Wednesday, January 19जापानबारे सबै कुरा

यस्तो छ स्क्रिनिङ सर्टिफिकेट बारे बिस्तृत जानकारी

१. के हो स्क्रिनिङ सर्टिफिकेट ?

यो नव आगन्तुकहरुले जापानी दूताबासमा भिसाका लागि आवेदन दिन आउँदा चाहिने थप कागजपत्र हो । यो सर्टिफिकेटको उद्देश्य नव आगन्तुक (यात्रीहरु)ले जापानमा आउनु अघि र आएपछि कोभिड–१९ को संक्रमण फैलिन नदिन अपनाउनु पर्ने आवश्यक सबै दायित्व पूरा गरुन भन्ने सुनिश्चित गर्नु हो ।

२. सर्टिफिकेट कसलाई चाहिन्छ ?

जहान भिसा, जापानी/स्थायी बासिन्दाका छोराछोरी, आश्रित भिषा इत्यादिका लागि सीईओ भएका बाहेक सबै नयाँ आगन्तुकहरुलाई यस्तो सर्टिफिकेट चाहिन्छ । असाधारण भिसा हैसियत भएकाहरुलाई विशेष खालको अवस्था भएकाहरुका रुपमा चिनिनछ र यिनीहरुले स्क्रिनिङ प्रमणपत्र बिना नै भिसाका लागि आवेदन दिन सक्नेछन् । यसबाहेक पनि, क्वारन्टिन अवधि घटाएर ३ दिनमा ल्याउन चाहेको हो भने जापानी, विदेशी बासिन्दा र व्यवसायिक प्रयोजनका लागि यात्रा गर्ने यात्रीहरुलाई पनि यस्तो सर्टिफिकेट चाहिन्छ ।

३. सर्टिफिकेटका लागि कसले आवेदन दिन सक्छ ?

जापानमा भएका कम्पनी/विद्यालय र संघसंस्थाहरुले मात्रै नव आगन्तुकहरुका लागि सर्टिफिकेटको आवेदन दिन सक्छन् । सीओई बाहकहरुले सबै कुरा बुझेर प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्न बाहेक आवेदनका लागि केही पनि गर्न सक्दैनन् ।

४. मलाई सर्टिफिकेटको नमूना देखाउन सक्नु हुन्छ ?

मैले यस्तो खालका कयौं सन्देश पाइरहेको छु । यो नयाँ आवेदन भएको अनि यसको नमूना चित्रबारे कुनै पनि आधिकारिक जानकारी छैन । नमुना पाउनुको कुनै अर्थ छैन । नमुना कतैबाट भेटियो नै भने पनि यसलाई तपाई कसरी प्रयोग गर्नु हुन्छ ? यसलाई कम्पनीसमक्ष देखाएर यस्तै ल्याइदेउ भन्नु अर्थहिन हुनेछ । कम्पनीले सर्टिफिकेट कस्तो देखिन्छ भनेर होइन यो कसरी पाउने भनेर जान्नु पर्दछ ।

६. सर्टिफिकेटका लागि आवेदन दिन के के चाहिन्छ ?

यसका लागि चाहिने मुख्य कुराहरु आवेदन फारम/सीओई बाहक र कम्पनी दुबैबाट प्रतिज्ञा/जापानमा प्रवेश गरेपछि योजनाको तालिका । चाहिने कागजपत्र खासै जटिल छैनन् । तर कागजपत्र तयार पार्नु अघि तपाईको कम्पनीले तपाईलाई जापानमा स्वीकार गर्नका लागि उनीहरुलाई के गर्नु पर्छ भनेर बुझ्न जरुरी छ । उनीहरुले आफ्नै स्थानमा रहेको स्वास्थ्य केन्द्रमा तपाईको आगमनबारे परामर्श गर्नु पर्छ , अनि यसबारे जानकारी पनि दिनु पर्छ ।

तपाईको कम्पनीले यस लिंकबाट सामान्य जानकारी लिन सक्छ ।

७. कम्पनीले कहाँ आवेदन दिन सक्छ ?

आवेदन दिन सकिने स्थान कम्पनीको व्यवसाय अनुरुप विविध मन्त्रालयमा तोकिएको छ । मन्त्रालयमा काउन्टर ठयाक्कै तोकिएको हुन्छ । कहाँ आवेदन दिन सकिन्छ भनेर थाहा पाउन चाँहि कहिले काँही गाह्रो हुन सक्छ ।

८. कम्पनीले कसरी आवेदन दिन सक्छ ?

आवेदन अनलाइन मात्रै छ । सामान्यतः कम्पनीले कागजपत्रहरु इमेलमार्फत पठाउँछ । केही मन्त्रालयले आवेदनका लागि विशेष खालको अनलाइन साइट खोल्न थालेका छन् रे भनेर मैले सुनेकोे छु । मन्त्रालय पिच्छे आवेदन दिने तरिका फरक फरक हुन सक्छ ।

९. प्रक्रिया पूरा हुन कति समय लाग्छ ?

आवेदन प्राप्त गरेपछि मन्त्रालयलाई २ देखि ३ हप्ता लाग्छ भनेर भनिएको छ । आवेदनमा केही गलत पाइयो भने उनीहरुले कम्पनीलाई सम्पर्क गर्छन् अनि सोही अनुरुप मिलाउन सुझाव दिन्छन् ।

१०. मैले आवेदन अगाडि नै फ्लाइट बूक गर्नु पर्छ त ?

अहँ, पर्दैन । स्क्रिनिङ सर्टिफिकेट पाएपछि उनीहरुले तपाईलाई तपाईको फ्लाइटबारे विशेष साइटमा विवरण हालिदिन्छन् । यस्तो नभएसम्म तपाई भिसा नै छ भने पनि जापानमा छिर्न पाउनु हुन्न ।

११. स्क्रिनिङ सर्टिफिकेटका लागि मलाई खोप सर्टिफिकेट चाहिन्छ त ?

अहँ, चाहिदैंन । तपाईले क्वारन्टिन अवधि घटाउन चाहनु हुन्छ भने मात्रै खोप लगाएको प्रमाण पत्र र योजनाका अतिरिक्त समयतालिका विस्तृतमा बुझाउनु पर्छ ।

१२. मेरो हैसियत व्यवसाय व्यवस्थापकको हो । मेरो कम्पनीमा म एक जना मात्रै छु । मैले सर्टिफिकेट कसरी पाउन सक्छु ?

यो प्रश्नको उत्तर अनिश्चित छ । यसबारे हामीले खोजीनिती गरिरहेका छौं । तपाईको कम्पनीमा काम गर्ने जापानमा कोही हुनु हुन्छ भने उसले तपाईको लागि आवेदन दिन सक्छ । तर छैन भने सक्दैन ।

१३. मेरो कम्पनी/विद्यालयले मेरो लागि किन आवेदन दिँदैन ।

अध्यागमनले तेकिशेइकोउ ‘ राम्रो स्कुल ‘ भनेर रुपमा मूल्यांकन नगरेका विद्यालयहरुले सर्टिफिकेटका लागि आवेदन दिन सक्दैनन् । प्रशिक्षार्थी र विद्यालयहरुका लागि सीओई जारी मिति अनुसार समय तोकिएको छ । बसोबासको व्यवस्था मिलाउन र यातायात पनि केही कम्पनीको लागि गाह्रो हुन सक्छ । यसबारे आफ्नो कम्पनीसँग राम्ररी कुरा गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *