Sunday, December 4जापानबारे सबै कुरा

जापानमा विद्यार्थी भिसामा कसरी परिवर्तन गर्ने ?

जापानमा अरु भिसालाई विद्यार्थी भिसा बनाउन चाहने कयौं कारण हुन सक्छन् । तपाईसँग जापानको वर्क भिसा छ तर आफ्नो भाषा क्षमता सुधार्न पूरै समय पढ्ने इच्छा हुन सक्छ । वा एक वर्षको वर्किङ होलिडे भिसा छ । तर जापानमा लामो समय बसेर भविष्य यही बिताउने चाहना होला । यस्तो अवस्थामा जापानबाटै अहिलेको भिसालाई विद्यार्थी भिसामा परिवर्तन गर्न सकिन्छ । यसबारे तपाईले थाहा पाउनु पर्ने केही कुराहरु छन् । आजको यस लेखमा हामीहरुले यिनै विषयमा कुराकानी गर्नेछौं ।

जापानमा विद्यार्थी भिसामा परिवर्तनको प्रक्रिया

तपाईले जापानमा भाषा विद्यालयमा पूरा समय पढ्नेबारे सोचिरहनु भएको छ भने शुरुमा यसको सम्भाव्यताबारे अध्यागमन विभागमा सोधपुछ गर्नुहोस् । हरेकको विद्यमान भिसाको म्याद फरक फरक हुन सक्छ । अनि तपाई वर्क भिसामा हुनु हुन्छ भने तपाईको रोजगारीको करारसम्बन्धी विवरणमा पनि यो भर पर्छ ।

भाषा विद्यालयहरुले व्यक्तिगत केस हेरेर विद्यार्थी भिसामा रुपान्तरण स्वीकार गर्छन् । त्यसैले तपाईले अध्ययन गर्न चाहनु भएको विद्यालयमा शैक्षिक सत्र शुरु हुनु भन्दा ३÷४ महीना अगावै भिसा परिवर्तनको लागि आवेदन प्रक्रिया शुरु गर्नु पर्ने हुन्छ । शुरुमा आफूलाई भर्ना लिने विद्यालयहरु पनि खोज्नु पर्यो ।
विद्यालयमा आवेदन दिएपछि अनि विद्यालयबाट अनुमति पाएपछि स्थानीय अध्यागमन विभागमा गएर भिसा हैसियत परिवर्तनका लागि आवेदन बुझाउनु पर्छ । अध्यागमन विभागले तपाईले दिनु भएको आवेदनमा प्रक्रिया थाल्न करीब एक महीना जति लाग्छ । तर यो समय फरक पनि सक्छ । भिसा परिवत्र्य सुनिश्चित हुँदैन भन्ने कुरा चाँहि स्मरण गर्नु होला । परिवर्तन प्रक्रिया पूरा गर्न तपाईले जापान नै छाड्नु पर्ने पनि हुन सक्छ । तर यस्तो विरलै हुन्छ ।
भिसा हैसियत परिवर्तनको आवेदन अस्वीकार भयो भने पनि तपाईको विद्यमान भिसाको म्याद कायम रहन्छ ।

कागजी काम

तपाईले दिनु भएको आवेदन कुनै विद्यालयले स्वीकार गर्यो भने तपाईले विदेशबाट आवेदन दिएको जस्तै गरी जापानमा हुँदा पनि भिसा परिवर्तन आवेदनका लागि कयौं कागजी कामहरु गर्नु पर्छ । यी कागजपत्रहरु अध्यागनमा बुझाउन तपाईलाई विद्यालयले मद्दत गर्दछ ।
सामान्यतः तपाईले बुझाउनु पर्ने कागजपत्रहरु निम्नानुसार हुन्छन्ः

– हैसियत परिवर्तनसम्बन्धी आवेदन फारम

– फोटो

– विद्यमान पासपोर्टको प्रतिलिपि

– जापानी आवासीय कार्डको प्रतिलिपि

– पूरा समय जापानी भाषा अध्ययन गर्न चाहनुको कारण र पढाई पूरा गरेपछि के गर्ने योजना छ भन्ने कारण सहितको पत्र

आवश्यक कागजपत्र फरक फरक हुन सक्छ अनि केही अवस्थामा तपाईले तलका कागजपत्र पनि देखाउनु पर्ने हुन सक्छ ।

– कामको करार

– विद्यमान रोजगारी प्रमाणपत्र र÷वा जागिर छोडेको प्रमाणपत्र

– कर भुक्तानी/कर तिरेको प्रमाण

– कर रोक्काको कागज

तपाईले अध्ययनको अवधिका लागि चाहिने पैसा वा वित्तीय टेवा छ भन्ने प्रमाणित गर्न जरुरी पनि हुन सक्छ । अध्यागमनले हरेक ६ महीनाको अध्ययनका लागि करीब १० लाख येन चाहिन भनेर गाइडलाइन दिएको छ । तपाई भाषा विद्यालयले विद्यार्थी भिसाका लागि अनुमति दिने २ वर्ष पूरा पढ्न चाहनु हुन्छ भने तपाईसँग ४० लाख येनमा पहुँच हुनु पर्छ । भिसा परिवर्तनको स्क्रिनिङ प्रक्रिया लामो हुन सक्छ अनि यो सामान्य भन्दा कठोर पनि हुन सक्छ ।

अनलाइन कोर्सको विकल्प

तपाई पूरा समय जापानी भाषा पढ्न सक्नु हुँदैन भने अनलाइन भाषा कोर्स पनि सहयोगी हुन सक्छन् । तपाईले आफ्नो समय अनुकूल हुने गरी यस्ता खालका कयौं अनलाइन कोर्सहरु भेट्न सक्नु हुनेछ । तपाई जापानी सिकाईबारे साँच्चै गम्भीर हुनु हुन्छ ? आफ्नो आवश्यकता, समय र स्रोत अनुसारका विविध खालका कोर्सहरु पाउन सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *