हामी मानब हौ, त्यसैले जान अन्जानमा गल्तीहरु गरिरहन्छौ, कहिलेकाही निकै होसियार हुँदाहुँदै पनि, ख्याल गर्दागर्दै पनि हाम्रा सामान तथा महत्त्वपूर्ण चीजहरू वा डकुमेन्टहरु हराउने गरेका छन् । हामी कामना गर्छौ कि तपाइको कुनै सामान नहराओस, तर हराइहाल्यो भने नआत्तिनु होला ! हामी केहि टिप्स दिदैछौ जसले तपाईलाई आफ्नो हराएको सामान फिर्ता पाउन सहयोग गर्न सक्नेछ ।
सर्बप्रथम त तपाइलाई आफुले कहाँ हराएँ जस्तो लाग्छ त्यो ठाउँमा गएर खोज्नुहोस्, नजिकै कन्भिनिएन्स स्टोरहरु छन् भने त्यहाँ गएर सोध्न पनि सक्नुहुन्छ । कतिपय जापानी नागरिकहरु व्यस्तताका कारणले पुलिसकहाँ सम्म नपुगी आफुले भेटेका चिजबिज नजिकैको बिश्वाशिलो स्थानमा छोड्ने गरेको पनि पाइएको छ ।
यदि त्यसो गर्दा पनि तपाइको हराएको सामान भेट्न सक्नु भएन भने नजिकैको स्थानीय पु’लिस स्टेसन (जसलाई जापानी भाषामा कोबान-交番 भनिन्छ) मा जानुहोस, प्राय स्थानमा कोबानहरु ट्रेन स्टेसनको नजिकै हुने गर्दछन । जापानमा पु’लिसहरु बिदेशी वा जापानी नागरिकको एकदमै सम्मान गर्छन र समस्या परेको खण्डमा निकै नम्र भएर प्रस्तुत हुन्छन । तपाई आफुलाई परेको समस्या निर्धक्क बताउनुहोस् र सहयोगका लागि आग्रह गर्नुहोस, तपाई जापानी भाषामा राम्रोसंग कुराकानी गर्न सक्नु हुदैन भने चिन्ता नलिनुहोस, जापानमा प्रायः पु’लिस स्टेसनमा एक न एक जना अंग्रेजी राम्रोसंग बोल्न सक्ने प्र’हरीको व्यवस्था भएको हुन्छ, उनीहरुले तपाइको हराएको सामानको बारेमा मागेका सबै जानकारीहरु दिनुहोस र आफ्नो मोबाइल नम्बर वा कुनै सम्पर्क नम्बर पनि दिनुहोस । तपाइले दिएको जानकारीको आधारमा समान खोजिदिनका लागि दिएको निबेदन बुझी लिएको व्यहोराको यौटा सानो पत्र पाउनु हुनेछ। यदि तपाइँसंग मोबाइल छैन भने रिपोर्ट गरेको केहि दिनभित्र आफुलाई पायक परेको बेला सोहि स्थानमा गएर आफ्नो रिपोर्टको अपडेटबारे सोधपुछ गर्न सक्नुहुनेछ, तपाइले आफ्नो मोबाइल नम्बर दिनु भएको छ भने समान भेटिएको खण्डमा तपाईलाई फोन आउनेछ ।
अन्त्यमा,
यदि तपाइले हराएको समान जापानी नागरिकको हातमा परेको छ भने ढुक्क हुनुहोस्, प्राय जापानी नागरिकहरु (केही अपबाद पनि हुन सक्छन) आफुले भेटेको कुनै पनि बस्तु त्यसमा के छ सम्म नहेरी प्र’हरीकहाँ बुझाउन लैजान्छन, यो उनीहरुले सानैदेखि सिकेको बानी हो, उनीहरुको शैक्षिक प्रणाली नै त्यै अनुसार तयार पारिएको हुन्छ, हरेक बिध्यालयमा भेटिएका समान राख्ने बाकस (Lost Item Box) राखिएको हुन्छ, अर्को कुरा आज तपाइले भेटेको सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सक्नु भयो भने भोलि आफ्ना चिजबिज हराउँदा अरुले त्यसैगरी फिर्ता गर्नेछन भन्ने कुरामा जापानी नागरिकहरु विश्वास गर्दछन ! तपाईं हामीहरु पनि यहि बानीको विकास गरौं, कहीं कतै कसैले समान छोडेको भेट्नु भयो भने नजिकैको प्रहरी चौकीमा बुझाउनु होला, के थाहा आज अरुलाई समस्या पर्यो, भोलि आफैलाई त्यस्तै समस्या पर्ने पो हो कि ?