Saturday, August 13जापानबारे सबै कुरा

कफी भर्सेस चिया, जापानमा कुन धेरै लोकप्रिय छ ?

जापान विश्वको सबैभन्दा ठूलो कफी खपतकर्ता देशमध्ये एक हो । त्यति यति धेरै कफी खपत भएको देख्दा मलाई मात्रै होइन तपाईहरुलाई पनि अचम्म लाग्छ होला । अहँ, साच्चै हो । नेपालमा कफी भन्दा चिया बढी लोकप्रिय छ । त्यसैले होला जापानीहरुले यति धेरै कफी खाएको देख्दा मलाई अचम्म लाग्छ ।

जापानमा कफी र चियामध्ये कुन चाँही धेरै लोकप्रिय छ भन्ने थाहा पाउन तपाईले धेरै कुरा गर्नै पर्दैछ । मात्र जुनसुकै दिशातर्फको सडकमा केही मिनेट हिडे पुग्छ । तपाइले देख्नु हुने यहाँका हरेक भेण्डिङ मेशिनमा कम्तिमा पनि २ प्रकारको कफी हुन्छ ।

जापानमा खपत हुने अधिकांश कफी अरु देशबाट आयात हुन्छ । त्यहाँ कफी खपत बढ्न थालेको धेरै वर्ष भयो । तर अहिले भने जापानीहरुमा कफी संस्कृति पनि बढेको छ । जापान विश्वको चौंथो ठूलो कफी आयातकर्ता हो । जापान टुडेका अनुसार ब्राजिल, भियतनाम र कोलम्बियाबाट मात्रै जापानमा भित्रिने कुलमध्ये ६७ प्रतिशत कफी आउने गरेको छ । जापानको वार्षिक खपत आयतन करीब ४ लाख ५० हजार टन अर्थात् ४८ अर्ब कप भएको अनुमान गरिएको छ ।

चिया पिउने समय

चिया जापानमा सर्वत्र पिइने पेय हो । यो जापानी खानपान संस्कृतिको मुख्य पेय पदार्थ हो । चियामा सबैभन्दा धेरै पिइने प्रकार भने ग्रिन टी हो । हरेक जापानीहरुलाई देख्दा यो कुरा त साँचो रहेछ भन्ने तपाईले पनि महसुस गर्नु हुनेछ । त्यसैले कसैले चियाको प्रकार उल्लेख नगरिकन तपाईलाई चिया खाउँ (お茶, Ocha) भन्यो भने उनीहरुले ग्रिन टी खाउँ है भनेर भनेका हुन् भने बुझ्नुहोस् ।

कफी र चियाको प्रकार

चिया र कफी सेवन स्वाद भन्दा पनि सन्तुष्टिसँग जोडिएको छ र जापानमा चिया र कफीको संसार क्रमिक रुपमा विस्तार भइरहेको छ । मानिसहरु चिया र कफीका नयाँ नयाँ स्वाद र तरिकाको विकास गरिरहेका छन् । ड्रिप मेथडदेखि कोपी लुवाकसम्म चिया र कफीका अनेक प्रकार छन् । कोपी लुवाक सबैभन्दा महँगो कफी मध्ये एक हो । बिरालोलाई कफीको दाना खुवाएर उनीहरुले निकाल्ने दिसा नै कोपी लुवाक कफी हो । चिया र कफी जापानी खानपान संस्कृतिको एक महत्वपूर्ण हिस्सा किन बनेको छ भनेर साँच्चै बुझ्ने हो भने यहाँ बेचिने चिया र कफीको बारेमा जान्न जरुरी छ ।

यो सूचिमा सबैभन्दा पहिला आउने चियाको नाम हो र्योकुचा (ग्रिन टी) । यसका पनि तीन प्रकार छन् । ती हुन्ः ग्योकुरा, सेञ्चा र बञ्चा । यस्तो खालको चिया पनि सामान्य खालका चियाका पातबाटै बनाइन्छ । तर यसका लागि चियापत्ति टिप्ने सिजनको शुरुमै संकलन गरिएको पातहरु मात्रै प्रयोग गरिन्छ ।

अर्को चिया हो मचा (चियाको पातलाई मिहिन पारेर बनाइएको धूलो ग्रिन टी) जापानमा यो प्राय हरेक स्टोरमा पाइन्छ । मचाको लागि सबैभन्दा उत्तम खालका चियापत्तिको प्रयोग हुन्छ । त्यसैले यसको गुणस्तर पनि उत्तम हुन्छ । मैले स्थानीय जापानीहरुलाई धेरै पटक मचाको बारेमा सोधेको छु । जति पटक सोध्दा पनि उनीहरुबाट आउने जवाफ एउटै हुन्छः ‘मचा महँगो छ, अनि तिम्रो लागि स्वस्थवद्र्धक पनि छ, चिसो पिए पनि तातो पिएपनि यसले निकै सन्तुष्टि दिन्छ ।’ तातो वा चिसो दुबै खालको पानीमा राम्ररी घोलियोस् भनेर चियाका पातहरुलाई मसिनो धुलो हुने गरि पिसिएको हुन्छ ।

ग्रिन टीका पनिथप २ प्रकार छन् : गेन्माइचा र होजिचा । जेन्माईचा चियाका पातलाई हल्का भुटिएको ब्राउन राइससँग मिसेर बनाइएको ग्रिन टी हो । यसमा गेन्माई (पोलिश नगरिएको ब्राउन राइस)का दानाहरुलाई भुटिन्छ र यसलाई चिया पातसँग मिसाइन्छ । होजिचा भने ग्रिन टीको पातलाई नै भुटेर बनाइन्छ । होचिजा बनाउँदा भुट्ने क्रममा पातहरुमा रसायनिक परिवर्तन हुन्छ । यसले गर्दा होचिजा चियाको बासना क्यारमेल जस्तै हुन्छ र स्वाद पनि अलि गुलियो हुन्छ । चियाको रंग पनि रातो खैरो हुन्छ ।

यहाँ पाइने अरु चियाका प्रकार हुन्ः ओलोङचा, कोचा र जास्मिन–चा । यी सबै चिया चियाको बोटबाट बनाइन्छ) । ओलोङचा बनाउँदा चियाको पातलाई अक्सिडाइजिङ गरिन्छ अनि यसलाई बफाइन्छ । कोचा चियाका पातहरुलाई ओलोङचा भन्दा धेरै अक्सिडाइजिङ गरिन्छ । यसले गर्दा नै चियाको गाँढा रंग आउँछ । कोचाको अर्थ रातो चिया हो । जास्मिन–चा ओकिनवाको निकै लोकप्रिय पेय पदार्थ हो । यसलाई सन्पिन्चा पनि भनिन्छ । यो ग्रिन टि वा जास्मिन फुलसँग ओलोङ चिया मिसाएर बनाइन्छ ।

विशेष चिया

यहाँ चियाको पातबाट नबनाइएका अन्य विशेष प्रकारका चियाहरु पनि पाइन्छ । बार्ली र केल्प चिया यसका केही उदाहरण हुन् । बार्ली टी (मुगिचा) भुटेको जौंलाई पानीमा मिसाएर बनाइन्छ ।

केल्पा चिया (कोम्बुचा) भने मसिनो गरी पिसेको वा स–साना टुक्रामा काटेको कुम्बाचा नामक गरेको सिविडलाई तातो पानीमा मिसाएर बनाइन्छ । यो पेय अलि अलि नुनिलो खालको हुन्छ । यसलाई वेलकम ड्रिङ्कका रुपमा पाहुनाहरुलाई पिलाइन्छ ।

जापानमा दिनहुँ कति प्रकारका चिया सेवन गरिन्छ भन्ने कुरा त अब तपाईले राम्ररी थाहा पाइसक्नु भएको छ । अब कफीको बारेमा पनि जान्नु होस् ।

जापानलाई दक्षिण अमेरिकी र मध्य अमेरिकी देशहरुबाट चिया आयात गर्न निकै शोख छ । टुलीजमा विक्री हुने कफी हवाई, रुवान्डा, इथियोपिया र बाजिलबाट आउँछ । यहाँ बेचिने कफी विभिन्न प्रकारका छन् अनि यसको बासना पनि निकै कडा हुन्छ । अचेल पाइने सबैजसो कफी नियमित कफी मेकरमा बनाइने भएकोले मिलेनियल्सहरुले चाहना गरेको जस्तो हातबाट बनाइएको अद्वितीय कफी भने पाइदैन । तथापि, यसको स्वाद अलि मिठो हुन्छ, र हर चिजमा थोरै चिया र चिनी मिसाइएको हुन्छ ।

हरेक कफी स्टेशनमा आयात गरिएका कफीका दाना मात्रै हुँदैनन्, त्यहाँ धेरै प्रकारका ब्लेण्ड (मिश्रण) पनि हुन्छ । टुलीजमा मात्रै ८ विभिन्न प्रकारका ब्लेण्ड पाइन्छ । ती हुन्ः आइस कफी ब्लेण्ड, मोचाजाबा, फ्रेन्स रोष्ट, पिक्कोलो बम्बिनो, डचम्यान्स ब्लेण्ड, एस्प्रेस्सो, क्लासिको र क्याफे ओ ले मोनारे ।

टुलिजमा विक्री हुने आधा भन्दा धेरै कफी ब्लेण्डहरु मध्य अमेरिकाका ग्वाटेमाला लगायत अन्य देशहरुबाट ल्याइन्छ ।

स्वाद चाहे नमिठो तितो होस् वा धेरै भुटेको, टुलिजमा प्रायः तपाईलाई जस्तो खालको कफी पिउन मन लागेको छ त्यस्तै पाइन्छ ।

जापानमा कफी र चिया यति धेरै किन पिइन्छ?

जापानीहरु आपूm आसपासको संसारलाई नियालिरहन्छन् । समय अनुसार चल्ने उनीहरुको बानी नै हो । त्यही अनुरुप उनीहरुको पेय संस्कृतिमा पनि परिवर्तन आइरहेको छ । चिया सेवन गर्ने बानी जापानमा कहिले पनि हराएर जाँदैन हामीहरु सबैलाई थाहा छ । तर कफी भने सन् १९६०, ७० र ८० को दशकमा मात्रै लोकप्रिय भएको हो ।

त्यतिबेला खुलेको पहिलो कफी चेन हो डोटोर । मानिसहरु ब्रेकफाष्ट खान नसकेपनि बिहान बिहान कफी भने पिएरै घरबाहिर निस्किन्छन् भनेर डोटोरका सीईओ लियो लुइसले भविष्यवाणी नै गरेका थिए । त्यतिबेला देखि नै जापानमा कफी संस्कृति मौलाउन शुरु भएको हो । तर अमेरिकी कफी चेन स्टारबक्ससँग तीव्र प्रतिस्पर्धा भएपछि भने डोटोरले स्टारबक्सको भन्दा धेरै स्टोर खोलेको छ ।

सबै भेण्डिङ मेशिनमा विभिन्न खालका कफीहरु भएपनि, त्यहाँ केही प्रकारका चिया पनि पाइन्छ । जापानमा कफी लोकप्रिय भएपनि चिया जापानी पेय संस्कृतिबाट हराउने छैन । दुबै पेयले सबैको मन जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *