Monday, September 26जापानबारे सबै कुरा

के हो फुरुसातो नोजेई ?

जापानमा फुरुसातो नोजाई अर्थात् गृहनगर कर प्रणाली प्रयोगमा छ । यसमा तपाईले स्थानीय सरकारहरु अर्थात् प्रिफेक्चर, नगर शहर वा गाँउलाई दान दिन सक्नु हुन्छ । यस प्रणालीमा तपाईले आफूले तिरेको कर सार्वजनिक गर्नु भयो भने यसमध्ये केही रकम तपाईको आय कर र आवास करबाट घटाइनेछ । केही नगरपालिकाहरुले भने तपाईले दान दिएको रकम कसरी प्रयोग गर्ने भनेर विकल्प रोज्ने अनुमति दिएका छन् अनि यसको बदलामा केही उपहार पनि दिने गरेका छन् । यसमा विशेष खालको स्थानीय सामाान, बसोबास भौचर र अनुभव बटुल्ने अवसर आदि पाउन सकिन्छ । यो विशेषगरी जापानमा बसिरहेका विदेशीका लागि यहाँका विविध क्षेत्रबारे जानकारी बटुल्ने राम्रो अवसर हुन सक्छ । आजको यस लेखमा हामीहरुले फुरुसातो नोजेईबारे कुराकानी गर्न गइरहेका छौं ।

के हो फुरुसातो नोजेई ?

जापानी भाषामा फुरुसातो भनेको कुनै व्यक्ति जन्मिएको वा हुर्किएको वा परिचित स्थान हो । त्यसैले फुरुसातो नोजेई भन्दा आफ्नो गृहनगरको स्थानीय सरकारलाई कर तिर्ने प्रणाली भनेर गलत तवरले बुझ्ने सम्भावना पनि छ । तर यसको अर्थ आफ्नो गृहनगरलाई मात्रै नभएर जापानभर रहेका स्थानीय सरकारहरुलाई दान दिने भन्ने हुन्छ । तपाई जापानमा काम गर्नु हुन्छ भने आफू बसेको ठाउँको स्थानीय सरकारकहाँ कर त बुझाउनु हुन्छ । शहरी क्षेत्रमा भएका स्थानीय सरकारको कर राजस्व उच्च हुन्छ भने ग्रामीण क्षेत्रमा कम । तर यस संयन्त्रमार्फत आफूले टेवा दिन चाहेको क्षेत्रलाई दान दिन सकिन्छ ।

फाइदा

दानको बदलामा सामान

फुरुसातो नोजेई लोकप्रिय हुनुको एउटा कारण केही नगरपालिकाहरुले दातालाई बदलामा उपहार दिनु पनि हो । दाताले दिएको दानका आधारमा उसले बदलामा पाउन सक्ने केही सामानहरुको सूचि हेर्न पाइने केही पोर्टल साइट पनि छन् । यसरी मासु, सि फूड, अन्डा, चामल, पाउरोटी, तरकारी, फलफूल, कन्फेक्सनरी, पेय पदार्थ, रक्सी, हस्तकलाका सामान, विद्युतीय सामान, यात्रा टिकट, सम्मान पत्र आदि उपहारका रुपमा पाउन सकिन्छ ।

कर फिर्ता/कटौती

दान दिइएको रकम २ हजार येनभन्दा धेरै भयो भने यसलाई उक्त वर्षको आय करमा फिर्ता दिइन्छ वा आगामी वर्षको आवास करबाट घटाइन्छ । तर यस्तो कटौतीमा सीमा छन् । यो सीमा विविध अवस्थामा निर्भर छ ।

क्षेत्रको चयन र यस प्रणालीको प्रयोग

आफूले कुन क्षेत्रमा दान दिन चाहेको हो अनि आफूले दिएको दान कसरी प्रयोग गर्ने भनेर पनि रोज्न सकिन्छ । जस्तैः भुँइचालो र ताइफुबाट प्रभावित क्षेत्रको पनुःनिर्माणमा टेवा, शिक्षा र कल्याण प्रणालीमा सुधार, शहरको निर्माण र वातावरणीय संरक्षण आदि ।

बेफाइदा

यसले कर बचत वा कटौतीमा मद्दत मिल्दैन

फुरुसातो नोजेई योजना प्रयोग गरेकै भरमा कर बापत तिर्नु पर्ने रकम बचत गर्न वा कटौती गर्न मद्दत मिल्दैन । यो दान दिइएको रकम आय कर वा आवास करबाट घटाउने प्रणालीभन्दा बढी केही होइन । तर स्थानीय सरकार अनुसार दान दिइएको रकमको ३० प्रतिशतसम्मको सामान फिर्ता पाउन भने सम्भव छ । फुरुसातो नोजेई पोर्टल प्रयोग गर्दा केही प्वाइन्ट पाइन्छ । बदलामा सामान र प्वाइन्ट पाउन चाँहि यो राम्रो हो भनेर तपाइ सोच्न सक्नु हुन्छ ।

सीमा गणना गर्न जटिलता

दान दिएको रकम अनुसार कर कटौती गर्न सकिने रकममा सीमा पनि तोकिएको हुन्छ । यो सीमा नाघ्नेगरी धेरै रकम घटाइदैंन । आय र परिवारको संरचना अनुसार सीमा फरक हुन सक्छ । यो घर कर्जा र स्वास्थ्य उपचार खर्चमा कटौती आदिमा पनि भर पर्ने भएकोले यसको हिसाब गर्न कठिन छ । यसको शुद्ध रुपमा गणना गर्ने एक मात्रै तरिका भनेको दान दिएपछि आउने वर्षको जनवरी र फेब्रुअरीमा स्थानीय सरकारकहाँ गएर हेर्ने हो । माथिल्लो सीमा हेर्न आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारी वा फुरुसातो नोजेई पोर्टलमा रहेको सिमुलेशन फङ्शन पनि हेर्न सकिन्छ ।

झन्झटिलो प्रक्रिया

कर कटौतीका लागि आवेदन दिन करको विवरण बुझाउनु पर्छ । तर एक वर्षमा पाँच नगरपालिका वा प्रिफेक्चर भन्दा कममा दानका लागि शर्त पूरा गर्नु भएको छ र तपाई तलब खाने कर्मचारी हुनु हुन्छ अनि आय कर वा आवास करको विवरण बुझाउनका लागि आवेदन दिन जरुरी छैन भने ‘वन स्टप स्पेशल प्रणाली’को प्रयोग गर्न सक्नु हुन्छ । यसमा आवेदन दिन सजिलो पनि छ ।

वन स्टप स्पेशल प्रणाली

यसको आवेदन प्रक्रिया सरल छ । तर तपाईले दान दिएपछिको वर्षको जनवरी १० भित्रमा ‘वन स्टप स्पेशल प्रणाली’कै लागि आवेदन फारम अनि आफ्नो पहिचान खुल्ने कागजपत्रहरु बुझाउनु पर्नेछ । वन स्टप स्पेशल प्रणालीको लागि आवेदन फारम फुरुसातो नोजेई भुक्तानी पोर्टलमा पाइन्छ । यसबाट आवास करमा मात्रै कटौती मिल्छ ।

अन्तिम आय कर विवरण पेश

यो प्रक्रिया झन्झटिलो छ । तर यसबाट तपाईले आय कर र आवास करमा कटौतीको अवसर पाउनु हुनेछ । तपाईले दान दिएपछिको वर्षको फेब्रुअरी १६ देखि मार्च १० को बीचमा करसम्बन्धी विवरणहरु पेश गर्नु पर्नेछ र दानका लागि कटौतीको प्रमाणपत्र वा दान दिएको रसिदको प्रमाणपत्र पेश गर्नु पर्नेछ । दाताहरुको लागि कटौतीको प्रमाणपत्र राष्ट्रिय कर एजेन्सी आयुक्तले निर्दिष्ट गरिदिएको विशिष्टिकृत व्यवसायले मात्रै जारी गर्छ ।

फुरुसातो नोजेई प्रयोग गर्ने प्रक्रिया

१. कर कटौतीको उच्चतम् सीमाको अनुमान गर्नुहोस् ।

२. आफूले दान दिन चाहेको नगरपालिका रोज्नुहोस् (अनि बदलामा केही उपचार पनि पाइन्छ भने के लिने भनेर पनि सोच्नुहोस्) अनि आवेदन दिनुहोस् ।

३. बदलामा उपहार पाइन्छ भने त्यस्ता उपहार पनि लिनुहोस् ।

४. दानका लागि कटौतीको प्रमाणपत्र वा दान दिएको रसिदको प्रमाणपत्र लिनुहोस् ।

५. कटौतीको प्रक्रिया थाल्नुहोस् ।

फुरुसातो नोजेई पोर्टल साइटहरु

फुरुसातो नोजेई प्रयोग गर्दा फुरुसातो नोजेई पोर्टल प्रयोग गरेर कर तिर्न सजिलो हुन्छ । तर यस्ता हरेक साइटका फरक फरक विशेषता छन् । त्यसैले तपाईले आफूलाई सहज हुने साइट छान्न सक्नु हुन्छ ।

राकुटेन फुरुसातो नोजेई

यो राकुटेन मार्केटको प्रयोग गर्ने अनि प्वाइन्ट पाइने आशा गर्नेका लागि हो । यसमा तपाईले राकुटेन कार्ड प्रयोग गर्नु भयो भने ३० प्रतिशतसम्म प्वाइन्ट फिर्ता पाउनु हुनेछ ।

यो लिंक क्लिक गर्नुहोस् ।

फुरुनाबी

यो बारम्बार एमाजन प्रयोग गर्ने अनि बदलामा विद्युतीय उपकरण उपहार चाहनेका लागि राम्रो हुन्छ । तपाईको प्वाइन्टको १२ प्रतिशतसम्म फिर्ता हुनेछ यो दिएर एमाजन उपहार प्रमाणपत्र पाउन सकिन्छ ।

यो लिंक क्लिक गर्नुहोस् ।

फुरुसातो च्वाइस

यो चाँहि धेरै विकल्पहरुबाट छान्न चाहनेका लागि हो । यो निकै पहिले स्थापित भएको साइट हो । यसले समेटेको नगरपालिका र बदलामा पाइने सामानको हिसाबले यो सबैभन्दा ठूलोमध्ये एक हो ।

यो लिंक क्लिक गर्नुहोस् ।

सातोफुरु

यो आफूले बदलामा पाउने सामान सकेसम्म छिटै मिलोस् भन्ने अपेक्षा गर्नेका लागि उत्तम हुन्छ । यसमा उपहारमा विविधता छ अनि निकै ठूलो परिमाणमा पनि उपहार पाइन्छ ।

यो लिंक क्लिक गर्नुहोस् ।

सारांश

फुरुसातो नोजेई दान हरेक वर्ष जनवरी १ देखि ३१ को बीचमा गरिन्छ । यसलाई त्यसपछि आउने वर्षमा समावेश गरिन्छ । जस्तैः डिसेम्बर ३१ मा २३ः५९ मा दिएको दानलाई सोही वर्षको मानिनेछ । जनवरीमा ०ः०० मा दिइएको दान चााहि आगामी वर्षको मानिनेछ । भुक्तानीको माध्यमअनुसार भुक्तानी पूष्टिको समय फरक पर्न सक्छ । कुनै वर्षका लागि दान दिनु छ भने म्याद गुज्रिनु अगाडि नै करको विवरण पेश गरिएको छ भन्ने चाँहि सुनिश्चित गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *