Sunday, October 24जापानबारे सबै कुरा

नेपालबाट जापानमा औषधी ल्याउनुपरेमा के छ नियम ?

यदि तपाइलाई सधैं जसो कुनै न कुनै औषधीको जरुरत पर्छ र त्यो तपाइ जहाँ गएपनि नभई हुँदैन भने जापान आउँदा त्यसरी व्यक्तिगत प्रयोजनका लागि औषधी ल्याउने केही नियमहरुबारे जान्न जरुरी छ । आफूले प्रयोग गर्नेे औषधी यहाँ ल्याउनु अघि सो नियमबारे जानकारी हासिल गर्नु अति आवश्यक छ ।

जापानको स्वास्थ्यसेवा प्रणाली

जापानको स्वास्थ्य सेवा प्रणाली अन्य देशको भन्दा राम्रो र विकसित छ । यद्यपि चिकित्सकको सल्लाह र सुझाव लिन जापानी भाषाको ज्ञान हुनुपर्ने भएकाले विदेशीहरुका लागि अलि समस्या हुनेगरेको छ । यद्यपि केही ठूला शहरमा भने केही अंग्रेजी जान्ने चिकित्सकहरु पनि हुन्छन् । सो बारे जानकारी यो लिंकमा क्लिक गरि पढ्न सक्नुहुन्छ । जापानमा रहेका धेरै साथीहरुले म्यासेजमा यस विषयको जानकारी सोधेकाले व्लगकै रुपमा लेख्ने जमर्को गरिएको हो । यहाँ दिइएका सबै जानकारीहरु इन्टरनेटमा प्राप्त सूचनाका आधारमा लेखिएको हो ।

जापानमा औषधी खरिद गर्न विदेशी प्रेस्क्रिप्शनले काम गर्दैन । अधिकांश फार्मेसीलाई विदेशी प्रेस्क्रिृप्शनबारे राम्रो जानकारी नहुन पनि सक्छ त्यसैले उनीहरुले त्यसको जापानी विकल्प दिन सक्छन् । यति मात्र नभई कुनै कुनै औषधी जापानमा खरिद विक्रीका लागि प्रतिबन्धित गरिएका पनि हुन सक्छन्, त्यसकारण यसबारे राम्रो जानकारी हासिल गर्नुपर्छ ।

जापानका औषधी पसलमा औषधी खरिद गर्न प्रेस्क्रिृप्शन चाहिन्छ नै भन्ने त छैन तर सहि डोजसहितको सहि औषधी पाउन भने गाह«ो हुन सक्छ ।

जापानमा कति औषधी ल्याउन सकिन्छ ?

विदेशबाट जापान आउनेहरुले एक महिनासम्मलाई पुग्ने औषधी ल्याउन सक्छन् । तर त्यसको प्रयोग जापानमा प्रतिबन्धित भएको भने हुनु हुँदैन । प्रतिबन्धित भए चाहिँ ल्याउन मिल्दैन । मेथामफेटामिनजस्ता औषधी जापानमा ल्याउन मनाही छ ।

त्यस्तै यदि मलम र कस्मेटिक जस्तो बाहिरि छालामा प्रयोगमा आवश्यक औषधी हो भने २४ ओटा सम्म ल्याउने पाइने प्रावधान छ । यदि त्यो आफैंले हाल्ने इन्जेक्शनको किट हो भने एउटा मात्रै ल्याउन पाइन्छ । परिमाणको मात्रा नाघेको खण्डमा ‘याक्कान स्योमेई’ प्रमाणपत्रका लागि आवेदन दिनुपर्छ । यो बढी औषधी ल्याउन पाइने अनुमति पत्र जस्तै हो । यो प्रमाणपत्रसँग चिकित्सकको प्रेस्क्रिृप्शन पनि बोक्नुपर्छ ।

प्रमाणपत्रका लागि आवेदन कसरी दिने ?

औषधी, कस्मेटिक्स र मेडिकल उपकरण जापानमा ल्याउनका लागि ‘याक्कान स्योमेई’ (薬監証明) को आवश्यकता पर्छ । यो औषधीको आयात प्रमाणपत्र हो जसले प्रतिबन्धित नभएका कुनै पनि प्रकारका औषधी भन्सारमा हुने झन्झट कम गर्दै जापान ल्याउने अनुमति दिन्छ । यात्रा गर्नु अघि नै यो प्रमाणपत्रका लागि आवेदन दिनुपर्छ र जापानमा भन्सारका अधिकारीहरुसमक्ष यो पेश गर्नु पर्छ । यो प्रकृयामा कम्तिमा पनि एक देखि दुई हप्ताको समय लाग्ने हुँदा अगाडि नै यसका तयारी गर्नुपर्छ । आफ्नो डकुमेण्टहरु आगमनस्थलमा खटिएका हेल्थ इन्स्पेक्टरलाई पठाएर आवेदन दिन सकिन्छ ।

आवेदन दिनका लागि आवश्यक डकुमेण्टहरु

१.औषधीको म्यानुफ्याक्चरिङ लगायतका कण्टेन्टस् डिटेल
२.औषधीको मात्रा लेखिएको र लाइसेन्स प्राप्त चिकित्सको हस्ताक्षर सहित उसको नाम र सम्पर्क ठेगाना भएको प्रेस्क्रिप्शन
३.आवेदन फर्म
४.आफ्नो उडानबारको जानकारी

भन्सारबाट स्विकृति पाउन सबै डकुमेण्टहरुको ओरिजिनल कपिको आवश्यक पर्छ । फोटोकपि र प्रिण्टआउट मात्रैले पुग्दैन । फोटोकपि भएपनि त्यसमा लेखिएका विवरण स्पष्ट हुनु पर्छ र आफूले बोकेका र डकुमेण्टमा भएक औषधीका नाम एउटै हुनुपर्छ । ठूलो परिमाणमा कन्टयाक्ट लेन्स ल्याउनका लागि पनि यो प्रमाणपत्रको आवश्यकता पर्छ । याक्यान स्योमेइका लागि आवेदन कसरी दिने भन्ने विषयमा थप जानकारीका लागि र फारम डाउनलोड गर्नका लागि  यो लिंकमा क्लिक गरि पिडिएफ डाउनलोड गर्न सक्नुहुनेछ । जानकारी अंग्रेजीमा छ । यस विषयमा थप जानकारी लिनका लागि जापानको श्रम स्वास्थ्य तथा कल्याण मन्त्रालयको वेवसाइटमा राखिएको यो सूचना पनि पढ्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *