जापानमा अपार्टमेन्ट भाडामा खोज्दा धेरैले जोड दिने एउटै कुरा भनेको भाडा हो । तर भाडा भाडा मात्रै भनिरहँदा उनीहरुले जीवनस्तर सुधार्न मद्दत गर्न सक्ने केही कुराहरुलाई भने वेवास्ता गर्ने गर्छन् । आजको यस लेखमा हामीहरुले पहिलो पटक जापानमा अपार्टमेन्ट खोज्दा ध्यान दिनु पर्ने वा थाहा पाइराखे उपयोगी हुने केही कुराहरु बताउन गइरहेका छौं ।
१. लोकल स्टेशन नजिक बसाईको अर्थ यात्राको लागि धेरै समय
म पहिलो पटक जापान आउँदा मैले अपार्टमेन्ट २ ओटा कुरामा ध्यान दिएर लिएको थिएः पहिलो भाडा अनि दोस्रो कामका लागि लाग्ने कुल वन-वे यात्रा समय । यो समय लगभग एक घन्टा जति लाग्छ भन्ने मेरो आकलन थियो कम्तिमा पनि मैले यस्तो सोचेको थिएँ ।
मेरो अपार्टमेन्ट नोगाताबाट हिटेर करीब १५ मिनेटमा पुगिन्थ्यो । नोगाता सेइबु–शिन्जुकु लाइनको एउटा लोकल स्टेशन हो । मैले यात्रा गर्ने क्रममा (सेइबु शिन्जुकु) को टर्मिनल स्टेशनबाट यामानोते लाइन फेर्नु पथ्र्यो तर लोकल स्टेशनमा रोकिने रेलहरु थोरै मात्रै छन् भन्ने कुरामा मैले ध्यानै दिइन । विशेषगरी, रातिको समयमा निकै कमै रेलहरु रोकिन्छन् । शिन्जकुमा लोकल रेलका लागि कुर्दा वा नोगातामा रेल छुट्दा मेरो यात्रा समय कम्तिमा पनि १० मिनेट थपिन्छ । झट्ट हेर्ला जाबो १० मिनेट जस्तो तपाईलाई लाग्न सक्छ । २ वर्षसम्म म यहाँ बस्दा हरेक दिन जसो यो समय थपिँदै गयो ।
त्यसैले मैले यहाँ दिन खोजेको सुझाव भनेको तपाई बसिरहनु भएको अपार्टमेन्टबाट कार्यालय आउजाउ गर्न लाग्ने वास्तविक समय लेखाजोखा गर्नु हो । लोकल स्टेशनजिक रहेका अपार्टमेन्ट एक्सप्रेस स्टप नजिक रहेका भन्दा सस्तो हुने गर्दछ । तर यिनीहरु अलि कम सहज हुन्छन् ।
२. भवन मात्रै होइन छिमेकको अवस्था हेनुहोस्
कुनै स्थानमा बस्ने निर्णय गर्दा आफू बस्ने अपार्टमेन्ट भवन मात्रै होइन आसपास र छिमेक के कस्तो छ भनेर पनि हेर्नुहोला । निर्माणाधिक साइट नजिकै छ भने केही समय हो–हल्लामा बिताउनु पर्ने हुन सक्छ ।
मेरो पहिलो पटक अपार्टमेन्ट आठ तल्ले भवनको छैठौं तलामा थियो । यहाँका सडक अलि ठूलो थियो अनि सडकको दुबै तर्फ हिड्ने सवारी साधनहरु धेरै हुन्थे । झ्याल बन्द भएको बेलामा त सबै सडकको हल्ला सुन्दैनथे । झ्याल खुला रहेको बेला बाहेक अरु बेला सडकमा हुने हो–हल्ला समस्या नै थिएन । तर कहिलेकाँही भने मध्य रातमा मोटरसाइकल चलाउने एक समूहले होहल्ला गरेर ‘डिस्टर्ब’ गर्थे । अहिले जापानमा खासै धेरैले मोटरसाइकल चलाउँदैनन् । त्यसैले यो समस्याबारे चिन्ता गर्नु पर्दैन ।
तर यसबाहेक पनि सोच विचार गर्नु पर्ने अन्य धेरै कुराहरु छन् । ति मध्ये केही निम्नानुसार छन्ः
– नजिकै कुुनै निर्माणाधिक साइट छन् कि ? छन् भने हो–हल्ला आउँछ भनेर पहिला नै तयार रहनु होला ।
– भवन ठूला सडक वा सोको नजकि छन् कि ? सडकमा हुने हो–हल्लाले तपाईलाई झर्को लाग्दैन भने चाँहि यसबारे चिन्ता गर्नु पर्दैन ।
– भवनको साझा स्थल (हलवे, बाइसाइकल पार्किङ लगायत स्थानहरु) राम्ररी व्यवस्थापन गरिएका छन् कि छैनन् ?
– नजिकै रहेका सुपराार्केट र कोन्बिनी कहाँ छन् ?
– नजिकमै बैंकका शाखा पो छन् कि छैनन्?
– नजिकमा कतै क्वाइन लन्ड्री छन् ? छैनन् भने तपाईले मशिनबाटै लुगा सुकाउनु पर्ने हुन सक्छ ।
– तपाईले प्रयोग गर्न सक्ने खालका पार्क, स्पोर्ट्स क्लब जस्ता अन्य सुविधानहरु नजिकमा छन् कि छैनन् ?
३. डेलिभरी स्टोरेज लकर
तपाईले अनलाइनबाट धेरै कुरा अर्डर गर्नुभएको छ र डेलिभरी पनि मिस गर्न चाहनु हुन्न भने तपाई बसेको भवनमा प्याकेज डेलिभरी एकाई भयो भने निकै सहज हुन्छ । पुराना र साना भवनहरुमा यस्तो सुविधा हुँदैन । तर अपार्टमेन्ट खोज्दा यो सुविधा छ कि छैन हेर्नु भयो भने निकै सजिलो हुन्छ । अझ तपाई अबेर रातसम्म काम गर्नु हुन्छ वा एकै चोटीमा धेरै सामानका लागि अर्डर गर्नु भयो, घरमा डेलिभरी दिने अरु मानिस कोही छैन डेलिभरी गर्ने व्यक्तिले तपाईको सामान डेलिभरी स्टोरेज लकरमा राखेर तपाईको मेलमा एक्सेस कोड पठाइदिन्छन् ।
४. भवनमै फोहोर फाल्ने ठाउँ
जपानमा फोहोर छुट्टयाउने केही झन्झिटिलो नियम छन् । तपाईले निश्चित खालका फोहोर मात्रै फाल्न सक्नु हुनेछ । फोहोर संकलन गर्ने दिन तपाई बस्ने स्थानअनुसार फरक फरक हुन सक्छ । तर तपाईले प्रायः निर्धारित दिनमा फोहोर बिहान ८ देखि साढे ८ बजेको बीचमा बाहिर राखिसक्नु पर्छ । फोहोर कसरी फाल्ने भन्ने जानकारीहरु फोहोर फालिने स्थानमै पनि टाँसिएका हुन्छन् । साथै यस्ता जानकारीहरु वडा कार्यालयको वेबसाइटमै पाउन सक्नु हुनेछ । फोहोर कसरी छुट्टयाउने भन्ने कुरा बुझ्न मलाई कहिले समस्या भएन । फोहोर समयमै निकाल्न नसम्झनु चाँहि मेरो समस्या बन्यो ।
व्यवस्थित मानिसले राति नै फोहोर बाहिर राख्न सम्झिन्छ । तर म यस्तो थिइन् । म ढिला उठ्ने भएकोले मैले कयौं पटक फोहोर फाल्न पनि पाइन । फोहोरको झोला केही दिनसम्म मेरो भान्सामै रहन्थ्यो । यस्तो त धेरै पटक हुन्छ । कहिलेकाँही दिक्क लाग्थ्यो अनि गर्मीकोयाममा कुहिने फोहोर चाँडै गन्याउँथ्यो । समस्या यति मात्रै थियो ।
म अपार्टमेन्ट खोज्दा प्रायः भवनमा फोहोर फाल्ने कोठा छ कि छैन भनेर हेर्दैनथे । तर एक पटक म बसेको अपार्टमेन्ट भवनमा यस्तो सुविधा थियो । फोहोर कहिले फाल्नु पर्ला भनेर सम्झिनु नपर्दा कत्तिको सहज हुँदो रहेछ भनेर मैले त्यति बेला नै महसुस गरेको हुँ । मैले जति बेला चाहे उति बेला फोहार बाहिर निकालेर राख्न सक्थे ।
अपार्टमेन्ट खोज्दा यी कुरामा समेत ध्यान दिनु भयो भने फोहोर फाल्न खासै झन्झट हुँदैन । तपाई पनि यस्तै गर्नुहोस् है ?
५. शौचालय र नुहाउने ठाउँबीचको निकटता
शौचालय र नुहाउने ठाउँ छुट्टाछुट्टै भएको अपार्टमेन्टलाई धेरैले रुचाउँछन् भन्ने सोचिन्छ । कुन कुनै अपार्टमेन्टमा बाथटब/शावर, सिंक र ट्वाइलेट सबै एउटै रुपमा हुन्छ । तपाई पनि यस्तै सोच्नुहुन्छ भने अपार्टमेन्ट खोज्दा नै यस्तो छ कि छैन पक्का गर्नुहोस् ।