हुन त जापानमा पनि घर खरिद गर्ने प्रकृया अन्य राष्ट्रमा रियल इष्टेट खरिद गरेजस्तै हो । यद्यपि, भाषा बोल्न र पढ्न नसक्नेका लागि भने घर खरिद गर्ने वास्तविक प्रकृया अलि कठिन र धेरै समय लिने खालको पनि हुन सक्छ । आजको लेखमा घर खरिद गर्ने ८ ओटा सहज प्रकृयाबारे बताइएको छ । प्रकृयाबारे जान्नुअघि विदेशीले जापानमा घर खरिद गर्न पाउँछन् कि पाउँदैनन् भन्नेबारे जानकारी लिनु राम्रो हुन्छ ।
के विदेशीले जापानमा घर सम्पत्ति खरिद गर्न पाउँछन्?
जापानमा घर खरिद गर्न त्यस्तो कुनै कानूनी बन्देज छैन । उनीहरुले घर खरिद गरेको २० दिन भित्र बैङ्क अफ जापानलाई एउटा सूचना पत्र जारी गर्न चाहिँ पर्छ । जापानमा घर किन्न यहीको नागरिकता वा स्थायी रेसिडेन्स भिसा नै चाहिन्छ भन्ने छैन । यदि तपाइसँग स्थायी रेसिडेन्स भिसा छैन, जापानी नागरिकसँग विवाह गरेको होइन र जापानमा कुनै काम गर्नुभएको छैन भने चै जापानी सम्पत्ति खरिद गर्न केही समस्या आउन सक्छ ।
जानिराख्नुपर्ने एउटा कुरा के भने अन्य एशियाली राष्ट्रमा भएजस्तो जमिनको स्वामिवसम्बन्धी सिमितता जापानमा चाहिँ छैन । एक अर्थमा यो जापानको उदारता हो भनेर बुझ्नुपर्छ ।
जापानमा घर खरिदसम्बन्धी निर्देशन
१.सम्पत्तिसम्बन्धी अनुसन्धान र वित्तपोषणको विकल्प
घर खरिद गर्न चाहनेले सबैभन्दा पहिला त आफ्ना प्राथमिकता निर्धारण गर्ने र त्यसपछि बजेटबारे योजना बनाउनु पर्छ । नयाँ घर खरिद गर्ने हो वा पुरानै घर खरिद गर्ने हो, अथवा समय र पैसा छ भने कुनै नयाँ जमिन किनेर त्यसमा घर पो बनाउने हो कि, पहिला त यतातिर ध्यान दिन आवश्यक छ ।
तपाइको बजेट कति हो?
प्रायजसो जापानी ऋणदाताहरुले वार्षिक आम्दानीको २५ प्रतिशत हिस्सा ऋण भुक्तानीमा बुझाउन सक्ने व्यक्तिलाई मात्र ऋण दिने गरेका छन् । खरिद मूल्यमा ६ देखि ७ प्रतिशतसम्मको कर लाग्छ । यदि कुनै एजेण्टको माध्यमबाट घर किन्ने तयारी गरिरहनु भएको छ भने उसलाई खरिद मू्ल्यको ३ प्रतिशत र ६० हजार येन प्लस उपभोग कर (८प्रतिशत) बुझाउनु पर्छ ।
विदेशी नागरिकका लागि वित्तपोषणको विकल्प
केही जापानी बैङकहरुले विदेशी नागरिकलाई पनि ऋण त दिन्छन् तर स्थायी नागरिक, वा जापानी नागरिकसँग विवाह भएकाहरुलाई चाहिँ उनीहरुले बढी समर्थन गर्ने गरेका छन् । केही बैङ्कहरुले जापानमा लामो समयसम्म काम गरेको वा पति/पत्नीसँग रेसिडेन्स भिसा भएकाहरुले पनि ऋण पाउँछन् । विदेशीहरुको मामलामा ऋण पाउन सामान्यभन्दा गाह्रो भने हुनसक्छ । निजी बैङ्क र केही स्थानीय क्रेडिट युनियनले आवासिय ऋण दिने गरेका छन् । निश्चित ब्याज तिर्ने हो वा परिवर्तनीय ब्याजदर कुन तिर्ने हो त्यो आफूले निर्णय गर्न सकिन्छ । आजकाल चाहिँ जापानमा निश्चित ब्याजदर वाला ऋण धेरै प्रचलनमा छ ।
२.तुलनात्मक अध्ययन र ऋणदाताको खोजी
आफूले चाहेको क्षेत्रमा सम्पत्तिको मूल्यको तुलनात्मक अध्यनय गर्ने वा हालै त्यहाँका सम्पत्ति कतिमा किनबेच भयो भन्ने कुरा पत्ता लगाउन सकिन्छ । भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयको वेवसाइटमा गएर पनि सम्पत्ति ट्रान्ज्याश्कनबारे जानकारी हासिल गर्न सकिन्छ । त्यस्तै आफैले गएर घरहरु हेर्न पनि सकिन्छ । धेरै ठाउँ घुमेर हेर्दा सम्पत्तिको तुलनात्मक अध्ययन थप प्रभावकारी ढङ्गले गर्न सकिन्छ ।
३. खरिद गर्ने आवेदन र ऋण पाउनका लागि पूर्व स्विकृति
नयाँ घर खरिद
यदि तपाइ जापानमा नयाँ घर किन्ने सोचमा हुनुहुन्छ भने रियल इष्टेट कम्पनी वा डेभलोपरले तयार पारेको खरिद आवेदन भर्नुपर्छ । नयाँ घर खरिद गर्दा प्राप्त भएका आवेदनको सङ्ख्याका आधारमा लोटरी पनि गरिन्छ, त्यसैकारण आवेदन दिइसकेपछि पनि कहिलेकाहिँ तपाइको घर खरिद स्विकृत नहुन पनि सक्छ । आवेदन दिँदा २० हजार येन देखि १ लाख येन सम्म तिर्नुपर्छ र आवेदन स्विकृत नभएको अवस्थामा त्यो तपाइलाई फिर्ता हुन्छ ।
पुरानो घर खरिद
पुरानो घर खरिद गर्दै हुनुहुन्छ भने विक्रेतालाई इण्टेण्ट पत्र बुझाउनु पर्छ । तपाइ आफू सम्पत्ति खरिदबारे निकै गम्भीर रहेको बताउन यस्तो लेटर अफ कन्टेण्टको प्रयोग गरिन्छ । यसलाई दुईपक्षबीचको वार्ताको शुरुआती विन्दुका रुपमा पनि लिइन्छ ।
अर्नेष्ट मनि/डिपोजिट
खरिददारीबारे गम्भीरता प्रकट गर्न खरिद गर्ने व्यक्तिले विक्रेतालाई तिर्ने रकम नै अर्र्नेष्ट मनि हो । यो डिपोजिटमा राखिने रकम कुल खरिद मूल्यको ५ देखि १० प्रतिशतसम्म हुन्छ । यसलाई खरिद विक्री प्रकृया सकिएपछि कुल खरिद मूल्यको केही हिस्साका रुपमा मूल्याङ्कन हुन्छ ।
ऋण पाउने पूर्व स्विकृति
लेटर अफ इण्टेण्ट बुझाउँदा बुझाउँदै ऋण प्राप्तिका लागि अनुमतिसम्बन्धी प्रकृयाको पनि शुरुआत गर्नुपर्छ । यसका लागि पासपोर्ट र ड्राइभिङ लाइसेन्सको फोटोकी, हालै भएको स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट र तपाइको वार्षिक कर सम्बन्धी रसिदको आवश्यता पर्छ ।
४.प्राप्ति र समिक्षा
एक्सप्लानेशन अफ इम्पेटर्याण्ट म्याटर्स विक्रेताको एजेण्टले तयार पारेको कानूनी दस्तावेज हो । यसमा कुनै पनि खरिदकर्ताले खरिददारीको निर्णय गर्नु अघि जान्न जरुरी भएका सम्पूर्ण विवरण हुन्छ । जापानी कानून अनुसार खरिदकर्तालाई खरिद सम्झौता गर्नुअघि सम्पूर्ण जानकारी भएको लिखित दस्तावेज दिनैपर्छ । यस्तो विवरण २० देखि १ सय पेजसम्म लामो हुन्छ । पर्याप्त जानकारीको अभावका कारण खरिद विक्री प्रकृयामा कुनै बाधा नआओस् र सम्झौता नटुटोस् भन्नका लागि यस्तो दस्तावेज पेश गरिन्छ ।
५.खरिद सम्झौता र ऋणका लागि सम्पूर्ण आवेदनको कार्यान्वयन
खरिद सम्झौतामा हस्ताक्षर
एक्सप्लानेशन अफ इम्पेटर्याण्ट म्याटर्समा भएका सामग्रीबारे सन्तुष्ट भएपछि खरिदसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । त्यसमा विक्रेतासँग सम्झौता भएका सबै विवरण भएको सुनिश्चित गर्न पर्छ ।
कर सम्बन्धी कुरा
यदि वर्षको बीचमा खरिददारी गर्ने हो भने विक्रेताले स्थिर सम्पत्ति कर र शहरी योजना कर तिर्ने प्रतिबद्धता गरेको हुनुपर्छ । यदि उसले यस्तो गरेको छैन भने खरिद मूल्यमा सो रकम घटाउन सकिन्छ ।
स्टयाम्प वा सिल
कानूनी तरिकाले जापानी सम्झौतामा हस्ताक्षर गर्न त्यसमा जापानी अक्षरमा तपाइको नाम सिल वा स्टयाम्प भएको हुनुपर्छ । यससँगै स्थानीय वडा कार्यालयमा आफ्नो नाममा कानूनी रुपमा टाप हानिए (सिल रजिष्ट्रर भएको ) प्रमाण पनि पेश गर्नुपर्छ ।
अर्नेष्ट मनिको भुक्तानी तिर्ने
खरिदकर्ता विक्रेतासँग आवश्यक सम्झौताका लागि तयार हुन अर्नेष्ट मनि तिर्नुपर्छ ।
ऋणसम्बन्धी आवेदन पुरा गर्ने
ख्रिद सम्झौताको प्रकृया अगाडि बढ्दै गर्दा ऋण लिनेबारे आवेदन पनि पुरा गर्नुपर्छ । ऋण लिनेबारे औपचारिक प्रकृयामा केही समय लाग्न सक्छ । औसतमा यो ऋणसम्बन्धी आवेदन पुरा हुन दुई महीनाको समय लाग्छ ।
६.ऋणसम्बन्धी दस्तावेज पुरा गर्ने र सम्पत्तिको अन्तिम जाँच गर्ने
आवासीय र ऋणसम्बन्धी आवेदन पुरा भएपछि तपाइले जापानी भाषामा भएको दस्तावेजमा हस्ताक्षर गर्नुपर्छ । जापानमा ऋण सम्झौता र ऋणमाथिको धीतो एकै सम्झौता अनुरुप हुन्छ । यो समयमा भौतिक सम्पत्तिको अन्तिम जाँच पनि गर्न सकिन्छ । विक्रेतालाई खरिद रकम बुझाइसकेपछि ट्रान्ज्याक्शन रोक्न गाह«ो हुन्छ ।
७. ऋण प्रकृया अगाडि बढाउने, बाँकी खरिद रकम बुझाउने र स्वामित्व परिवर्तन सूचीकृत गराउने
नयाँ आवासको खरिद प्रकृया पुरा गर्न विक्रेता र ऋणदाताका प्रतिनिधिबीच एक औपचारिक बैठक हुन्छ । यसमा लिगल स्क्राइभिनरको पनि आवश्यता पर्छ । लिगल स्क्राइभिनरले कानूनी रुपमा विक्रेताबाट उमार्फत खरिदकर्ताको नाममा रेजिष्ट्रेशन ट्रान्सफर सूचीकृत गर्न पाउँछ ।
८.सम्पत्ति ट्रान्सफर
अन्त्यमा अब नयाँ घरतिर सर्ने समय हुन्छ । नयाँ घरमा सरेको एक वर्षपछि जापानमा कर दायर गर्नुपर्छ । यसो ग¥योे भने व्यक्तिगत करमा मोर्टगेज लोन घट्ने लाभ प्राप्त गर्न सकिन्छ ।