Monday, May 16जापानबारे सबै कुरा

खाबुसिकी खाइस्या र गोदोखाइस्या वीच के फरक छ ?

जापानमा व्यवसाय गर्ने सोच बनाउँदै हुनुहुन्छ भने आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि कम्पनीको संरचना छनौटमा विशेष ध्यान दिनुपर्छ । हचुवाकै भरमा कम्पनी खोलेका धेरै नेपालीहरुले अनावश्यक दुख पाएका र आवश्यकताभन्दा बढि लागत लागेका धेरै उदाहरणहरु जापानको नेपाली समुदायमा भेटिन्छ । त्यस्ता समस्याहरुबाट जोगिनका लागि लागि हरेक प्रकारका कम्पनीको क्षमता र सिमितताको बारे सहि बुझाइ हुन आवश्यक छ । आफ्नो कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याङ्कन र व्यवसायिक लक्ष्यबारे पनि स्पष्ट हुन जरुरी छ । जापानमा खाबुसिकी खाइस्या(केके) र गोदो खाइस्या (जीके) गरेर दुई प्रकारका कम्पनी विदेशीहरुवीच बढी परिचित छन् । यसमा पनि केके अझ बढी लोकप्रिय छ र यसमा ८० प्रतिशत सूचीकृत कम्पनी समावेश छन् । तर एउटा पक्ष अर्को पक्षभन्दा ‘उत्कृष्ट’ हुँदैन । दुवै प्रकारमा फाइदा र वेफाइदा हुन्छन् ।

खाबुसिकी खाइस्या (केके) भनेको के हो ?

केके को संरचना ‘अमेरिकी सी कर्पोरेशन’ को जस्तै छ । जापानको प्रमुख प्रकारको कर्पोरेशन भएकाले उपभोक्ता, कर्मचारी र व्यावसायिक समुदायमाझ कम्पनीको प्रतिष्ठाबारेको धारणा राम्रो छ । केकेले शेयरधनीहरुलाई व्यक्तिगत कानूनी दायित्वबाट संरक्षण गर्छ र उससँग शेयर विक्री र भण्डारण जस्ता माध्यमबाट अतिरिक्त पूँजी बढाउने क्षमता पनि हुन्छ । शेयरधनी र व्यवस्थापनबीच स्पष्ट रुपमा देख्न मिल्ने संस्थागत भिन्नता रहन्छ । यद्यपि एकै समयमा शेयरधनी र कम्पनीको निर्देशन बन्न सकिने सम्भावना भने रहेको छ ।

सबै केकेहरुमा कम्तिमा पनि एउटा निर्देशक हुन आवश्यक छ र उ जुनसुकै देशको नागरिक पनि हुन सक्छ ।

यस प्रकारको कम्पनी सूचीकृत गर्न धेरै महङ्गो पर्छ साथै सूचीकृत हुन पुरा गर्नुपर्ने आवश्यकता पनि तुलनामा जटिल छ । यसमा विभिन्न आकारका धेरै कम्पनीलाई समायोजित गर्न सकिन्छ । केके मध्यम तथा ठूला आकारका कम्पनीहरुका लागि सबैभन्दा बढी उपयुक्त हुन्छ । तर यो साना कम्पनी र एकल व्यक्तिको सञ्चालनमा भएको व्यवसायमा पनि लागू गर्न सकिन्छ ।

गोदो खाइस्या (जिके) भनेको के हो ?

गोदो खाइस्या (जीके) लिमिटेड लायविलिटि कम्पनी (एलएलसी) को जापानी भर्सन हो । जापानमा जीकेले सन् २००६ मा मात्रै कानूनी मान्यता पाएको थियो । यसले शेयरधनीहरुका लागि सिमित संरक्षण प्रदान गर्ने भएकाले व्यक्तिगत सम्पत्तिको कानूनी संरक्षण चाहने साना व्यवसायीका लागि यो उपयुक्त संरचना हो । जीकेको सूचीकरण प्रकृया केकेभन्दा सजिलो र सस्तो छ । यसका लागि आर्टिकल्स अफ इन्कर्पोरेशज, सञ्चालन समितिको निर्माण र सदस्यबीचको बैठक गरिरहनु पर्दैन । तर जीकेलाई जापानी शेयर बजारमा सूचीकृत गर्न सकिँदैन साथै शेयर विक्री गर्न र स्टक विकल्प जारी गर्न पनि मिल्दैन । यसले व्यवसाय सञ्चालनका अतिरिक्त पूँजी निर्माण गर्ने क्षमता सिमित गरिदिन्छ ।

यसैगरी केकेमा जस्तो यसमा शेयरधनी र निर्देशकबीच संस्थागत विभाजन पनि हुँदैन । जीकेका लगानीकर्ताहरु कम्पनी सञ्चालन गर्न सहयोग गर्ने कानूनी रुपया योग्य साझेदार हुन्छन् ।

जीकेमा लगानीको आकार अधिकारीको समान हुँदैैन र यसले भविष्यमा बाहिरि लगानीको आवश्यकता परेमा समस्या दिन सक्छ ।

जीके इन्कर्पोरेशन प्रायजसो सानादेखि मध्यम आकारका कम्पनीका लागि उपयुक्त छ । जापानमा जीके केकेजति परिचित छैन । यसमा उत्कृष्ट कर्मचारी ल्याउन नयाँ उपभोक्तालाई आकर्षित गर्ने अवसरको पनि कमी हुनसक्छ । तर विस्तारै विस्तारै यो प्रवृत्तिमा परिवर्तन आउँदैछ । दुवै विकल्पको लागत र फाइदाको मूल्याङ्कन गरेर कुन विकल्प रोज्ने भन्ने कुराको अन्तिम निर्णय गर्न सकिन्छ ।

केके र जीकेबीचको भिन्नता तल प्रस्तुत गरिएको छ

खाबुसिकी खाइस्या (केके)

शेयर कम्पनी

विश्वसनीयताः उच्च

फाइदाः स्थापित प्रतिष्ठा, जापानी उपभोक्ता, व्यावसायिक साझेदार र कर्मचारीले बढी विश्वास गर्ने र बढी मापनयोग्य ।

वेफाइदाः स्थापना गर्न महङ्गो पर्ने, कडा नियामक आवश्यकता

सेटअप लागतः ३ लाख ५० हजार येन

दायित्वः शेयरधनीको शेयरमा भएको लगानीमा सिमित

गोदो खाइस्या(जिके)

लिमिडेट लायविलिटि कर्पोरशेन (एलएलसी) को जापानी भर्सन

विश्वसनीयताः मध्यम

फाइदाः स्थापना गर्न सस्तो, अधिकांश कानूनी सुरक्षा केके सँग मिल्छ ।

वेफाइदाः अतिरिक्त पूँजी ल्याउन सक्दैन र सार्वजनिक शेयर बजारमा नयाँ लगानीकर्तालाई आकर्षित गर्न पनि असमर्थ छ । सदस्यको लगानी र अथोरिटिको लगानीमा समानता हुँदैन ।

सेटअप लागतः २ लाख येन

दायित्वः शेयरधनीको शेयरमा भएको लगानीमा सिमित

– Shindome Partners Group को सहयोगमा तयार पारिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *