Monday, May 17जापानबारे सबै कुरा

जापानमा उपचारका लागि भिसा लिने प्रकृया

पछिल्लो समय जापानमा मेडिकल पयर्टनको विस्तार भइरहेको छ । उन्नत औषधि उपचारका लागि यहाँ विदेशीहरु आउने क्रम बढेसँगै सरकारले सन् २०११ मा ‘मेडिकल स्टे भिसा’ ल्याएको थियो । यो व्यवस्थाले गर्दा भिसा नवीकरण नगरिकन लामो अवधि औषधिउपचारका लागि बस्न सजिलो भएको छ । मेडिकल स्टे भिसाले विविध रेञ्जका औषधि उपचार लिने अनुमति दिन्छ । यसमा मेडिकल इन्ष्टिच्यूटमा मात्र उपलब्ध मेडिकल उपचार मात्रै होइन मेडिकल चेक–अप, दन्त उपचार पनि गर्न मिल्छ । बिरामीलाई स्वास्थ्य संस्थाले निर्देशन दिएको छ भने स्पामा आरोग्यलाभ लिन पनि सकिन्छ । यो भिसाको अवधि ६ महिनासम्मको हुन्छ । यसको निर्धारण बिरामीको अवस्थाअनुसार गरिन्छ । ९० दिन भन्दा बढी बस्नु पर्छ भनेर बताइएको छ भने अस्पतालमा भर्ना हुनै पर्छ । यो भिसाको लागि आवेदन दिने प्रक्रिया भने ९० दिन बस्ने हो कि त्यो भन्दा धेरै त्यसमा भर पर्दछ । बिरामीको साथमा हेरचाह गर्ने अर्को व्यक्ति पनि आउन सक्छ । साथमा आउने व्यक्तिलाई पनि बिरामीले पाउने जस्तै भिसा दिइन्छ । साथमा आउने व्यक्ति आफन्तै हुनु पर्छ भन्ने छैन । तर अरु हो पनि तलबमा हेरचाह गर्ने व्यक्ति भएपनि हुन्छ ।

आइपर्न सक्ने समस्या

जापानमा औषधि उपचार गर्ने निर्णय गरेपछि तपाइले गर्नु पर्ने कुरा भनेको मेडिकल संयोजक वा ट्राभल एजेन्सीलाई सम्पर्क गर्ने हो । यसका लागि यो पृष्ठको पुछारमा भएको लिंक पेजमा जान सक्नु हुनेछ । तपाइ जापानमा रहँदा उनीहरुले तपाइको प्रत्याभूतिकर्ताको रुपमा काम गर्छन्, स्वास्थ्य संस्था चयन गर्छन् र तपाइका लागि अपोइन्टमेन्ट लिन्छन् । प्रत्याभूतिकर्ताका रुपमा उनीहरुलाई तपाइको वित्तीय हैसियत लगायत सबै जानारीहरु चाहिन्छ । मेडिकल भिसामा जाने व्यक्ति र उसको हेरचाहका लागि साथमा आउने व्यक्तिले जापानी राष्ट्रिय स्वास्थ्य बीमामा सहभागी हुन पाउँदैन ।

त्यसैले तपाई पूर्ण रुपमा बीमित हुनु हुन्छ, जापानमा रहँदा उपचार गर्न र तपाइको साथमा जाने व्यक्तिको सबै खर्च बेहोर्न आर्थिक रुपमा समक्ष हुनु हुुन्छ भन्ने यकिन उनीहरुले गर्नु पर्ने भएकोले पनि सबै जानकारी माग्छन् । तपाइको आर्थिक हैसियतमा कुनै समस्या छैन भन्ने यकिन भएपछि उनीहरुले उपयुक्त डाक्टर र अस्पताल खोज्ने प्रक्रिया थाल्छन् ।

मेडिकल स्टे भिसाका लागि कसरी र कहिले आवेदन दिने ?

प्रत्याभूतिकर्तामार्फत तपाइको औषधि उपचार गर्ने स्वास्थ्य संस्थाले तपाइलाई कस्तो उपचार चाहिन्छ? यसका लागि कति समय लाग्छ ? तपाइलाई अस्पतालमा भर्ना गर्नु पर्छ कि पर्दैन ? उपचारलाई विभिन्न खण्डमा विभाजित गर्नु पर्छ कि पर्दैन ? तपाइको अवस्थाअनुसार हेरचाह गर्न साथमा अरु कोही आउनु पर्छ कि पर्दैन ? भन्ने कुरा निर्धारण गरिन्छ ।

यसैको आधारमा तपाइले उपयुक्त प्रक्रियाको माध्यमबाट सही भिसाको लागि आवेदन दिन सक्नु हुनेछ ।

उपचारका लागि ९० दिन भन्दा कम लाग्ने स्थितिमा

तपाइको उपचार अवधि ९० दिनभन्दा कम छ वा कयौं हिस्सामा विभाजित छ तर ९० दिनभन्दा कम समय लाग्छ भने निम्न तयारी गर्नुहोस्ः

– पोट्रेट फोटोसहितको भिसा आवेदन फारम
– वैध पासपोर्ट
– तपाइको उपचार गर्न तयार स्वास्थ्य संस्थाले तपाइको उपचारको लागि बनाएका योजना र प्रत्याभूतिकर्ताले दिएको रिफ्रेन्ससहितको प्रमाणपत्र (यसका लागि आफ्नो प्रत्याभूतिकर्तालाई भन्नु होला ।)

– तपाइ आर्थिक रुपमा सक्षम हुनु हुन्छ भन्ने प्रमाणीत गर्ने कागजपत्र (जस्तैःनिक्षेप मौज्दातको प्रमाणपत्र, सरकारी संस्थाले जारी गरेको आय प्रमाणपत्र)

– पहिचान साबित गर्ने कागजपत्र (जस्तैः परिचयपत्र)

तपाइको उपचार विविध हिस्सामा विभाजित छ भने स्वास्थ्य उपचार योजना चाहिन्छ । यो तपाइको उपचारमा संलग्न हुने स्वास्थ्य संस्थाबाट प्रत्याभूतिकर्ताले प्राप्त गर्नेछन् ।

– तपाइको साथमा आउने कोही व्यक्ति छन् भने उसले माथिको पहिलो दोस्रो र पाँचौं बुलेटमा भनिएको कुराको तयारी गर्नु पर्छ ।

– तपाइको पासपोर्ट बाहेक पेश गर्नु भएको कुनै पनि दस्तावेज फिर्ता दिइदैंन ।

– तपाइले आवेदन दिनु भन्दा ३ महिना अघि जारी गरिएका कागजपत्र वा प्रमाणपत्र मात्रै प्रयोग गर्नुहोला ।

देशअनुसार यी कुरा आवश्यकता पर्न र नपर्न पनि सक्छ ।

तपाइले माथि बताइएका सबै दस्तावेज तयार पारिसकेपछि यिनीहरुको प्रतिलिपि तयार गर्नुहोस् । (जापानी दूतावासले केही प्रश्न गर्यो भने यी कागजपत्र पेश गर्नु पर्छ ।)

त्यसपछि जापानी दूतावास जानुहोस् र भिसाका लागि आवेदन दिनुहोस् ।

उपचारलाई ९० दिन भन्दा धेरै लाग्ने अवस्थामा

तपाइको उपचारको लागि जापानमा ९० दिनभन्दा धेरै अवधिसम्म अस्पतालमा भर्ना भएर बस्नु पर्नेछ भने थप एउटा प्रक्रिया चाल्नु पर्छ । जापानी दूतावास भिसाका लागि आवेदन दिँदा तपाइले माथि बताइएका सबै कागजपत्र तयार पार्नु पर्छ । यसको साथमा तपाइले अतिरिक्त अर्को कागजपत्र पनि चाहिन्छ, त्यो हो । ‘सर्टिफिकेट अफ एलिजिबिलिटी’ (सीओई) । यो काजगपत्रको अर्थ हु जापानमा बसोबास गर्न तपाइसँग उपयुक्त कारण छ भन्नेमा जापानको अध्यागमन कार्यालय सहमत छ भन्ने हो ।)

सीओईका लागि आवेदन दिने व्यक्ति जापानमा रहेको तपाइको कोही आफन्त वा तपाइको उपचार गर्न लागेको स्वास्थ्य संस्था जो पनि हुन सक्छ । राष्ट्रिय लाइसेन्स भएको आप्रवासी वकिल (ग्योसेइशोशी)ले पनि तपाइको तर्फबाट आवेदन दिन सक्छ ।

धेरैजसो स्थितिमा तपाइको स्वास्थ्य संस्थाले नै तपाइको लागि सबै व्यवस्था गरिदिन्छ । तर जापानमा तपाइको कोही आफन्त छन् भने चाँहि यसका लागि निम्न कागजपत्र आवश्यक हुन्छः

बिरामीका लागि

– सीओईको लागि आवेदन फारम
– पासपोर्टको प्रतिलिपि
– ४ बाई ३ सेमीको पोट्रेइट फोटो

– ३९२ येनको टिकट टाँसिएको रिटर्न–मेल खाम
– औषधि उपचार गर्ने स्वास्थ्य संस्थाबाट प्राप्त चिट्ठी (संस्थाले सरकारले तोकेको ढाँचाको प्रयोग गर्नु पर्नेछ ।)

– तपाइको आर्थिक हैसियत सबल छ भन्ने प्रमाणीत गर्ने कागजपत्र (जस्तैः तपाइको उपचार गर्ने स्वास्थ्य संस्था र प्रत्याभूतिकर्तालाई तिर्नु पर्ने शुल्क बुझाइ सक्नु भएको छ भन्ने देखाउने रसिद र निक्षेप बासलात देखाउने प्रमाण पत्र)

तपाइ बसोबास गर्दा गर्ने गतिविधि देखाउने प्रमाणपत्र

– समग्र योजना (जापान आएदेखि तपाइ फर्कनेबेलासम्मको सबै
(जस्तैः अस्पतालमा भर्ना हुनु अघि र डिस्चार्ज भएपनि केही दिन तपाइ होटलमा बस्नु हुन्छ भने होटलको विवरण पनि दिनुहोला ।)
– स्वास्थ्य संस्थाले तयार पारेका उपचार योजना
– स्वास्थ्य संस्थाको लिफलेट

साथमा आउने व्यक्तिको लागि

– सीओईको आवेदन फारम
– ४ बाई ३ सेमिको पोट्रेट फोटो
– ३९२ येनको टिकट टाँसिएको रिटर्न–मेल खाम
– तपाइको आर्थिक हैसियत सबल छ भन्ने प्रमाणीत गर्ने कागजपत्र (जस्तैः निक्षेप बासलात देखाउने प्रमाण पत्र)

– समग्र योजना, जापान आएदेखि तपाइ जाउञ्जेलसम्मको सबै
– बसाइ अवधिभर गर्ने गतिविधि र बिरामीसँगको सम्बन्ध
– बस्ने ठेगाना र सम्पर्क नम्बर

– शुल्क लाग्दैन
– आवेदन दिनुभन्दा ३ महीना अघि जारी गरिएका कागजपत्र वा प्रमाणपत्र प्रयोग गर्नुहोला ।

– तपाइले पेश गरेको कागजपत्र तपाइलाइ फिर्ता हुँदैन ।

यी सबै तयारी पूरा भइसकेपछि तपाइको आफन्त उनीहरु बस्ने क्षेत्र हेर्ने अध्यागमन कार्यालयमा जानु पर्छ र भिसाका लागि आवेदन दिनु पर्छ । तपाइले बुझाउनु भएको फारम र कागजपत्रमा केही समस्या छैन भने एक देखि डेढ महीना पछि प्रमाणपत्र दिइनेछ ।

प्रमाणपत्र आएपछि यसको साथै अन्य कागजपत्रको समेत प्रतिलिपि निकाल्नुहोस् । (जापानी दूतावासले केही प्रश्न गर्यो भने यी कागजपत्र पेश गर्नु पर्छ ।) त्यसपछि जापानी दूतावासमा जानुहोस् र भिसाका लागि आवेदन दिनुहोस् ।

यी सबै कागजपत्रको छानबिन गर्न १ देखि बढिमा २ हप्ता लाग्नसक्छ । सबै चिज ठिक छ भने तपाइको पासपोर्टमा भिसा लगाउन बोलाइनेछ ।

– पासपोर्ट बाहेक तपाइले पेश गरेको कुनै पनि कागजपत्र फिर्ता दिइनेछैन ।
– तपाईले सीओई पाउनु भयो भने पनि जापानी दूताबासले सबै कागजपत्र हेर्छ ।

उनीहरुलाई केही शंकास्पद लाग्यो र जापानमा बस्नु पर्ने कुनै कारण नभएको भेटे भने भिसा नदिन पनि सक्छ ।

(इमिग्रेशन ब्यूरो, भिसा नाभी जापान तथा अन्य वेवसाइटहरुमा प्रकाशित जानकारीका आधारमा तयार पारिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *