Wednesday, June 29जापानबारे सबै कुरा

नेपाल जाँदा जापानमा चलाइराखेको फोन बोकेर जानुहुन्छ? यो पढ्नुहोस्

२०१५ अगस्त ११ मा सफ्टबैंकको आइफोन ६ मोडलको मोवाइल बोकेर नेपाल गएका  झापाका अनिल गुरुङ सेप्टेम्बर ११ मा जापान फर्कदा ४४ लाख जापानी येनको बिल घरैमा आइपुग्यो । किन यति धेरै बिल आयो भनेर सफ्टबैंकसंग कुरा गर्दा मोवाइल डाटा अन नै रहेको र तिर्नैपर्ने भन्ने जवाफ पाएछन्, धेरै दिनको गलफती पछि बिल मिनाह भएको खबर आएको थियो । तर सबैको हकमा मिनाह हुने भन्ने हुँदैन । यो त एउटा प्रतिनिधी घटनामात्र हो, ४ मान देखी १८-२० मान सम्म तिरेका नेपालीहरु धेरै छन् जापानमा ।  जसले यस प्रकारका सामान्य जानकारीहरुकै  अभावमा लाखौं रकम मोवाइल प्रदायक संस्थाहरुलाई तिरेका छन् आगामी दिनमा कोही पनि नेपाली समस्यामा नपरुन भन्ने हेतुले यो पोष्ट तयार पारिएको हो ।


(यस्तो थियो ४४ लाखको बिल)

किन हुन्छ यस्तो ?

जापानका मुख्य सेवा प्रदायकहरु जस्तै एनटिटी डोकोमो, सफ्टबैंक र एयुका सिमहरु अन्तराष्ट्रिय रुपमा पनि प्रयोग गर्न मिल्ने गरि तयार गरिएका छन् जसलाई प्राविधिक भाषामा Roaming भनिन्छ । यस्तो बेला नेपालकै लोकल क्यारियरसंग यहाँको सिम नेटवर्क कनेक्सन भएर काम गर्छ । जापान भन्दा बाहिर जुनैपनि देशमा (रोमिङ सेवा रहेका) रहेको बेला यिनै सिमको प्रयोग गरेर फोन गर्न तथा उठाउन, म्यासेज गर्न तथा रिसिभ गर्नका साथै इन्टरनेट चलाउन सकिन्छ । तर त्यसवापतको शुल्क भने साविकको भन्दा धेरै नै महंगो पर्छ । तलको फोटोमा एयु आइफोन सेभेन मोडलको मोवाइल नेपालमा रोमिङ सुविधासहित चलाउँदा लाग्ने खर्चका बारेमा देखाइएको छ, जुन एयु कै वेवसाइटबाट लिइएको हो ।

यहाँ दिइए अनुसार तपाइ नेपालमा हुँदा जापानबाट कसैले पठाएको म्यासेज फ्रि मै पढ्न पाउनुहुन्छ तर रिप्लाई गर्नुपर्यो भने एउटा म्यासेजको कर बाहेक १०० येन तिर्नुपर्छ त्यस्तै जापानबाट तपाइलाई कसैले फोन गर्यो र उठाउनुभयो भने कर बाहेक प्रतिमिनेट १८० येन तिर्नुपर्छ र जापानमा फोन गर्नुभयो भने पनि १८० येन नै । सबैभन्दा महंगो चाँही इन्टरनेट पर्न जान्छ । एक केवी इन्टरनेट डाटा आदनप्रदान भएवापत १.६ येन खर्च लाग्छ जसको मतलव यदी तपाइले १ जिबी (१०००००० केबी बराबर १ जिबी) डाटा प्रयोग गर्नुभयो भने सरदर १६ लाख जापानी येन पर्न आउँछ जुन अति नै महंगो शुल्क हो । मोवाइलको मोडल र मोवाइल कम्पनी अनुसार यो रेट फरक–फरक हुन्छ ।

कसरी जोगिने ?

माथि भनिएअनुसारको बिल आउनबाट जोगिन तपाइसंग ३ वटा उपायहरु हुन्छन् ।
१. जापान छाड्ने समय मोवाइल सेवा बन्द गर्नुस्
तपाई जापानबाट नेपाल जाने र फर्कने समय निश्चित भैसकेको छ भने मोवाइल सेवा प्रदायक कम्पनीको कुनैपनि सर्भिस काउन्टरमा गएर सो समयका लागि मोवाइल सेवा बन्द गरिदिनका लागि अनुरोध गर्नुस् । सिमीत समयका लागि सेवा अवरुद्ध (中断 चुदान) गर्ने भन्नुभए हुन्छ तर त्यसवापत केही शुल्क भने लाग्छ । हामीलाई जानकारी भएसम्म डोकोमो को फोन ३ महिनासम्म बन्द गरेर सूचारु गर्दा २१०० येन लाग्छ र सो समयको विल पनि तिर्नुपर्दैन(यो केही बर्ष अघिको कुरा हो, अहिले नियम परिवर्तन भएको पनि हुनसक्छ), अन्य कम्पनीहरुका पनि आ–आफ्नै नियम हुनसक्छन् एकपटक सर्भिसकाउन्टरमै गएर बुझ्नुहोला ।

२. जापान छाड्नुअघि नै मोवाइलबाट सिम झिकेर राख्नुस्
सामान्यतया हामीहरुलाई जापान छाडेपछि यहाँ चलाइरहेको सिम र नंबरको आवश्यकता नपर्ने हुँदा यो सर्बोत्तम उपाय हो ।

३. मोवाइलको सेटिङबाट डाटा र फोन नचल्ने बनाउनुस्
यसका लागि तपाइले प्रयोग गर्ने मोवाइलको मोडल अनुसार सेटिङमा गएर रोमिङ  र सेलुलर डाटा अफ गर्नुपर्ने हुन्छ, मोवाइललाई फ्लाइट मोडमा राख्दा पनि हुन्छ तर यो अवस्थामा वाइफाइ जोड्न नमिल्न पनि सक्छ । तलको फोटोमा हेर्नुस् ।


यो पनि हेर्नुहोस्

  • iPhone:Go to Settings → Mobile → slide Mobile Data off. Then select Mobile Data Options → slide Data Roaming to off →  select Enable 4G → switch to off.
  • Android:Go to Settings → Wireless Controls → Mobile Network Settings → slide Data Roaming off.

साथै फोनको लोकेशन, अटोमेटिक अपडेट र पुस नोटिफिकेसनहरु अफ गर्नु पनि सुरक्षित मानिन्छ । यति गर्नुभयो भने वाइफाइ जोडेर मोवाइलमा इन्टरनेट चलाउन सक्नुहुनेछ ।

  • iPhone:Go to Settings → Privacy → Location Services → toggle Location Services On / Off.
  • Android:Go to Settings → Location → toggle Location Services On / Off.

नेपाल गएको बेला धेरै बिल आउने समस्याबाट कति साथी पीडित हुनुहुँदो रहेछ भनेर थाहा पाउन र वहाँहरुका अनुभव बुझ्नका लागि हामीले हाम्रो फेसबुक पेजमा यही विषय सम्बन्धि पोष्ट समेत गरेका थियौं । कमेन्टमा हेर्नुहोस् वहाँहरुका अनुभव :

तपाइलाई यो जानकारी कस्तो लाग्यो ? यस सम्बन्धमा तपाइका आफ्ना अनुव तथा भोगाई छन् भने कमेन्टमा लेखिदिनुहोला न है ? उपयोगी लाग्यो भने सेयर गरेर साथीभाइहरु माझ पनि पुर्याइदिनुहुन अनुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *