Monday, May 16जापानबारे सबै कुरा

क्लिनिक वा अस्पताल ? जापानमा उपचारका लागि कुनमा जानु राम्रो ?

जापानका ठूला शहरमा बस्ने व्यक्तिहरुका लागि उत्कृष्ट स्वास्थ्य सेवा र उपचारका अनेकौं विकल्पहरु उपलब्ध छ । यी मध्ये धेरै ठाउँमा त अंग्रेजी बोल्ने कर्मचारीहरु नै हुन्छन् । उनीहरु ले उपलब्ध गराउने सेवा, खुला रहने समय र आवश्यक अन्य प्रशासनिक सूचनाबारे फोनबाटै बुभ्mन सकिन्छ । तर अंग्रेजी भाषा बोल्ने मानिसहरु निकै थोरै भेटिने र यस्ता सुविधाका लागि आवश्यक व्यक्तिहरु नपाइने ग्रामीण क्षेत्रमा भने यस्तै खालका सुविधा नपाइन पनि सक्छ । जापानमा रहेका नेपालीहरुका लागि स्वास्थ्य सम्बद्ध धेरै जानकारीहरु हामीहरुले लेखिसकेका छौं । धेरैजनाले म्यासेजमा यस्तो–यस्तो भएको अवस्थामा कहाँ जाने, हस्पिटल जाने कि क्लिनिक जाने भनेर सोधिरहनुहुन्छ । वहाँ लगायत अन्य सबैका लागि उपयोगी होस् भनेर यो जानकारी तयार पारिएको हो । आजको यस लेख यसैमा केन्द्रीत छ ।

क्लिनिक कि अस्पताल ?

जापानमा रहँदा धेरैले महशुष गर्ने महत्वपूर्ण कुरा के हो भने यहाँ स्वास्थ्य उपचारका लागि निकै थोरै मात्र विकल्प छन् । तर करीब करीब सबैले राष्ट्रिय स्वास्थ्य बीमा स्वीकार गर्छन् । यद्यपि, नजिकमा थोरै वा एकमात्र अस्पताल हुन सक्छ, तर क्लिनिकहरु भने धेरै हुन्छन् ।

क्लिनिकहरुमा सामान्य चिकित्सकहरु मात्रै हुन्छन् । उनीहरुले बिरामीलाई सर्रसर्ती जाँचेर विशेषज्ञ डाक्टर चाहिन्छ कि शल्यक्रिया नै गर्नु पर्ने छ कि क्लिनिकमा सम्भव नभएका अन्य औषधि उपचार गर्नु पर्ने हो हेरेर बिरामीलाई ठूला अस्पतालमा रिफर गरिदिन्छन् । अस्पतालले भने त्यस्ता विशिष्ट सेवाका साथै आपतकालीन कक्ष र शल्यक्रिया एकाई उपलब्ध गराउँछन् ।

छिटो उपचारः क्लिनिक

तपाईलाई रुघाखोकी जस्ता सामान्य रोग लागेको छ र औषधि चाहिएको छ वा कुनै समस्याका लागि डाक्टरको नोट चाहिएको छ भने अपोइण्टमेन्ट नलिइकन क्लिनिकमा जान सक्नु हुनेछ । त्यहाँ तपाईले छिटै मौका पाउनुहुनेछ । डाक्टरले पनि तपाईलाई सर्सर्ती जाँचेर प्रिस्क्रिप्शन वा नोट लेखिदिने अनि (तपाईलाई विशेष सेवा चाहियो भने) कुनै अस्पतालमा रिफर गरिदिनेछन् । त्यहाँ तपाईले उपयोग गर्नु भएको सेवाको मात्रै पैसा दिए हुन्छ । तर तपाई अस्पतालमा अपोइन्टमेन्ट नै नलिइकन (विशेषगरी आपतकालीन सेवा कक्षमा) जानु भयो भने तपाईले शुल्क तिर्नु पर्नेछ र अनि (रोगको अवस्था हरेर) आफ्नो पालो कुर्नु पर्नेछ ।

रुघाखोकी लगायत अतिरिक्त खोपः क्लिनिक

तपाई वा तपाईका परिवारका सदस्यहरुलाई रुघा खोकी लगायत मौसमी खोपहरु चाहियो भने क्लिनिकमा जाँदा हुन्छ । अधिकांश अस्पतालहरुमा यस्ता नियमति वा स्वेच्छिक खोपहरु दिँइदैन । त्यसैले तपाई अस्पताल नै जानु भयो भने पनि उनीहरुले क्लिनिमा जान भन्ने छन् ।

बाल चिकित्सकः अस्पताल

बालबालिकाको उपचारमा विशेषज्ञता हासिल गरेका क्लिनिकहरु पनि हुन्छन । यस्ता क्लिनिकहरु भेट्टाउनु भयो भने धेरै राम्रो हो । तर जापानमा जनसाङ्ख्यकीय समस्याका कारण बालबालिकाको जनसंख्या घट्दो क्रममा छ । त्यसैले जापानका कयौं स्थानमा बाल क्लिनिकको खासै बजार छैन । बरु बाल चिकित्सकहरु ठूला अस्पतालमा मात्रै हुन्छन् । बालबालिकामा सामान्य समस्या देखियो र तत्कालै सहायताका लागि जानु प¥यो भने चाँहि सामान्य चिकित्सकहरुले नै उनीहरुको हेरचाह गर्न सक्छन्, त्यसैले शुरुमा क्लिनिक नै जानुहोस् । चिकित्सकहरुले उपचार गर्न नसक्ने देखेमा हस्पिटलमा रिफर गर्छन ।

विशेष सेवाः क्लिनिक अनि अस्पताल

कुनै घाउ चोट लाग्यो वा बिरामी पर्नु भयो र विशेष सेवा चाहिएको छ भन्ने तपाईलाई थाहा भएपनि शुरुमै अस्पताल जानु भन्दा क्लिनिक जानु नै वेश हुन्छ । पहिला त तपाईले अस्पतालमा तिर्नु पर्ने अतिरिक्त शुल्क तिर्नु पर्दैन । अनि दोस्रो क्लिनिकले नै तपाईलाई विशेषज्ञकहाँ रिफर गरिदिने छ र धरैजसो उही दिनको अपोइन्टमेन्ट पनि पाउनुहुनेछ । यसको अर्थ हो तपाईले अपोइन्मेन्ट लिइसकेका तत्कालै उपचार चाहिने बिरामीहरुसँग लाइन लागेर बस्नु पर्दैन । अनि तपाईले अस्पतालमा धेरै बेर कुर्नु पनि पर्दैन । अनि तेस्रो कुरा, तपाईले विशेषज्ञ डाक्टरसँग के विषयमा कुरा गर्नु पर्ला भनेर सामान्य चिकित्सकले आइडिया पनि दिनेछन् ।

आपतकालीन सेवाः अस्पताल

तपाईलाई आपतै पर्यो भने चाँहि क्लिनिक नगइकन सिधैं अस्पताल जानुहोस् । क्लिनिकमा आपतकालीन स्थितिका बिरामी हेर्ने क्षमता विरलै हुन्छ । अनि ठूला अस्पलातमा रिफर लिनकै लागि समय खेर फालेर क्लिनिक जानुको कुनै अर्थ छैन । अस्पतालको आपतकालीन कक्षमा जानुहोस् र सकेसम्म छिटो जचाँइ हाल्नुहोस् ।

तपाईको मनमा जापानमा क्लिनिक र अस्पतालसम्बन्धी थप जिज्ञाशाहरु छन् वा जापानमा बसिरहेका आप्रवासीहरुका लागि अतिरिक्त सल्लाह वा सुझाव दिन चाहनु हुन्छ भने तलको कमेन्ट बक्समा लेख्न सक्नु हुनेछ ।

आशा गछौं यो जानकारी तपाईका लागि उपयोगी रह्यो, उपयोगी लागेमा सेयर गरेर आफ्ना साथीहरुमाझ पुर्याइदिनुस् है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *