Monday, May 17जापानबारे सबै कुरा

जापानमा बिजुलीका पोलहरु जमिनमुनि किन गाडिएको छैन ?

जापानमा विभिन्न किसिमका प्राकृतिक विपत्तिहरु आइरहन्छन् । भूकम्प तथा ताइफु जस्ता प्रकोपका कारण घर, रुख मात्रै होइन बिजुलीको पोल पनि ढल्छन् । देशभरको त कुरै छाडौं टोकियो महानगरका २३ वडामा समेत ८ प्रतिशत मात्र विजुली बत्तिको लाइन जमिनमुनि जडान गरिएको छ । टोकियोको नजिक छिमेकी प्रिफेक्चर चिबामा प्राकृतिक विपद्को बेलामा विद्युतीय ट्रान्समिसनको दयनीय अवस्थाले जापानको विद्युतीय ट्रान्समिसनको अवस्था झल्काउँछ ।

ताइफु फक्साईले चिबामा व्यापक लोडशेडिङ भएको थियो । त्यो पनि ताइफुको शक्तिशाली हावाको कारण युटिलिटी पोलहरु ढल्दा । त्यसको २ हप्तापछि चिबा प्रान्तमा गएको लोडशेडिङ पुनःसुचारु भएको पनि थिएन ।

यस्ता विपद्को बेलामा गर्नुपर्ने आधारभूत तयारीका उपायहरु भने त्यस्ता पोलहरु नदेखिने गरी बिधुतिय तारहरु जमिनमा गाड्नु भएको भन्दै विज्ञहरुले सुझाएका छन् । सरकारले पनि विजुलीका तार गाड्ने योजना तीव्र बनाउने लक्ष्य व्यक्त गरेको छ ।

तर, वास्तविकता भने यही हो कि यूरोपका मुख्य शहरको तुलनामा यस मामिलामा जापान निकै पछाडि छ । जापानको पूर्वाधार कयौं कुरामा उन्न त छ, तर सडकका छेउमा भएको युटिलिटी पोल हटाउन भने किन यति सुस्त ?

२ हजार युटिलिटी पोलमा क्षति

गह्रौं भएर ढल्किएका युटिलिटी पोल, विजुलीका तारले जीवनरहित तवरले झुण्डिरहेको छ ढलेका रुखले बाटो रोकिरहेको छ । यिनै समस्याहरुले गर्दा चिबामा विजुलीको आपूर्ति सुचारु गर्ने कार्य अति कठिन साबित भएको छ । ‘यो कार्य कहिले सकिन्छ भनेर हामी भन्न सक्दैनौं’ चिन्तित हुँदै रिकभरी कामदारहरुले भने । प्राकृतिक विपद्का कारण कठिन जीवन बिताउन बाध्य भएका पीडितहरुले विजुली नभएपछि झनै अप्ठारामा छन् ।

विजुली आपूर्ति नहुँदा रेफ्रिजिरेटर र प्रिज नचल्दा त्यहाँका त्यहाँका रेष्टुरा व्यवसायीहरु खानेकुरा फाल्न बाध्य भएका छन् । विजुली आपूर्ति सुचारु भएपनि खानेकुराको जोहो गर्न केही समय लागेको भन्ने खालका गुनसोहरु आइरहेका छन् । बरु यस्तो क्षति टार्न विजुलीको तार नै जमिन मुनि गाँडियोस् भन्ने खालका अभिव्यक्ति आम जनताबाट आइरहेको छ ।

धेरै जसो स्थितिमा त विजुलीको पोलमा आँधीका कारण क्ष ति पुग्छ । आँधीले सिधैं क्ष ति पुर्याउन नसकेको स्थानमा भने जस्ताका छाना वा अन्य वस्तुहरु उडेर आएर लाग्दा क्ष ति पुग्ने गरेको छ । ताइफुका कारण करीब २ हजार पोल ढलेको हुन सक्ने अनुमान अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले गरेको छ ।

त्यस्तैगरी भु, पूर्वाधार, यातायात र पयर्टन मन्त्री काजुयोशी याकाबाले युटिलिटी तारलाई जमिनमुनि गाड्ने योजनाबारे प्रतिक्रिया दिँदै हातमा हात मिलाएर तार गाड्ने खाँचो रहेको अनि हालैका ताइफुका कारण भएको बृहत क्षति पुनः दोहोर्याउन नदिने बताएका छन् ।

दोस्रो विश्वयु*द्धको पुनःनिर्माण

जापानमा जमिनमुनि युटिलिटी तार जडान गर्ने कार्य अहिले निकै सुस्त दरमा भइरहेको छ । यसलाई वास्तविकतामा परिणत गर्न निकै धेरै अवरोधहरु पार गर्नु पर्नेछ ।
भु, पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयका अनुसार लन्डन, पेरिस, हङकङ र सिंगापुर जस्ता अधिकांश मुख्य शहरहरुमा युटिलिटी तार जमिन मुनि गाडिएका छन् । ताइपेइमा ९६ प्रतिशत तार जमिन मुनि गाडिएका छन् । तर ओसाकामा भने ६ प्रतिशत मात्रै जमिन मुनि जडान गरिएको छ । टोकियो २३ वटा वडामा मात्रै ८ प्रतिशत तार जमिन मुनि छन् । यो संख्या भने सन् २०१७ को अन्त्यमा एमएलआईटीले गरेको सर्वेक्षणको अनुसार अनुमान गरिएको हो ।

अन्य देशमा विजुली पोल ‘होइन’ भन्ने अवधारणा अपनाएर शहरी क्षेत्रको पूर्वाधार निर्माण कार्य लामो समय देखि गरिएको छ । तर जापानमा भने यसमा दोस्रो विश्व यु*द्ध पछिको पुनःनिर्माणमा सम्भव भएसम्म प्राथमिकता दिइयो । यसको नतिजा के भयो भने जमिन माथि पोल गाँडेर विजुलीका तार लैजाँदा छिटो र सहज हुने भएकोले यही पद्दति छ अपनाइएको राष्ट्रिय भु तथा पुर्वाधार व्यवस्थापन संस्थानले बताएको छ । यसले राष्ट्रभर विजुलीको प्रभावकारी वितरण सहज भयो । तर, यस्त तार सिधैं आँधी र पानीको सम्पर्कमा आउने भएकोले हरेक पटक प्राकृतिक विपत्ति आउँदा यिनीहरु चपेटामा पर्थे । हालैका वर्षमा विपद्हरु बढेसंगै लामो समय विजुलीको अभाव हुन थालेको छ ।

यो परिस्थितिलाई दृष्टिगत गर्दा, सन् २०१६ मा युटिलिटी पोल गायब बनाउँदै लैजाने कामलाई तीव्रता दिने ऐन पनि अपनाइएको थियो । सन् २०१८ देखि सन् २०२० सम्मको २ वर्षमा १ हजार ४ सय किमि भन्दा लामो सडकको निर्माणसँगै तार गाँड्ने काम पनि देशभर शुरु भएको थियो ।

ठुलो लागत

यद्यपि, अझै पनि कार्यान्वयनलाई तीव्र पारिने योजना अनिश्चित नै छ । नोहिनो विश्वविद्यालयको कलेज अफ इन्डष्ट्रिय टेक्नोजोजीका प्रध्यापक शोइची अकिबाले भने यसमा ढिलाई हुनुको एउटा मुख्य कारण निर्माणको लागत भएको बताएका छन् ।

भु मन्त्रालयका अनुसार सबैभन्दा स्तरीय निर्माण पद्दतिमा प्रति किलोमिटर निर्माणको लागत ५३ करोड येन (५० लाख अमेरिकी डलर) खर्च लाग्दछ । यसमा विद्युतीय तार जमिन भित्रै रहोस् भन्नका लागि जमिनमा पाइप गाड्नु पर्छ ।

ट्रान्समिशन तारका लागि त विद्युत कम्पनीहरु नै जिम्मेवार हुन्छन् । विद्युत कम्पनी, स्थानीय सरकार र सडक विभागले प्रति किलोमिटरका लागि लागि करीब ३५ करोड येन बाढ्दछन् । यद्यपि, विजुलीका तार सार्न लाग्ने ५० प्रतिशत लागत भने राष्ट्रिय सरकारले बेहोरेपनि स्थानीय सरकारले अझै १७ करोड डलर खर्च गर्नु पर्ने हुन्छ । कयौं स्थानीय सरकारहरुले सामाना गरिरहेको वित्तीय कठिनाईलाई दृष्टिगत गर्दा यो योजना कार्यान्वयन गर्न कयौंले दुई पटक सोच्छन् ।

तारलाई सिधैं जमिनमा गाड्ने सरल पद्दति पनि विदेशमा लोकप्रिय छ । यसको खर्च भने प्रत्येक एक किमिमा २६ करोड येन (२४ लाख डलर) लाग्दछ । यद्यपि, विजुलीको तारको लागि पोल गाडन् भने यो लागतको सानो टुक्रा मात्रै भए पुग्छ ।

यसमा अर्को समस्या भनेको निर्माणको लामो अवधि हो । विजुलीका तारको पोल विस्थापित गर्दा पानी र ग्यासको पाइप पनि सार्नु पर्ने हुन्छ । व्यक्तिको घरमा युटिलीटिजको स–साना पाइपको व्यवस्थापन पनि गर्नु पर्ने हुन्छ । यसका लागि डिजाइनको स्तर देखि पूर्वाधार निर्माण सम्पन्न हुँदासम्म करीब ७ वर्ष लाग्न सक्छ ।
अर्को कुरा जमिन मुनि विजुलीका तार गाड्ने विधिका केही बेफाइदाहरु पनि छ । पहिलो हो निरीक्षणमा समस्या । विजुलीको तारको पोलमा केही समस्या देखिएमा सिधैं हेर्न सकिन्छ । तर, तारहरु जमिन मुनि गाँडेपछि यस्तो गर्न असम्भव हुन्छ । मर्मत गर्नु पर्यो भने जमिन खनेरै हेर्नु पर्छ । यसको अर्थ खर्च बढी हुन्छ । अनि यो खर्चको भार उपभोक्ताको विजुली विलमा पनि देखिन्छ ।

यी सबै समस्याहरु भएपनि प्रध्यापक अकिबा भने मानिसको जीवनको सु रक्षा पहिलो प्राथमिकता हो भने विजुलीका तारको पोलहरु जमिनमुनि गाड्नै पर्छ भन्छन् । जापानले यो आवश्यक भार हो भन्ने बुझेर यसमा थप ढिलाई नगरीकन अन्तरराष्ट्रिय समुदायले तोकेको स्तर पूरा गर्न काम गर्न थाल्नुपर्ने बेला आएको अकिबाको भनाई छ ।

(दि जापानटाइम्समा प्रकाशित लेखको नेपाली संक्षेपीकरण)

Leave a Reply

Your email address will not be published. Required fields are marked *