Monday, May 16जापानबारे सबै कुरा

जापानमा आइफोन मर्मत कसरी गर्ने?

यदि तपाइको आइफोन विग्रियो भने एप्पलको आधिकारीक मर्मत केन्द्र एप्पल स्टोरमा आइफोन बनाउन सक्नुहुन्छ । त्यति मात्र नभएर अन्य रिपेयर शपहरुमा समेत गएर फोन बनाउन सकिन्छ । अन्त कता कता बनाउन सकिन्छ त ? आजको लेखमा आइफोन मर्मत पसलका फाइदा र बेफाइदाका बारेमा केही जानकारी दिने प्रयास गरिएको छ । साथै केही जापानी शब्दका बारमा पनि बताउने प्रयास गर्नेछौं ।

एप्पलको आधिकारीक सेवा प्रदायको फाइदा

सक्कली पूर्जाको प्रयोग

पुराना पूर्जा बदल्न नयाँ एप्पलको उत्पादकले बनाएका नयाँ पूर्जाको प्रयोग गरिन्छ । यसले गर्दा मर्मत गरेपछि तपाइको फोन नयाँ जस्तै देखिन्छ ।

वारेण्टी कभरेजसँगै न्यून मर्मत खर्च

एप्पलकेयर र वारेण्टी कभरेज मिलेपछि तपाइले निःशुल्क ब्याट्री परिवर्तन, ३ हजार ४ सय येनमा स्क्रिन बनाउन र ११ हजार ८ सय येनमा दुइपटकसम्म अन्य प्रकारका मर्मतहरु गर्न सक्नुहुन्छ ।

बेफाइदा

लामो समय पर्खिनुपर्ने

तपाइको फोन बनेर तपाइमाझ आइपुग्न केही समय लाग्न सक्छ । मर्मत स्टोरमा फोन बनाउँन ल्याउँदा फोनको सम्पूर्ण मर्मतमा ५ दिनको समय लाग्न सक्छ । यदि तपाइले फोन पोष्टमार्फत पठाउन भन्नुभयो भने त झन् यसमा १० दिन पनि लाग्न सक्छ ।

डाटाहरु इनिसियलाइज्ड हुन सक्छन्

स्टोरमा तपाइको फोन इनिसियलाइज्ड हुन्छ । स्टोरमा दिनुभन्दा अघि नै यदि तपाइले फोनमा आफ्नो डाटा ब्याकअप राख्न सक्नुभन भने तपाइले सम्पूर्ण डाटा गुमाउन सक्नुहुन्छ ।

वारेण्टी कभरेजविना मर्मत खर्च धेरै पर्छ

यदि तपाइको आइफोन एप्पलकेयर र वारेण्टीभित्र पर्दैन वा यदि त्यसको प्रयोग दुइपटक भइसकेको छ भने मर्मतमा धेरै पैसा लाग्न सक्छ । उदाहरणका लागि आइफोन मोडल एक्स एसको स्क्रिन मर्मत गर्दा वारेण्टी छैन भने ३१ हजार ८ सय येन पर्छ र अन्य प्रकारका मर्मतमा ६२ हजार ४ सय येन खर्च लाग्छ ।

टोकियोमा एप्पलका आधिकारीक सेवा प्रदायक कहाँ छन्?

एप्पल सिन्जुकु

एप्पल गिन्जा

एप्पल ओमोतेस्याण्डो

एप्पल सिबुया

यसका साथै जापानका अन्य सहरहरुमा पनि एप्पल केयर सेन्टरहरु छन् ।

निजी आइफोन मर्मत पसलका फाइदा

छिटो मर्मत

निजी मर्मत पसलमा छिटो सेवा पाइन्छ । पानीले पुर्याएको क्षतिबाहेक स्क्रिन परिर्वतन जस्ता अन्य मर्मतमा औसत ३० मिनेटको समय लाग्छ । मर्मत गरेकै दिनमा तपाइले फोन पाउन सक्नुहुन्छ ।

फोन इनिसियलाइज गर्न आवश्यक छैन

एप्पलको आधिकारीक मर्मत सेवा प्रदायककहाँ फोन पठाउँदा आफ्नो फोनमा भएका डाटा ब्याकअप गरेर मात्रै पठाउन पर्छ । तर निजी मर्मत पसलमा जाँदा भने यसो गरिराख्न पर्दैन ।

केही स्टोरमा सस्तो मूल्यमा मर्मत गरिन्छ

केही निजी स्टोरमा सस्तो भाउमा पनि आइफोनको मर्मत सम्भार गरिन्छ ।

बेफाइदा

अनधिकृत पार्ट पूर्जाको प्रयोग हुन सक्छ

तपाइको विग्रिएको पूर्जा परिवर्तनल गर्दा एप्पलको आधिकारीक उत्पादकले नबनाएको पुर्जाहरु जडान हुन सक्ने सम्भावना छ । परिणामस्वरुप, ममर्तको मापदण्ड र गुणस्तरमा फरक पर्न सक्छ ।

भविष्यमा फोन आधिकारीक सेवा प्रदायकले अस्विकार गर्न सक्छ

यदि तपाइको फोन पुनः विग्रिएमा त्यसलाई एप्पलको आधिकारीक मर्मत स्टोरमा बनाउन सकिँदैन । निजी आइफोन मर्मत पसलमा फोन बनाउनु भनेको अनधिकृत मोडिफिकेशन गर्नु हो ।

सबै मोडल सहि हुँदैनन्

केही निजी पसलहरुले अस्थायि रुपमा केही नयाँ आइफोन मोडलको मर्मत गर्न सक्दैनन् । पसलले तपाइसँग भएको मोडल मर्मत गर्छ कि गर्दैन भन्ने कुराको यकिन गर्न आवश्यक छ । केही निजी आइफोन मर्मत स्टोर चेनमा अंग्रेजी भाषाको प्रयोग पनि गर्न सकिन्छ ।

मर्मत पसलमा जानु अघि जान्नैपर्ने जापानी शब्द र शब्दाबली

सामान्य समस्याका लागि जापानी नाम

तलका शब्दावलीहरुले तपाई आफ्नो फोनमा आएको समस्या के हो भनेर बुझाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ ।

आशा छ यो लेखले तपाइलाई फोन मर्मत गर्न केही सहयोग पक्कै गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *