Monday, May 16जापानबारे सबै कुरा

जापानी जीवनशैलीबाट सिक्न सकिने स्वास्थ्य र सौन्दर्य टिप्स

जापानमा रहँदा स्वस्थ रहन के गर्ने भन्ने विषयमा यसअघिका लेखहरुमा पनि धेरै जानकारी लेखिसकिएको छ । आजको लेखमा जापानी जीवनशैली र यसबाट सिक्न सकिने राम्रा पक्षहरुबारे थप केही जानकारी दिने तयारी गरिएको छ ।

खानेकुरा

जापानी खानेकुरा स्वादिष्ट र स्वास्थ्यबद्र्धक हुन्छ । यसमा माछा, सिविड्स, तरकारी , उसिनेको चामल र फ्याटको मात्रा एकदमै थोरै हुने नूडलस पर्छन् । साथै मिसो सुप पनि यसमा समावेश हुन्छ । उनीहरुको खाना प्राय ग्रिन टि र ताजा फलफुलमा गएर अन्त्य हुन्छ । उनीहरु रातो मासुको सट्टा माछा खान मन पराउँछन् । यसले मुटुरोग र केही प्रकारका क्यान्सर लाग्नबाट बचाउँछ । सिविडमा प्रचुर मात्रामा प्रोटिन, पोटासियम र आयोडिनको मात्रा हुन्छ । साथै यसमा अन्य पोषक तत्व पनि धेरै मात्रामा पाइन्छ । यसले स्तन क्यान्सरको जो खिमलाई न्युनिकरण गर्छ । सिविड सुप, सुसि र सलादमा मिसाएर खाइन्छ । जापानमा ताजा हरियो तरकारीको प्रयोग पनि धेरै गरिन्छ । जापानी परिकारमा फर्मेण्टेड खानेकुराको प्रयोग बढी हुने गरेको छ । यसले पाचन प्रणाली र रोगसँग लड्ने क्षमता बढाउने विश्वास गरिन्छ । जापानहरु धेरै मात्रामा ग्रिन टीको सेवन गर्छन् । यसले मुटु तथा गम्भीर रोगसँग लड्न सहयोग गर्छ । जापानीहरु फुलफुल पनि धेरै खान्छन् । उनीहरु गुलिया खानेकुराको सट्टा फलफुलको प्रयोग बढी गर्छन् । यसैकारण जापानीहरु बढी पातला हुन्छन् ।

आरामको समय

कठिन परिश्रम गर्नेहरुका रुपमा जापानीहरु परिचित भएपनि उनीहरुलाई कहिले र कसरी आराम गर्ने भन्ने कुराको राम्रो ज्ञान छ । उनीहरु रमाइलो गर्न प्राय काराओके जान्छन् । जापानमा जतासुकै पनि काराओके देख्न सकिन्छ र जापानीहरु प्राय यहाँ समय व्यतित गर्न चाहिरहेका हुन्छन् । यसका साथै जापानमा थुपै्र सुन्दर बगैंचाहरु पनि छन् । यहाँ व्यायाम गरेर समय बिताउनेको संख्यामा पनि कुनै कमी छैन । सेन्तो वा ओनसेनमा गएर पनि जापानीहरु आराम गरिरहेका हुन्छन् । आफूलाई रोग लाग्न नदिने यो पनि एउटा राम्रो तरिका हो । यसले छाला सम्बन्धी रोगको उपचारमा पनि सहयोग गर्छ । उक्त रक्तचापका विरामीलाई पनि यो फाइदाजनक हुन्छ । जापानी टेलिभजिन सो, गेम शो र म्युजिक भिडियो हेरेर पनि आफूलाई तनावमुक्त राख्न सकिन्छ । यसले मानसिक स्वास्थ्यमा सकारात्मक असर गर्छ ।

छालाको सुरक्षा

जापानीहरु आफ्नो छालाको निकै हेरचाह गर्छन् । उनीहरु सकेसम्म छालालाई घामको विकिरणबाट जोगाउन सनस्क्रिम, पञ्जा, चस्मा र ह्याटको प्रयोग गर्छन् । रक्त सञ्चार सुरुचारु गर्न उनीहरु नियमित मसाज पनि गर्छन् । अनुहारमा तेल र लोशन लगाउनु उनीहरुको दैनिक जीवनको एक हिस्सा हो । दिउँसोभरीको फो होर अनुहारबाट पखाल्न उनीहरु नरम वाइपको प्रयोग गर्छन् । जापानीहरुका लागि छालाको सुर क्षाको निकै महत्व भएकाले उनीहरु यसलाई समय दिएर हेरचाह गर्छन् । उनीहरुको दैनिक सौन्दर्य रुटिनमा क्लिन्जिङ् देखि टोनिङ, विभिन्न सेरम, क्रिम र मोइष्टचाइजरको प्रयोगसम्म गरेर ८ देखि ११ चरण समावेश हुन्छ । छालासम्बन्धी जापानी उत्पादनहरु सिविड, चामल, च्याउ र ग्रिन टीजस्ता भान्सामा प्रयोग हुने सामग्रीबाट तयार गरिएको हुन्छ ।

व्यायाम

जापानमा वृद्ध र युवा सबैको बिहानको दैनिकी व्यायामबाट शुरु हुन्छ । सन् १९२८ मा जापानी सिपाहीहरुको स्वास्थ्य सुधार्न राजियो ताइसोउ वा रेडियो व्यायामको शुरुआत गरिएको थियो । यसमा रेडियोको माध्यमबाट थुुपै्र्र मानिसलाई व्यायाम गर्न सघाइन्थ्यो । यो व्यायाम कसरी गर्ने भनेर अनलाइनमा खोज्दा पनि त्यसबारे थाहा पाउन सकिन्छ । स्कूल वा काममा व्यस्त हुनुहुन्छ भनेपनि ५ देखि १० मिनेटमा सकिने व्यायाम गर्न सक्नुहुन्छ । छोटो समयमा सकिने व्यायाम दिनमा दुइपटक गर्न सकिन्छ । जापानमा थुपै्र प्रकारका व्यायाम गरिन्छ र आफूलाई सहज र समयमा गर्न सकिने व्यायाम छानेर गर्न सकिन्छ । यसले फिट राख्नुका साथै चुस्त र स्फूर्त पनि बनाउँछ । त्यसैले जापानी जीवनशैलीमा व्यायामको महत्व निकै छ ।

सर-सफाइ

सर-सफाइ कायम गर्न घरायशी कामहरु गर्न युवाहरुलाई स्कूलमा र घरमा सिकाइन्छ । घरभित्र प्रवेश गर्नुअघि जुत्ता फुकाल्ने र भित्र लगाउने चप्पल लगाएर घरमा प्रवेश गर्नुपर्छ । यसले जमिन र म्याटहरु सफा राख्न सहयोग गर्छ । बाथरुममा पनि छुट्टै चप्पलको प्रयोग गरिन्छ । तातामी म्याट भएको कोठामा प्रवेश गर्दा चाहिँ चप्पल फुकाल्नुपर्छ । कुकुर मनपर्नेहरुले सानो कुकुरलाई घरभित्र राखे पनि ठूला कुकुरलाई भने बाहिर राखिन्छ । जापानमा रिसाइक्लिङ्लाई पनि निकै प्रभावकारी रुपमा लिइन्छ । जापानीहरु फोहोर संकलनका मामिलामा सरकारी नियमलाई निकै कडा तरिकाले पालना गर्छन् । सर-सफाइले पनि जापानी स्वस्थ्य जीवनमा ठूलो योगदान दिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *