Saturday, August 13जापानबारे सबै कुरा

आय कर विवरण पेश र कर भुक्तानीमा ढिलाई गरे लाग्ने जरिवाना

जापानमा आय कर विवरण पेश गर्ने भनेको तपाईले आफू पाउनु भएको तलबमा तिर्नु पर्ने करको हिसाब गर्नु हो । तपाईले आय कर विवरण बुझाउनु छ भने आउँदो वर्षको फेब्रुअरी १६ देखि मार्च १५ को बीचमा पेश गर्नु पर्छ । तोकिएको म्यादभित्र विवरण पेश गर्न सकिएन भने तपाईले दन्डको सामना गर्नु पर्ने हुन सक्छ । आजको यस लेखमा हामीहरुले कर विवरण बुझाउन ढिला भयो भने कस्तो खालको दन्ड सजाय भोग्नु पर्छ भनेर बताउन गइरहेका छौं ।

दुई खालको जरिवाना भुक्तानी

कर विवरण बुझाउन ढिला हुँदा दुुई खालको दन्ड छ । त्यो होः अतिरिक्त कर र कर बक्यौता

अतिरिक्त कर – तपाईले समयमै आय कर विवरण बुझाउन सक्नु भएन वा करको रकम गलत हिसाब गर्नु भयो भने यस्तो खालको जरिवाना तिर्नु पर्छ ।

कसुर कर – तपाईले समयमै कर तिर्न सक्नु भएन भने यो कर लगाइन्छ ।

कर विवरण पेश गर्ने र कर भुक्तानीको म्याद गुज्रियो अतिरिक्त कर र कसुर कर दुबै तिर्नु पर्ने हुन सक्छ । कर विवरण समयमै बुझाइएको छ तर कर भुक्तानी ढिला भयो भने चाँहि बक्यौता कर मात्रै तिर्नु पर्छ ।

अतिरिक्त कर

तपाईले गर्नु भएको त्रुटीका आधारमा तीन खालको अतिरिक्त कर तिर्नु पर्ने हुन सक्छ ।

विवरण नबुझाएबापतको अतिरिक्त कर

यो जरिवानासमयमै आय कर विवरण नबुझाउँदा लाग्छ । जस्तैः कर भुक्तानी ५ लाख येन छ भने अतिरिक्त १५ प्रतिशत रकम तिर्नै पर्छ । तर विवरण कर कार्यालयले तोकेरै भन्नु अगावै तिरिएको छ भने चाँहि अतिरिक्त कर भुक्तानी ५ प्रतिशतमा घटाइनेछ ।

तिर्नु पर्ने भन्दा थोरै कर देखाएर विवरण पेश गरेको अवस्थामा अतिरिक्त कर

यो चाँहि तिर्नु पर्ने भन्दा कम रकम देखाएर कर विवरण पेश गर्दा तिराइने जरिवाना हो । जस्तैः बक्यौता कर शुरुमा विवरण पेश गर्दाको भन्दा ५ लाख येन वा सो भन्दा कम छ भने अतिरिक्त भुक्तानी बक्यौताको १० प्रतिशत हुन्छ । तर कर कार्यालयले औंल्याउनु अघि नै कर दाताले स्वेच्छिक रुपमा कर विवरण पुनरवलोकन गरेको अवस्थामा कुनै अतिरिक्त कर लाग्ने छैन ।

धोकाधडी गरेको अवस्थामा अतिरिक्त कर

यो जरिवाना पैसा लुकाउन खोजेको वा जानी जानी कर लुकाउने उद्देश्यले कर विवरण नबुझाएको अवस्थामा तिराइन्छ । यस्ता घटनामा जरिवाना उच्च हुन्छ र करको सही आकारको ३५ प्रतिशतसम्म जरिवाना हुन्छ । कर विवरण नै पेश नगरेको अवस्थामा जरिवाना ४० प्रतिशत पनि हुन सक्छ ।

कसुर कर

म्याद गुज्रिएको दिनबाट कति दिनमा करको वास्तविक भुक्तानी भएको कति दिन भएको छ सोको आधारमा हिसाब हुने भएकोले बक्यौतामा तिर्नु पर्ने कर फरक फरक हुन्छ । तपाईले भुक्तानीमा जति धेरै दिन ढिला गर्नु हुन्छ तिर्नु पर्ने रकमको आकार पनि सोही अनुपातमा बढ्दै जान्छ । अनि तपाईको तिर्न बाँकी कर पनि बढ्दै जान्छ । कर अधिकारीहरु तपाईको घरमा आउने वा सम्पत्ति जफ्त गर्ने सम्भावना पनि हुन्छ । त्यसैले कर भुक्तानी गर्नु पर्छ भन्ने कुरा याद राखि राख्नुहोस् ।

कर तिर्नु पर्ने छैन भने जरिवाना पनि लाग्दैन

आम्दानी न्यूनतम् छ वा व्यवसाय घाटामा चलिरहेको छ भने आय कर तिर्नु नपर्ने पनि हुन सक्छ । यस्तो अवस्थामा अतिरिक्त कर वा कसुर कर तिर्नु पर्दैन ।

कर विवरण बुझाउने म्याद थप र छूट अवधि

कोरोना भाइरसको महामारीको महामारीका कारण सरकारले कर विवरण बुझाउने म्याद थपेको छ भने कर भुक्तानीको अवधिमा पनि छूट दिएको छ । पहिलो रेइवा वर्षका लागि कर विवरण बुझाउने म्याद सन् २०२० को मार्च १५ मा थियो । तर कोभिडको प्रभावले गर्दा यसलाई लम्ब्याएर सन् २०२० को अप्रिल १६ मा पुयाइयो । संक्रमण नियन्त्रण गर्न घरमै बस्न दिइएको आदेशका कारण कर विवरण पेश गर्न कठिनाई भएको अवस्थामा सन् २०२० को अप्रिल १७ पछि पनि व्यक्तिगत अवस्था हेरेर यसमा थप छूट दिइएको हुन सक्छ ।

व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लागि आम्दानी गत वर्षको तुलनामा घटेको छ र कर भुक्तानी गर्न कठिन भइरहेको छ भने भुक्तानीमा ढिलाई गर्ने अनुमति पनि दिइएको हुन सक्छ । यस्तो अवस्थामा सो अवधिको कसुर कर पनि लाग्दैन ।

सबैभन्दा पहिला क्षेत्रीय कर विभागको छूट टेवा केन्द्रमा फोन गरेर परामर्श गर्नुहोस् ।

आफ्नो मनमा कुनै प्रश्न छन् भने स्थानीय कर कार्यालयमा गएर सोधपुछ गर्नुहोस्

कर तपाई बस्नु भएको क्षेत्रको स्थानीय कर कार्यालयमा गएर बुझाउनु पर्छ । प्रक्रिया, कर भुक्तानीको तरिका र करसम्बन्धी अन्य समस्याहरुबारे तपाईको मनमा कुनै सन्देश छ भने स्थानीय कर कार्यालयबाट मार्गदर्शन वा सुझाव सल्लाह लिनुहोला । यी कार्यालय कहाँ छन् भन्नेबारे राष्ट्रिय कर विभागको होम पेजबाट पनि थाहा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *