Saturday, August 13जापानबारे सबै कुरा

विद्यार्थीका लागि उपयुक्त जापानका ७ शहरहरु

टोकियोे

शहरी जीवनशैली मनपर्नेहरुका लागि जापानको राजधानी टोकियो पढ्नका लागि उत्तम स्थान हुन सक्छ । राजीतिक, आर्थिक र फेशनको राजधानी टोकियोमा सिन्ज्युकु, आकिहावारा, सिबुया र हाराज्युकु जस्ता चर्चित शहरहरु पनि छन् । नवप्रवर्तक प्रविधि र परम्पराको मिश्रण पाइने यस शहरको संस्कार हेर्दा जोकोहिले पनि यहाँ त जे पनि हुन सक्छ भन्ने अनुमान लगाउन सक्छ । यहाँका अधिकांश स्टोर र रेष्टुराँहरु राती अबेर सम्म खुला हुन्छन् भने रात्रीकालिन जिवन पनि लोभलाग्दो छ । तर यहाँको घर भाडा र खानेकुराको लागत हेर्ने हो भने टोकियोको जीवनशैली धेरै नै महङ्गो पर्छ । यहाँ विदेशीहरुका लागि जापानको अन्य क्षेत्रभन्दा प्रशस्त मात्रामा रोजगारीका अवसर उपलब्ध हुनुका आफ्नो करियर बनाउने सोचमा रहेकालाई पनि प्रशस्त अवसरहरु रहेका छन् ।

योकोहामा

जापानको अर्को लोकप्रिय शहर हो योकोहामा । जापानको सबैभन्दा ठूलो चाइनाटाउन र मिनातोमिराई यहाँ रहेको छ । यहाँको जीवनशैलीको लागत टोकियोको तुलनामा ३० प्रतिशत कम छ । यहाँका सडकहरु थप फराकिला हुुनुका साथै यो समुद्रि क्षेत्र नजिक रहेको छ । अधिकांश जापानीहरुले टोकियोको भीडभाडयुक्त क्षेत्रलाई छोडेर योकोहामाको शान्त जीवन रोज्न गरेका छन् ।

ओशाका

जापानको तेस्रो लोकप्रिय शहर हो ओशाका । यो जापानका अधिकांश हास्यकलाकारको घर पनि हो । साथै यसलाई जापानकै सबैभन्दा मित्रवत् शहरुका रुपमा पनि चिनिन्छ । यदि तपाइ जापानको बसाइमा केही साथी बनाउने सोचमा हुनुहुन्छ भने यसका लागि ओशाकाभन्दा राम्रो शहर अरु कुनै हुन सक्दैन । यहाँमा मानिसहरुसँग चाँडै घुलमिल हुन र साथी बनाउन सकिन्छ । ओशाका सस्तो तर स्वादिष्ट खानेकुराका लागि पनि प्रसिद्ध छ । क्योतो, नारा र कोबेजस्ता क्षेत्रनजिक बसेर जापान संस्कृतिको विविध पक्षको अध्ययन गर्ने अवसर पनि जुट्छ ।

क्योतो

कान्साई भित्रको अर्को सुन्दर शहर क्योतो पनि अध्ययनका लागि राम्रो शहराध्येको एक होे । क्योतोले जापानका अन्य शहरभन्दा केही बढी आधुकिता अपनाएको छ । यहाँ हेर्न लायक लोकप्रिय क्षेत्रमध्ये कियोमिजुदेरा,किन्खाकुजी र अन्य विश्व सम्पदाहरु रहेका छन् । क्योतो पर्यटकहरुका लागि आकर्षित शहर हुनुका साथै यहाँ थुप्रै विश्वविद्यालयहरु पनि रहेका छन् । क्योतो युुनिभर्सिटि आफैंमा एक प्रतिष्ठित शैक्षिक संस्था हो । यस शहरमा विशेषगरी कलेज जाने उमेरका युवा जनसङ्ख्याको वर्चस्व रहेको छ ।

साप्पोरो

साप्पोरो जापानको उत्तरी क्षेत्रमा पर्दछ र यहाँ जापानका अन्य क्षेत्रभन्दा चिसो छ । यहाँ जाडो महिना र गर्मी महीना दुवैमा रमाइलो गर्न सकिन्छ । यहाँका जनसङ्ख्याको एक्सेण्ट अन्य क्षेत्रका मानिसको जस्तो छैन । सापोरो ताजा सिफुड र मिसो रामेनका लागि लोकप्रिय छ ।

फुकुओका

फुकुओका दक्षिण जापानको सबैभन्दा ठूलो शहर हो । यहाँ रात्री जीवनका थुप्रै विकल्प हुनुका साथै सपिङका लागि पनि यो क्षेत्र प्रसिद्ध छ । यो शहर पोर्क रामेनका लागि पनि प्रख्यात छ । अध्ययनका लागि धेरै नेपालीहरुको रोजाइमा फुकुओका पनि पर्दै आएको छ ।

नेपालीहरुको रोजाइमा कुन ?

माथि उल्लेखित शहरहरु गोगोनिहोनले गरेको अनलाइन सर्वेक्षेणलाई आधार बनाएर तयार पारिएको हो । अध्ययनका लागि जापानमा आउने धेरै नेपालीहरुको रोजाइमा भने टोकियो, योकोहामा, चिवा, फुकुओका, ओशाका र नागोया जस्ता शहरहरु पर्ने गरेका छन् । नेपालबाट जापान आउन चाहाने विद्यार्थीहरुले कन्सल्टेन्सिले जहाँ भन्छन् त्यही शहरमा एप्लाई गर्नुभन्दा हरेक हिसावले आफुलाई सहज वातावरण जुन शहरमा आउँदा मिल्छ सोही क्षेत्रका भाषा स्कुलहरुमा एप्लाई गरेर आउँदा सहज हुन्छ । कुनैपनि शहर, त्यहाँको बसोवासको वातावरण आदिका बारेमा बुझ्नका लागि गुगलमा गएर सो शहरको नाम मात्र राखेर खोज्नुभयो भने अधिक जानकारीहरु पाउनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *