जापान सरकारले टोकियो समेत १८ प्रिफेक्चरमा लगाएको अर्ध – आपतकाल मार्च २१ देखि हट्ने क्रममा छ । टोकियोमा अर्ध–आपतकाल हटेको यो २ महीनामा वहिलो पटक हुनेछ । तर संक्रमण बल्झिने सक्ने सम्भावनाबीच थप केही समय भने टोकियोबासीहरुले केही सतर्कता अपनाउनु पर्नेछ ।
टोकियोमा अर्ध–आपतकाल हट्नुको अर्थ निम्नानुसार हुनेछः
– व्यवसायहरुको सञ्चालन अवधि घटाउन भनिने छैन ।
– रेस्टुरेन्ट र बारहरुलाई पनि कोभिड सम्बन्धी सुरक्षा प्रोटोकल अपनाउन निश्चित समयमा रक्सी बेचबिखन गर्न भनिने छैन ।
– सुरक्षा उपाय अपनाएका भनेर प्रमाण पत्र नपाएका रेष्टुराँ र बारहरुले बिहान ११ देखि राति ९ बजेसम्म मात्रै रक्सी बेच्न पाउनेछन् ।
– सुरक्षा उपाय अपनाएका भनेर प्रमाण पत्र नपाएका रेष्टुराँ र बारहरुले हरेक टेबलमा चार जनासम्मको समुहलाई २ घन्टासम्म माात्रै राख्न पाउनेछन् ।
– मार्च २२ देखि अप्रिल २४ सम्म संक्रमण बल्झिन सक्ने सतर्कता अवधि हुनेछ ।
– यस अवधिमा मानिसहरुलाई हानामी पार्टीमा नजान अनुरोध गरिएको छ र भिडभाड सकेसम्म टार्न भनिएको छ ।
यस बाहेक पनि अर्ध–आपतकालमा अस्थायी रुपमा बन्द गरिएका महानगर सरकारका संग्राहलय जस्ता स्थानहरुलाई क्रमिक रुपमा खोल्न दिइनेछ । संक्रमण दर घटिरहेकोले जापान सरकारले पनि सीमापारबाट आउने दैनिक यात्रीको संख्या ७ हजारबाट बढाएर १० हजारमा पुर्याउने अपेक्षा गरिएको छ ।