Sunday, June 13जापानबारे सबै कुरा

बिजुलीको बिलमा के–के लेखिएको हुन्छ ?

जापानमा बस्दा बिजुलीको बिल किन धेरै आउँछ र त्यसलाई घटाउन के गर्न सकिन्छ भन्ने बारेमा केही समय पहिलेनै हामीहरुले लेखिसकेकै छौं । त्यो जानकारी पढ्नुभएको छैन भने यहाँ क्लिक गरि पढ्न सक्नुहुन्छ । जापानमा खानेपानी, विजुली, मोवाइल आदिको बिल धरमै आउँछ र तिर्न पनि सजिलो छ । यहाँ रहेका कन्भिनियन्स स्टोरहरुमा लगेर बिल र पैसा दियो भने सजिलै भुक्तानी गर्न सकिन्छ तर सबै कुरा जापानी भाषामा लेखिएको हुने हुँदा आएको बिलमा लेखिएका कुरा भने के–के हुन् र के वापत कति पैसा लागिरहेको छ भन्ने सबैलाई थाहा नहुन पनि सक्छ । आजको पोष्टमा हामी त्यही विषयमा चर्चा गर्दैछौं । धेरै नेपालीहरुको बाहुल्यता रहेको जापानको टोकियो सहित कान्तो क्षेत्रका धेरै स्थानहरुमा बिद्युत सेवा दिंदै आइरहेको तेप्को कम्पनीले जारि गर्ने विलमा के–के विवरणहरु लेखिएको हुन्छ त भन्ने विषयमा चर्चा गर्दैछौं । यो जानकारीले विजुलीको विलबारे केही महत्वपूर्ण कुरा बुझ्न अवश्य पनि सहयोग गर्नेछ ।

तलको बिल हेर्नुहोस् र बक्समा दिइएका नम्बर अनुसारको जानकारी हेर्नुस् है त ।

बक्स १ः नाम

यसमा तपाइको नाम र ठेगाना उल्लेख हुन्छ ।

बक्स २ः प्रयोग

यसमा प्रयोग अवधिबारे सूचना उल्लेख हुन्छ । उदाहरणका लागि २०१२ डिसेम्बरको विल २५…१२…

बक्स ३ः परिमाण

यसमा विलिङ अवधिमा प्रयोग भएको विजुलीको परिमाणबारे जानकारी हुन्छ ।

बक्स ४ः तिर्ने रकम

यसमा तपाइले तिर्नपर्ने रकमबारे जानकारी हुन्छ । यदि तपाइले तिर्न पर्ने रकम एक हजार येनभन्दा कम छ भने विल अर्को महिनाको बिलमा गाभिन्छ । यदि तपाइले सो महिनामा कत्ति पनि विजुली प्रयोग गर्नु भएको छैन भने बेसिक फिको आधा मात्रै तिरे पुग्छ ।

बक्स ५ः कन्ट्रयाक्ट सम्बन्धी जानकारी

यसमा तपाइको कन्ट्रयाक्ट सम्बन्धी जानकारी हुन्छ । तेप्कोको बेसिक फि र प्रयोगको सीमा तोकिएका विभिन्न प्रकारका कन्ट्रयाक्ट उपलब्ध गराउँछ ।

बक्स ६ः इलेक्ट्रिक मिटर

यसमा तपाइको इलेक्ट्रिक मिटरबारे विस्तृत जानकारी हुन्छ ।

बक्स ७ : गत वर्षको प्रयोग

यदि तपाइले विगत एक वर्षको अवधिमा तेप्को प्रयोग गरेको हो भने यसमा गत वर्ष र अहिलेको विजुली प्रयोगको तुलनात्मक जानकारी दिइएको हुन्छ ।

जस्तै : 昨年5月分は33日間で 46kWhです。今月分は1日あたり34%減少しています。 अर्थात गर्त बर्षको मे महिनामा ३३ दिनभित्र ४६ किलोवाट प्रयोग गर्नुभयो, यो बर्षको मे महिनामा गतवर्षको मे महिनाभन्दा प्रतिदिन ३४ प्रतिशत कम प्रयोग गर्नुभयो ।

बक्स ८ः इन्धन लागत

यसमा इनधन लागत कसरी समायोजन गरिएको छ भन्नेबारे जानकारी हुन्छ ।

बक्स ९ः म्याद सकिने मिति

यसमा तपाइको विल तिर्ने म्यादको मिति हुन्छ ।

बक्स १०ः उपभोक्ता नम्बर

यसमा उपभोक्ता नम्बर( お客様番号) हुन्छ । यदि तपाइसँग अटोमेटिक बैङ्क ट्रान्सफर छैन भने दायातर्फको स्लिपले विल तिर्ने म्याद र विल तिर्ने महिना लगायतका जानकारी दोहोर्याउँछ । तपाइले बिल तिरेपछि स्टोर, बैङ्क वा हुलाक कार्यालयमा भएका क्लर्कले यो भागमा छाप लगाइदिन्छन् ।

अटोमेटिक बैङ्क ट्रान्सफर गर्दा चाहिँ केही छूट पाउन पनि सकिन्छ । थप जानकारीका लागि तेप्कोको वेवसाइटमा हेर्न सकिन्छ । वेवसाइट जापानी भाषामा छ ।

जापानको अन्य भागमा बस्नेहरुका लागि पनि बिजुलीको बिलमा लेखिएर आउने कुराहरु माथि उल्लेख भएअनुरुपकै हुन् । बिल जारी गर्ने कम्पनी अनुसार लेखिने ठाउँ भने फरक पर्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *