Monday, May 17जापानबारे सबै कुरा

यस्तो हुन्छ जापानमा ड्राइभिङ लाइसेन्स रिन्यू गर्ने प्रक्रिया

जापानमा चालक अनुमति-पत्र लिए पछि निश्चित समयको अन्तरालमा सो अनुमति-पत्रको नवीकरण गर्न जरुरी छ । नवीकरण गर्न बिर्सनु भयो भने तपाइले आफ्नो अनुमति-पत्र गुमाउनु हुनेछ । त्यसैले निर्धारित अवधिमा यसलाई नवीकरण गर्न नभुल्नु होला । आजको यस लेखमा हामीहरु अनुमति-पत्रको वैध समय अनि यसको नवीकरण कसरी गर्ने भन्ने बारे बताउन गइरहेका छौं ।

तपाइले जापानमा कसरी सवारी हाक्ने, जापानमा चालक अनुमति-पत्र कसरी हासिल गर्ने र जापानमा चालक अनुमति-पत्र हासिल गर्ने तरिका’ यो पोष्टको अन्त्यमा पढ्न सक्नु हुनेछ ।

अनुमतिपत्रको प्रकार अनि वैध अवधि

जापानमा तीन प्रकारका चालक अनुमति-पत्र प्रचलनमा छन्ः हरियो, निलो र सुनौंलो । यो अनुमतिपत्रको पछाडि पट्टि लेखिएको हुन्छ ।

वैध अवधि कार्डको पृष्ठभूमिमा दिइएको रंग हेरेर छुट्टयाउन सकिन्छ । निलो अनुमति-पत्रलाई तीन श्रेणीमा विभाजित गर्न सकिएपनि हरेक श्रेणीमा कुल पाँच प्रकार छन् । हरेकको वैध अवधि फरक फरक हुन्छ ।

हरियोः नयाँ लाइसेन्स लिनेले प्राप्त गर्छन्
वैध अवधिः लाइसेन्स प्राप्त गरेको मिति देखि तेस्रो जन्मदिनपछिको १ महिनासम्म

निलो लाइसेन्स : पहिलो पटक नवीकरण भएको
वैध अवधिः ३ वर्ष
हरियो लाइसेन्स प्राप्त गरेपछि (ट्राफिक नियम उल्लंघन गर्ने चालकबाहेक)

पहिलो पटक नवीकरण
(ट्राफिक नियम उल्लंघन गर्नेचालक)
वैध अवधिः ३ वर्ष

धेरै पटक ट्राफिक नियम उल्लंघन गर्ने वा चोटपटक लाग्ने गरी दूर्घटना गराउने
(साधारण चालक)
वैध अववधिः ५ वर्ष
५ वर्ष वा बढी समय सम्म अनुमति पत्र भएका वा विगत ५ वर्षमा सामान्य ट्राफिक
नियमको उल्लंघन गरेका

सुनौलो लाइसेन्सः उत्कृष्ट चालक
वैध अवधिः ५ वर्ष
निरन्तर ५ वर्षसम्म अनुमति-पत्र भएका अनि विगत ५ वर्षमा कुनै दू’र्घटना नगराएका

नवीकरण अवधि र सूचना (पोष्टकार्ड)

सवारी चालक अनुमति-पत्र नवीकरण गराउने अवधि सो वर्ष तपाइको जन्मदिनको अघि वा पछि जहिले अनुमति-पत्रको वैधानिकता समाप्त हुन्छ सोे २ महिना अघि वा पछि हुन्छ । तपाइले नवीकरण गर्ने अन्तिम सप्ताहन्त वा सर्वजनिक बिदा वा राष्ट्रिय बिदामा पर्यो भने सो लगत्तै कार्यालय खुल्ने दिनमा नवीकरण गर्नु पर्छ ।

नवीकरण गर्ने म्याद आउँदै गर्दा नवीकरण सूचना (पोष्टकार्ड) तपाइको चालक अनुमति-पत्र दर्ता गर्दा सोमा उल्लेख गरिएको ठेगानामा टाँसिन्छ । त्यसैले उल्लेख गरिएका जानकारीहरु पक्का गर्नुहोस् अनि रिसट नच्यातिकन जोगाएर राख्नुहोला । सो पोष्टकार्ड नवीकरण प्रक्रियामा आवश्यक हुन्छ । तपाइले पोष्टकार्ड हराउनु भयो भने नवीकरण प्रक्रिया पूरा हुन सामान्य भन्दा बढी समय लाग्नेछ, त्यसैले सकेसम्म यसलाई गुमाउनु हुँदैन ।

तपाइ बसाइसराइ गरेर जानु भयो वा अन्य कुनै कारणले गर्दा ठेगानामा भएको परिवर्तनबारे जानकारी गराउन सकिएन भने तपाइ बसेको ठाउँमा पोष्टका आइ नपुग्न पनि सक्छ । त्यसैले हरेक वर्ष वैध अवधिबारे जन्मदिनको बेलामा नै पूष्टि गर्नुहोला ।

सन् २०१९ को अप्रिल २८ सम्म जारी भएको चालक अनुमति-पत्रको वैध अवधि सम्राट वर्षमा आएको परिवर्तनका कारण परिवर्तन नहुन पनि सक्छ । ‘हेइसेइ’ ३२ सन् २०२० हुनेछ अनि ३३ चाँहि सन् २०२१ अनि एवम्रितले ३४, ३५ र ३६ पनि क्रमशः सन् २०२२, सन् २०२३ र सन् २०२४ हुनेछ ।

तपाइको तर्फबाट कुनै प्रतिनिधिले नवकिरण प्रक्रिया पूरा गर्न सम्भव हुँदैन । कारण जे भएपनि सम्बन्धित व्यक्तिले नै सबै प्रक्रिया पूरा गराउनु पर्छ । अस्पतालमा भर्ना, प्रसव, विदेश यात्रा वा व्यवसायिक यात्रा जस्ता अप्रत्याशित कारणले गर्दा नवीकरण अवधिभित्र तपाइले प्रक्रिया सम्पन्न गर्न सक्नु भएन भने सो भन्दा अगावै प्रमाण देखाएर नवीकरण गर्न सकिन्छ । आफू बसेको क्षेत्रको चालक अनुमति पत्र परीक्षण केन्द्र, चालक अनुमति पत्र नवीकरण केन्द्र वा प्रहरी विभागमा परामर्श लिन भने नभुल्नु होला

कसरी गर्ने नवीकरण ?

नवीकरण गर्दा, निर्धारित कक्षाहरु लिनु आवश्यक हुन्छ । पोष्टकार्डले लाइसेनसको निरन्तर अवधि र ट्राफिक नियममा कुनै उल्लंघन भएको छ कि छैन भन्ने कुरा व्याख्या गरेको हुन्छ । यसमा तपाइले लिनु पर्ने सचेतना कक्षाको बारेमा पनि बताइएको हुन्छ । आवेदनको मिति र समय (दिन), सचेतना क्षण, आवश्यक कागजपत्र, शुल्क र अनुमति पत्र पुनः जारी गर्ने पद्दति तपाइ बस्नु भएको क्षेत्र अनि अनुमति पत्रको प्रकार अनुसार फरक फरक हुन सक्छ । आफ्नो आवासीय हैसियत पूष्टि गर्ने कागजपत्र ल्याउन पनि नभुल्नु होला ।

एकै पटक नवीकरण गर्दा र ठेगाना परिवर्तन गर्दा वा राष्ट्रिय र नाम बदल्दा वा लाइसेन्स पुनः जारी गर्दा चाहिने अतिरिक्त कागजपत्र पनि फरक हुन सक्छ । कुनै कुरा अस्पष्ट भयो भने पोष्ट कार्डमा उल्लेख गरिएको सम्पर्क ठेगानामा सोधपुछ गर्नु होला ।

नवीकरण अवधि गुज्रियो भने

नवीकरण अवधिभित्र अनुमति-पत्र नवीकरण गर्न सक्नु भएन भने तपाइ अयोग्य ठहरिनु हुनेछ । अनुमति-पत्र नवीकरण हुँदैन जारी पनि हुँदैन । त्यसैले तपाइलाई पुनः चालक अनुमति-पत्र चाहियो भने चालक अनुमति पत्र केन्द्रमा गएर पुनः परीक्षण दिनु पर्नेछ । अयोग्य भएको अवधि र कारण अनुसार परीक्षणमा छूट पाउन पनि सक्नु हुनेछ । तर यसबारे सकेसम्म चाँडै चालक अनुमति-पत्र परीक्षण केन्द्रमा सम्पर्क राख्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *