Saturday, August 13जापानबारे सबै कुरा

किन विवाह गर्दैनन् जापानीहरु ?

जापानमा अविवाहितको संख्या उच्च छ । सरकारी तथ्यांकअनसार २० देखि ४९ वर्ष उमेरका करीब एक चौथाई मानिसहरु एकल छन् । यो उमेरका मानिसहरुले प्रायः विवाह गर्ने इच्छा त राख्छन् । तर पुरातन सामाजिक धारणा र बढ्दो आर्थिक् दबाबका कारण विवाह बन्धनलाई झन झन कठिन बनाइरहेको छ । विवाहको उमेरसम्मै अभिभावकसँग बसिरहेकाहरुलाई तत्कालै जीवनसाथी खोज्ने दबाब अलि कम हुने टोकियोस्थित चुओ विश्वविद्यालयमा समाजशास्त्रका प्रध्यापक मासाहिरो यामादाले भने । ‘आफ्ना शर्तहरु पूरा नगर्ने कसैसँग सम्बन्धमा रहनुलाई उनीहरु समयको वर्वादी ठान्छन्,’ उनले भने । अनि उनीहरु राम्रो विकल्पको लागि पर्खन पनि नसक्ने उनको भनाई छ । यस्ता मानिसहरुलाई उनले ‘परजीवित एकल’को संज्ञा दिएका छन् ।

श्रीमान वा श्रीमतिसँग दीर्घकालीन वित्तीय सुरक्षालाई महत्व दिइने भएपनि बुताले धान्न सक्ने घर खोज्न हुने कठिनाईका कारण उनीहरु आमा–बुबासँगै बस्न बढी प्रेरित हुने यामादाले भने । यसमा लाजलाई जित्ने लगाउत अन्य समस्याहरु पनि छ । ‘मेरो छोरा निकै राम्रो सेल्सम्यान हो, ग्राहकहरुसँग व्यवहार गर्न उ निकै खप्पिस छ तर महिलाको मामिलामा भने उ निकै हिच्किचाउँछ,’ आफ्नो ४६ वर्षिय छोराका लागि सुहाउँदो बेहुली खोज्न टोकियोमा आयोजित एक म्याचमेकिङ पार्टीमा आएका एकजना ७४ वर्षिय वृद्धाले भने । उनका छोरा काममा यति धेरै व्यस्त छन् कि आफ्ना लागि आफैं पत्नि खोज्ने फुर्सद पनि छैन । जापानमा विवाह दर घट्नुमा हाइपरगामी मुख्य कारक रहेको आइची प्रिफेक्चरस्थित चुक्यो विश्वविद्यालयमा सामाजसास्त्रका प्राध्यापक शिगेकी माचुुदाले भने ।

जापानी महिलाहरुले स्थिर रोजगारी भएको र आफूभन्दा उच्च शैक्षिक हैसियत भएका पुरुष खोज्ने गरेको गरेको उनी बताउँछन् । महिलाहरुले आफूभन्दा थोरै आय भएको पुरुषसँग विवाह गर्ने अवधारणालाई स्वीकार नगरेसम्म अविवाहित पुरुष र महिलाको उच्च अनुपात परिवर्तन नहुने यामादा बताउँछन् । धेरै जसो उता, कयौं पुरुषहरुले कार्यस्थलै भावी श्रीमति भेट्टाउँछन् । तर जागिर धेरै नै अस्थीर हुने भएकोले उनीहरुबीच विवाह हुने सम्भावना भने कम हुन्छ । दोस्रो विश्व यु द्धपछिको दशकहरुमा जापानले कामदारमार्फत आफ्नो अर्थतन्त्र पुनःनिर्माण गरेको हो । तर पछिल्लो समय यो प्रवृत्तिमा तीव्र गतिमा परिवर्तन आइरहेको छ र रोजगारीको सुरक्षा घट्तै गइरहेको छ । सन् १९९०को दशकको शुरु देखि अस्थायी र करारका कर्मचारीहरुको अनुपात करीब १५ प्रतिशतले बढेर ४० प्रतिशतभन्दा अलि तलल आएको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ ।

‘न्यून स्तरको आय अनि अस्थीर जागिरको संख्यामा भएको वृद्धि अनि कुनै पनि बेला जागिरबाट निकालिने भय आदिले गर्दा मानिसहरुले विवाह र परिवारको योजना बनाउनेबारे सोच्न सकिरहेका छैनन्,’ कर्मचारी संगठनमा करारमा काम गर्ने कर्मचारीहरुको प्रतिनिधित्व गर्ने शुचिरो सेकिनेले भने । यी कर्मचारीहरुले जीवनसाथी भेट्टाउने आशा भएपनि न्यून रोजगारी सु रक्षा र आयका कारण पती वा पत्नी फेला पार्ने सम्भावना कम छ । सन् २०१७ मा ३० देखि ३४ उमेर समूहका १० मध्ये ६ जना तलबभोगी मात्रै विवाहित रहेको २०१९ मा सरकारले जारी गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

सोही उमेर समूहमा करारमा काम गर्ने २२ प्रतिशत पुरुष मात्रै विवाहित भएको सो प्रतिवेदनले देखाएको छ । श्रीमान खोज्ने अनि आमाबाट टाढा जाने हिम्मत नभएको सो म्याचमेकिङ पार्टीमा आएकी एक ३८ वर्षिय महिलाले नाम उल्लेख नगर्ने शर्तमा बताइन् । ‘कुनै पुरुषलाई भेट्ने खासै धेरै अवसर पाइन्’ कार्यस्थलमा समेत धेरै जना पुरुष नभएको तर्फ औंल्याउँदै ति महिलाले भनिन् ।

(जापानटाइम्सका लागि क्योउको हासेगावाले लेखेको लेखको भावानुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *