Monday, September 26जापानबारे सबै कुरा

जापानमा विमानस्थलमा ओर्लिएपछि फाष्ट ट्र्याकबाट क्वारन्टिन चेकजाँच अगाडि बढाउने सम्बन्धी जानकारी

कोभिड–१९ का कारण सीमामा लगाइएको प्रतिबन्धहरु बेला बेलामा परिवर्तन भइरहन्छ । त्यसैले यसबारे केही द्विविधा उत्पन्न हुन सक्छ । पयर्टकहरुलाई अहिले पनि जापान छिर्ने अनुमति छैन । तर विदेश गएर फर्किने बासिन्दा, व्यवसायिक यात्री र विद्यार्थीहरुले भने छिर्न पाइरहेका छन् । तपाई पनि यसै मध्ये एक हुनु हुन्छ ? यदि हो भने तपाईको मनमा पनि नवआगन्तुकहरु विमानस्थलमा ओर्लिएपछि के के प्रक्रियाबाट गुज्रिनु पर्ला भनेर जान्ने चाहाना होला ।

के हो फाष्ट ट्र्याक ?

फाष्ट ट्र्याक जापान ओर्लिएका आगन्तुकहरुका लागि ल्याइएको नयाँ सेवा हो । यसले यात्रीहरुको समय बचाउँछ भने विमानस्थलको प्रक्रिया पनि छोट्याउँछ । तपाईले जापानमा अवतरण गर्नु अगावै माईएसओएस एपमार्फत विमानस्थलमा क्वारन्टिन उपायका लागि आफ्नो नाम पहिलै दर्ता गर्न सक्नु हुन्छ ।

यसका लागि मलाई के चाहिन्छ ?

सबैभन्दा पहिला, तपाईले माईएसओएस डाउनलोड गर्नु पर्छ । यो जापानमा छिरेपछि याात्रीहरुको स्वास्थ्य अवस्था र क्वारन्टिन स्थानको निगरानी गर्न उनीहरुले आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने केही एपहरुमध्ये एक हो ।

तपाई क्वारन्टिन छूट पाएको भाग्यमानी व्यक्ति हुनु हुन्छ भने पनि यो एपलाई जापान आइपुग्नु अगावै कोरोना भाइरसको संक्रमण नतिजा नकारात्मक आएको प्रमाण पत्र र स्वास्थ्यसम्बन्धी प्रश्नावली जस्ता कोभिड–१९ सम्बन्धी आवश्यक कागजपत्र पेश गर्न प्रयोग गर्न सक्नु हुन्छ । यसबाट विमानस्थलमा ओर्लिएपछि कागजपत्र भौतिक रुपमा देखाउनु पर्ने समय बच्नेछ ।

फाष्ट ट्र्याक प्रि–एप्लिकेशन तपाई जापान आइपुग्नुभन्दा कम्तिमा १६ ३न्टा अगाडि पूरा गर्नु पर्नेछ । एप जडान भएपछि तपाईको पासपोर्ट नम्बर र प्रस्थान गर्नु ७२ घन्टा भित्र गरिएको कोभिड परीक्षणको नकारात्मक प्रमाणपत्र चाहिन्छ । खोप लगाएको प्रमाणपत्र ऐच्छिक हुन् । तपाईसँग यससम्बन्धी प्रमाण पत्र छन् भने यो पनि हाल्न सक्नु हुन्छ ।

मैले फाष्ट ट्र्याकलाई कसरी प्रयोेग गर्न सक्छु ?

कागजपत्र दर्ता गर्न (जापान बाहिरबाट) माई एसओएस एप खोल्नुहोस् अनि क्वारन्टिन प्रक्रियाका लाई प्रि रजिष्ट्रेशन (पूर्व–दर्ता)मा थिच्नुहोस् । दिइएको निर्देशनहरु पूरा गरेर स्वास्थ्यसम्बन्धी प्रश्नावली र प्रतिबद्धता भर्नुहोस् । साथमा कोभिड विरुद्धको खोप लगाएको प्रमाणपत्र र कोरोना भाइरसको परीक्षण नकारात्मक आएको प्रमाणपत्र पनि बुझाउनुहोस् ।

तपाईले यी सबै जानकारीहरु ऐड गर्नु भएपछि कागजपत्रहरु पुनरवलोकन हुन्छ । तपाईको स्क्रिन हरियो छ भने कागजपत्रहरु ठिक छ । पहेँलो छ भने चाँहि विमानस्थलमा कोभिडको परीक्षण नकारात्मक आएको प्रमाणपत्र पेश गर्नु पर्छ । स्क्रिन रातो भएमा आवेदनमा समस्या छ, आवेदन प्रक्रिया दोहोर्याउनु पर्छ । जापानमा विमानस्थलमा ओर्लिएपछि तपाईले प्रक्रिया अगाडि बढाउन स्क्रिनको रंग कस्तो छ भनेर देखाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *