Sunday, December 4जापानबारे सबै कुरा

जापानमा तपाईले जान्नै पर्ने, ‘मेइसी नियम’

जापानमा कम्पनी स्थापित गर्नुभएको छ अथवा गर्ने योजनामा हुनुहुन्छ ? त्यसो त कुनै कम्पनीमा एक कर्मचारीको रुपमा काम गर्नुहुन्छ ? त्यसो हो भने तपाइँले आफ्नो विजनेश कार्ड (विजनेश कार्डलाई हामी ‘भिजिटिङ कार्ड’ भनेर पनि चिन्छौं , जापानमा यसलाई ‘मेइसी-名刺’ भनिन्छ । ) पक्कै बनाउनु भएको छ । बनाईनसक्नु भएको भए पनि तपाइँको लागि अति आवश्यक चिज हो । आकर्षक र आफ्नो परिचय झल्कने डिजाइनको विजनेश कार्ड बनाउन ढिला नगर्नुहोस् । जापानमा व्यवसाय अथवा कामको शिलशिलामा भेटनुहुने व्यक्तिहरुबीच आ–आफ्नो विस्तृत परिचय हुने गरी बनाइएको विजनेश कार्ड साटासाट गर्ने चलन छ । तपाइँको विजनेश कार्ड तपाइँको परिचय हो । तपाइँको विजनेश कार्डले तपाइँको परिचय दिन्छ, तपाइँको कामको परिचय दिन्छ अनि तपाइँको कम्पनीको परिचय दिन्छ । तपाइँ व्यवसाय प्रवर्धनको लागि मार्केटमा निस्कनुहुन्छ, विभिन्न क्षेत्रका थरीथरीका व्यक्तिहरुसँग भेटघाट हुन्छ अनि त्यही बेला तपाइँले आफ्नो विजनेश कार्ड साटासाट गर्नुहुन्छ । जापानमा यो अति नै पुरानो चलन हो र विजनेश कार्ड साटासाट गर्ने बेला पनि यसका आफ्नै अनुशासित नियमहरु छन् । आउनुहोस् आज यसै विषयमा छोटो चर्चा गरौं ।

✓ विजनेश कार्ड साटासाट गर्ने क्रममा तपाइँसंग भेटने व्यक्ति तपाइँभन्दा सिनियर छ भने तपाइँले पहिले कार्ड दिनुपर्ने हुन्छ ।
✓ यदि तपाइँ भन्दा सिनियरले अगाडि नै कार्ड झिकेर तपाइँलाई दियो भने तपाइँले ढिला भएकोमा माफ गर्नुहोस् भनेर तुरुन्तै तपाइँको कार्ड दिंदा राम्रो हुन्छ ।
✓ दुवै जनाले सँगै कार्ड निकालेर साटासाट गर्ने अवस्था आएको खण्डमा तपाइँभन्दा सिनियरले कार्ड लिइसकेपछि तपाइँले लिनुहोला ।
✓ पोजिसनको हिसावले तपाइँले भेटनुभएको व्यक्ति समानस्तरको हो भने तपाइँले दाहिने हातले कार्ड दिनुहोला अनि देव्रे हातले कार्ड लिनुहोला ।
✓ व्यवसायको लागि तपाइँ कुनै कम्पनीमा जाँदै हुनुहुन्छ भने पहिले उहाँहरुलाई कार्ड दिनुहोस् । तर याद गर्नुस् तपाइँ भन्दा तपाइँकोमा आउनुभएको पाहुनाहरुको स्तर माथि हुन्छ ।
✓ बसेर कहिल्यै पनि तपाइँले कार्ड साटासाट नगर्नुहोला ।
✓ कार्ड दिने बेलामा तपाइँले तपाइँको नाम, कम्पनीको नाम र पोजिसन स्पष्ट भन्नुहोला ।
✓ बसिराख्नु भएको हुनुुहुुन्छ भने पनि तपाइँ कार्ड साटासाट गर्ने बेलामा अनिवार्य उठ्नुभयो भने असल सभ्यताको परिचय हुनेछ ।
✓ कार्ड दिने बेलामा पाउने व्यक्तिले पढ्न सक्ने र मिल्ने गरी उक्त व्यक्तितिर फर्काएर दिनुहोला ।
✓ कार्ड दिंदा सीधै आँखा तथा अनुहार अगाडिसम्म लगेर नदिनुहोला ।
✓ सकेसम्म दुवै हातले दिनुहोस अनि दुवै हातले लिनुहोस् । तर अवस्था अनुसार त्यो सम्भव भएन भने एकै हातले लिनुुभयो र दिनुुभयो भने पनि फरक पर्दैन तर तपाइँले अनिवार्य 「宜しくお願い致します」 भन्नुहोस् ।

बिजनेश कार्डवारे यि कुरामा ख्याल राख्नुस्

✓ सकेसम्म तपाइँको कार्ड पकेटमा विजनेश कार्ड सकिएको पो छ कि भनेर बेलाबेलामा चेक गर्नुहोला । कसैसँग भेट्ने योजना बनाउँदै हुनुहुन्छ भने अनिवार्य चेक गर्नुहोला ।
✓ व्यवसायिक कार्ड व्यवसाय प्रवर्धनको लागि अति नै महत्वपूर्ण हुन्छन् । महत्वपूर्ण समयमा महत्वपूर्ण व्यक्तिहरुसँग साटासाट गरेको व्यवसायिक कार्ड सुरक्षित तरिकाले राख्नुहोला । राख्ने बेलामा कोसँग कहिले र के कामको लागि भेट भएको थियो भनेर टिपोट गरेर राख्न सक्नुहुनेछ । आजभोलि कागजको कार्डहरुलाई स्टोर गर्नको लागि विभिन्न एप्लीहरु पनि बनेका छन् । ती एप्लीहरुको प्रयोग गरेर सँधै फोनमा राख्न सक्नुहुनेछ ।
✓ जापानमा व्यवसाय गर्दै हुनुहुन्छ भने जापानी नागरिकहरुसँग भेटघाट हुनसक्छ । जापानमा नै व्यवसाय तथा काम गर्ने विदेशी नागरिकहरुसँग भेट हुन सक्छ । त्यसैले कार्ड बनाउँदा तपाइँले दुवै भाषामा बनाउँदा राम्रो हुन्छ ।
✓ एकै पटकमा धेरै व्यक्तिसँग कार्ड साटासाट गर्दै हुनुहुन्छ भने अगाडि प्राप्त गर्नुभएको कार्डलाई तपाइँको कार्ड पकेटको तल राख्नुहोला । जसले गर्दा तपाइँको कार्डसँग मिसिने भन्ने हुँदैन ।
✓ कार्ड दिने बेलामा कहिल्यै पनि टेवलमा राखेर नदिनुहोला ।
✓ कार्ड दिने बेलामा कहिल्यै पनि टेवलमा राखेर नदिनुहोला ।कार्ड साटासाट गरेपछि तुरुन्तै पकेट तथा कार्ड पकेटमा नराख्नुहोला । कुराकानीको क्रममा टेवलमा नै राखेर कुरा गर्नुहोला । जव कुराकानी सकिएर अन्य काम अथवा तपाइँहरुको भेटघाटले अर्को वातावरण अथवा मोड लिन्छ अनि वल्ल थन्क्याउनुहोला ।
✓ कार्ड दिने बेलामा कहिल्यै पनि टेवलमा राखेर नदिनुहोला ।महत्वपूर्ण भेटघाट पश्चात अनिवार्य इमेलमा धन्यवाद पठाउनुहोला ।

विजनेश कार्ड आदनप्रदान हेर्दा सामान्य प्रक्रिया भएपनि जापानमा यसको नियम पालन गर्ने कामलाई निकै महत्व दिइन्छ । कुनैपनि व्यक्तिसंग पहिलोपटक भेट्दा तपाईको व्यक्तित्व झल्कने पहिलो काम नै ‘मेइसी आदनप्रदान’ भएकाले माथि उल्लेखित कुरामा ध्यान दिनुहोला है त । जानकारी उपयोगी लागेमा सेयर गरेर साथीहरुमाझ पुर्याउन पनि सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *