Monday, May 17जापानबारे सबै कुरा

जापानमा प्लाष्टिकको विकल्पः खान मिल्ने भाँडा

भविष्यमा खाना खाने टेबलमा कसैले ‘सबै खानेकुरा सिध्याउँ’ भनेर प्लेट र काँटा छुरी समेत खाउ भन्ने दिन पनि आउँछ । यस्तो परिकल्पना अरु कसैले होइन मध्य जापानी प्रिफेक्चर आइचीको हेकिनानमा रहेको कन्फेक्शनरी कम्पनी मारुशिगे सेइकाका प्रवन्ध निर्देशक कासुहिको साकाकिबाराले गरेका हुन् । विश्वभरबाट प्लाष्टिकका फोहोर कम गर्ने उनको लक्ष्य नै छ । समाजभर खानमिल्ने भाँडाकुँडा प्रचलनमा आयो अनि यसले प्लाष्टिकलाई विस्थापित गर्यो भने गम्भीर वातावरणीय समस्या कम हुन्छ भनेर क्योदो न्यूजसँग केही समयअघि भएको एक अन्तार्वार्तामा साकाकिबाराले भनेका थिए ।

समुद्रमा प्लाष्टिक अनि पोलिस्टरिन फोहोर पछिल्लो समय विश्वको सबैभन्दा जल्दोबल्दो समस्या बनेको छ । यस्तोमा कम्पनीहरुले समेत एक पटक प्रयोग गरेर फाल्ने मिल्ने प्लाष्टिकका प्लेट, स्ट्र र कपको ठाउँमा खान मिल्ने टिकाउ टेबलवेयर बनाउन थालेका छन् । यिनै कम्पनीमध्ये एक हो मारुशिगे सेइका । यो कम्पनीले सन् १९८३ देखि नै आइक्रिम हाल्न ‘मोनाका’ बेफर बनाउन थालेको हो । कम्पनीको खानमिल्ने प्लेट उत्पादनको विक्रीमा गत वर्ष अभूतपूर्व वृद्धि भयो । सन् २०१८ को तुलनामा गत वर्ष कम्पनीको विक्री बढेर तेब्बरमा पुगेको छ ।

आइसक्रिमको कोन जत्तिकै क्रिस्पी इ–ट्रेहरु अण्डाकार र आयातकारमा आउँछ । ५ एमएम बाक्ला यी वस्तुहरु टिकाउ पनि छन् । करीब १० वर्ष अघि एक स्थानीय खानेकुराको प्रवद्र्धन गरिने एक फूड कम्पिटिशनमा गएको बेलामा खानेकुरा खाएर फ्याकिएका प्लाष्टिकका फोहोर देखेर उनको मनमा खान मिल्ने टेबलवेयरको अवधारणा आएको थियो । त्यतिबेला हजारौं आगन्तुकहरुले विभिन्न स्टलमा राखिएका खानेकुरा चाखेर फालेका प्लाष्टिकका प्लेटहरुको थुप्रो नै प्रतियोगिता भएको स्थलमा उनले देखे ।

त्यति नै बेला उनको मनमा फोहोर थुप्रो कम गर्न केही उपाय अपनाउन सकिन्छ कि भन्ने कुरा आयो र मोनाका आइस क्रिम वेफरबाट खान मिल्ने प्लेट बनाइ हेर्छु भन्ने अठोट उनले गरे । तर उनले बनाएको वस्तुमा तरल भएको खानेकुरा राख्दा गल्दैन वा पग्लिदैंन भन्ने चाँहि उनले सुनिश्चित गर्नु पथ्र्यो । उनको मनमा आलुको स्टार्चबाट तयार पारिने कडा खालको श्रिम्प क्रेकर ‘इबी–सेन्बाई’ बनाउने प्रविधिको प्रयोग गर्ने विचार आयो । यो हेकिनानको विशेषता पनि हो । खान मिल्ने प्लेटको लागि उनले गहुँको पिठो र मकैको स्टार्चको सट्टामा आलुको स्टार्च रोजे । आइसक्रिम वेफर बनाउन भने उनले गहुँको पिठो र मकैको स्टार्चको प्रयोग गर्थे यी दुबैले पानी वा तरल एक घन्टासम्म राख्न सक्थ्यो ।

‘पकाउँदा आलुबाट निकालिएको स्टार्च फुल्छ, अनि मैले के सोचे भने यसलाई मेटल मोल्डको साथमा उच्च दबाबमा पकायो भने प्लेट कडा हुन्छ र आद्रता पनि रोकेर राख्छ,’ साकाकिबाराले भने । इ–ट्रेलाई यथार्थमा परिणत गर्न र विक्रीयोग्य वस्तु बनाउन उनलाई करीब डेढ वर्ष लाग्यो । तर यसपछि पनि उनले उत्पादनको मद्दति उत्तम बनाउन अनि सुधार्न गल्ती गर्ने अनि सोहीबाट सिक्ने तरिका अपनाए । कयौं वर्ष यही तरिका अपनाएपछि मात्रै केही वर्ष अघि मात्रै उनले चाहेको जस्तो वस्तु बनाउन सके ।

‘यी प्लेटहरु नखाइकन फ्याकियो वा त्यसै छोेडियो भने पनि यिनीहरु बायोडिग्रेडेबल प्लाष्टिकभन्दा चाँडै कुँहिन्छन वा जनावरहरुले खाइदिन्छन्,’ साकाकिबारा भन्छन् । इबी–सेन्बेइ, प्याज, सखरखन्डा र मकैकको फ्लेभरमा आउने यी प्लेटहरुको स्वाद मिठो भएको दाबी समेत उनले गरेका छन् ।

प्रडक्ट लञ्च भएदेखि नै उनले सडकमा खानेकुरा बेच्न बस्ने व्यापारीहरु भएका अनि ठूलो परिणाममा प्लाटिकका फोहोर जम्मा हुने आउटडोर इभेन्टमा गएर नयाँ नयाँ विक्री च्यानल खाज्ने कोशिश गरिरहेका छन् । गत वर्ष देखि भने अचानक र अनपेक्षित परिवर्तन भएको छ । । इ–ट्रेको अर्डर हवात्तै बढेको छ । प्लाष्टिकका फोहोरका कारण भएका क्षतिप्रति आम मानिसहरुमा जागरुकता बढेको आफूलाई लागेको साकाकिबारा बताउँछन् । कम्पनीको दोस्रो खान मिल्ने प्रडक्ट चपस्टिकको विक्री सन् २०१७ देखि शुरु भएको हो । साकाकिबाराले कम्पनीको लाइनअप थप विस्तार गर्ने योजना बनाएका छन् । अब कम्पनीले खानमिल्ने चम्चा ल्याउँदैछ । यो पनि यही वर्ष गर्मीयाममा बजारमा आउने तयारी उनको छ ।

पछिल्लो समय जापानबाहिर पनि खानमिल्ने टेबलवेयरहरुको प्रयोग हुन थालेको छ । टम्बलर, खानेकुरा र्याप गर्न मात्रै होइन कफीको कप पनि खान मिल्ने ल्याइएको छ । एयर न्यूजिल्याण्डले परीक्षणका रुपमा डिसेम्बरमा फ्लाइटमा खान मिल्ने कफी कप ल्याएको थियो । घरेलु व्यवसायीहरुमा पनि टोकियाको उत्तरपश्चिममा रहेको निगाता प्रिफेक्चरस्थित कन्फेक्सनरी निर्माता बर्बन कर्पोरेशनले जनवरीदेखि नै खान मिल्ने स्ट्र ल्याएको थियो ।

प्लाष्टिकको फोहोरको समस्यासँग जुध्नेबारे विचार गरिरहँदा विद्यमान उत्पादनलाई नै सुधार्ने योजना बनयो एक सार्वजनिक सम्बन्ध कम्पनीका अधिकारीले बताए । यसका लागि टोकियो नजिक एक क्याफेले प्रस्ताव गरेको समेत उनको भनाइ छ । विदेशी एडिबल टेबलवेयर बजारको तुलनामा जापानको घरेलु बजार निकै सानो छ । औंलामा गन्न पनि नमिल्ने कम्पनीहरुले मात्रै त्यस्ता उत्पादन ल्याएको साकाकिबारा बताउँछन् ।

एडिबल टेबलवेयरको विस्तार गर्ने योजनामा सबैभन्दा ठूलो चुनौती चाँहि लागत हो । इ–ट्र कम्तिमा ५० येन (४५ सेन्ट) पर्छ ।

यो एक पटक प्रयोग गरेपछि फ्याक्न मिल्ने प्लाष्टिकको प्लेटको तुलनामा १० गुणा धेरै हो । अनि भुँइ वा राम्ररी सफा नगरिएको सतहमा राखिएका प्लेटहरु खान मानिसहरु हिच्किचाउँछन् । तर नखाइनकन यस्ता प्लेट कुहिन छोड्नु पनि वातावरण–मैत्री विकल्प नै हो । वातावरण जोगाउनु पर्छ भन्ने धारणाले गर्दा खानमिल्ने वस्तुहरु रोज्ने मानिसहरु हुनै पर्छ । तर अल्पकालीन अवधिमा प्लाटिकको डिस्पोजेबल टेबलवेयर विस्थापित नै भने भइहाल्दैन भन्ने कुरा बुझ्न जरुरी छ । मारुशिगे सेइकाको अर्को लक्ष्य भनेको व्यवसायलाई टिकाइ राख्ने र बाचय राख्ने हो । तर यो उनको मुख्य चिन्ता भने होइन । ‘हो पैसा कमाउनु पर्छ, तर अहिलेका लागि फोहोर र प्लाष्टिकका वस्तु घटाउने प्रति मानिसहरुको सचेतना बढाउनु बढी जरुरी छ,’ साकाकिबाराले भनेका छन् । खान मिल्ने टेबलरवेयरले यस कुरामा योगदान दिने आशा उनले गरेका छन् ।

(क्योदो न्यूजमा प्रकाशित फिचरको नेपाली अनुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *