पहिलो रोजगारीबाट करीब १ हजार ८०० देखि २ हजार २०० डलर कमाउँछन् । करार स्थायी हुन्छ । त्यसैले जीवनभर अर्को जागिर खोज्ने चिन्ता हुँदैन । मासिक १ हजार ८०० देखि २ हजार २०० डलर भनेको कति हो ? यो धेरै होइन । तर तल्लो तहका कर्मचारीका लागि अन्य देशमा दिइने तलवको तुलनामा चाँहि यो राम्रै हो । अधिकांश जापानी कम्पनीहरुले ३० वर्ष नपुग्दासम्म ‘डोर्म’को सुविधा दिन्छन् । कामदारहरुको यात्रा खर्च पनि कम्पनीले पुनः फिर्ता दिन्छ । हरेक ६ महीनामा तलबको मूल्यांकन र वृद्धि पनि हुन्छ । हिसाब गर्ने हो भने ३० वर्ष पुग्दा औसत जापानीहरुको मासिक तलब करीब ४ देखि ५ हजार डलरसम्म हुन्छ । यो पक्कै पनि थोरै पैसा होइन ।

अब कुरा गरौं जापानको पदोन्नति प्रणालीको परम्परागत जापानी कम्पनीले १० वर्षसम्म एउटै पदमा बिताइन्छ । उमेरका आधारमा पदोन्नति गरिन्छ । पदोन्नति र निरन्तर वृद्धिको लागि ४० वर्षसम्म कुनु पर्छ । तर यूरोप र अमेरिकामा कुनै कामका लागि पर्याप्त अनुभव छ भने सहजै व्यवस्थापकबाट काम थाल्न सकिन्छ । यसमा तलब औसत भन्दा राम्रो हुन्छ । त्यसो भए जापानीहरु धनी छन् त ? हो र होइन पनि । उनीहरु घर, कार किन्न अनि परिवार पाल्न सक्ने गरी धनी छन् । तर यहाँ भनिएको धनी भने सम्पत्तिमा मध्यम स्तर हो ।

बोनशः अक्षर उस्तै हुने भएकोले सबै जापानीहरुलाई चिनियाँ भाषा थाहा छ ।

अहँ, पक्कै पनि होइन ।

जापान र चीन दुई फरक फरक देश हुन् । लेख्ने प्रणाली, भाषा र संस्कृति पनि विल्कुल फरक छन् । यी दुबै भाषमा मिल्ने एउटै कुरा भनेको खान्जी हो । यी दुईबीच पनि निकै भिन्नता छ । एउटा जापानी वयस्कले ६० प्रतिशत मात्रै चिनियाँ लिखित बुझ्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *