चिसो मौषम सकिएर न्यानो मौषम आउने समय पक्कै पनि सबैका लागि प्रिय नै हुनुपर्ने हो तर जापानमा धेरैलाई यो समयमा मौषमी पराग (पोलेन) का कारण हुने एलर्जी खाफुन्स्यो(花粉所) ले सताउने गर्दछ । जसका कारण हाँच्छ्यु आउँने, नाक बन्द हुने, आँखा चिलाउने, घाँटी दुख्ने जस्ता समस्याहरु देखा पर्दछन् ।
विगतका बर्षहरुमा जापानभरमा २५ मिलियन भन्दा बढि मानिसहरु प्रभावित हुनेगरेको बताइन्छ । यहाँका संचारमाध्यमहरुमा समेत दैनिकजसो परागको मात्राबारे जानकारी दिइन्छ । त्यसैले फेब्रुअरीदेखि अप्रिलसम्म धेरैजना मास्क लगाएरै हिडेको देख्न सकिन्छ । धेरै नेपालीहरु पनि यस समस्याबाट पीडित हुनुहुन्छ त्यसैले आजको लेखमा जापानमा बस्दा यस्तै मौसमी फ्लुबाट बच्न आवश्यक केही उत्पादनका बारेमा केही जानकारी प्रस्तुत गरिएका छन् । आशा गछौं यो जानकारी तपाईलाई उपयोगी हुनेछ ।
१.पित्ता मास्क
धुवाँधुलो र प्रदुषणबाट बच्न मास्क अनिवार्य रुपमा सहि तरिकाले प्रयोग गर्नुवर्छ । नाकमुख राम्रोसँग छोपिने गरि यसको प्रयोग गर्न आवश्यक छ । सन् २०१४ मा सार्वजनिक भएको यो मास्कले धूलो धुँवा छेक्ने मात्र नभइ यसलाई स्टाइलका रुपमा पनि लगाउन सकिन्छ । यो हल्का र तन्किने भएकाले लगाउन पनि सजिलो छ । यसले तपाइ वरिपरिको ९९ प्रतिशत पोलेन (पराग) को प्रवेशलाई छेक्छ । विभिन्न रङ्गमा उपलब्ध यस मास्क महिला, पुरुष र बालबालिकाका लागि पनि उपयुक्त छ ।
मूल्यः साढे ३ सय येन देखि ५ सय येन सम्म
पाइने स्थानः औषधी पसल, कन्भिनियन्स स्टोर
२. खाफुन वो मिजु नि खाएरु मास्क
डीआरसीले बनाएको यो मास्कले पोलेन (पराग) लाई पानीमा परिवर्तन गरिदिन सक्छ । हेर्दा यो अन्य मास्कभन्दा भिन्दै नलागे पनि यी उच्च प्राविधिक संस्करणका मास्क तीन प्रकारमा उपलब्ध छन् । पोलेन (पराग) लाई पानीमा परिवर्तन गर्ने नियमित मास्क, अलिकति विकसित मास्क जसले बढी डोजका पोलेनलाई पानीमा परिवर्तन गर्छ र तेस्रो चाहिँ पोलेन र घरबाट निस्किने धूलोलाई पानीमा परिवर्तन गर्ने मास्क । मास्काम भएका विकसित मेशिनले असुरक्षित प्रोटिनलाई पानीमा परिवर्तन गरिदिन्छ र त्यो पनि मास्क नभिजाइकन । यसो गर्नलाई यसमा टाँसिएको चाँदीको टाइटानियमले भूमिका खेल्छ । तर यो चादिँसँग एलर्जी भएकाहरुले भने प्रयोग गर्नु हुँदैन ।
मूल्यः तीन ओटा मास्क भएको प्याकेटलाई १ हजार येन देखि १४ सय येन सम्म
पाइने स्थानः औषधी पसल, कन्भिनियन्स स्टोर
३.मोरिलाबो खाफुन ब्यारियर स्टिक
यो रंगरहित लिपिस्टिकजस्तो उत्पादन जापानको फरेष्ट रिसर्च एण्ड म्यानेजमेण्ट अर्गनाइजेशनका टिमले विकसित गरेके हो । यो आफ्नो मास्कमा दल्नुपर्छ र यसले पोलेनलाई नाक र मुखको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्न रोक्छ । यसमा भएको ताजा जंगली बास्ना ५ दिनसम्म रहिरहन्छ ।
मूल्यः करीब १ हजार येन
पाइने स्थानः लफ्ट सिबुया , अधिकांश वेल्सिया स्टोर
४. जोफ एयर भाइजर
जापानको जताततै लोकप्रिय रहेको चस्मा स्टोर जोफले हालै मात्रै मौषमी फ्लुबाट बचाउने चस्मा सार्वजनिक गरेको छ । यो चस्माले तपाइको आँखा पुरै राम्रोसँग छोप्ने र पोलेन (पराग) लाई भित्र प्रवेश गर्नबाट रोक्ने बताइन्छ । यी चस्मा विभिन्न रङ्ग र आकारमा उपलब्ध छन् । यो मास्कसँग पनि लगाउन सकिन्छ र यी चस्मा बालबालिकाका लागि पनि उपलब्ध छन् ।
मूल्यः प्रेस्क्रिप्शन चस्माको मूल्य ३ हजार येन देखि ६ हजार येन सम्म
पाइने स्थानः जापानका कुनै पनि जोफा स्टोर
५. स्यान्योको पोलेन सुरक्षा कोट
विश्वमा धूलोबाट सुरक्षा गर्ने कोट ल्याउने कम्पनीका रुपमा परिचित टाइमलेस वर्क स्यान्योले गत वर्ष सार्वजनिक गरेको पोलेन प्रोटक्ट कोट पोलेन त्यसमा नटाँसिने सामग्रीबाट बनाइएको हुन्छ । यो सुन्दा साधारण लागेपनि यसले हाम्रो स्वास्थ्यमा भने ठूलो भिन्नता ल्याउँछ । विभिन्न रङ्ग र आकारमा उपलब्ध यी कोट महिला र पुरुष दुवैका लागि पाइन्छ ।
मूल्यः १४ हजार ५ सय ८० देखि ७४ हजार ५ सय २० येन सम्म
पाइने स्थानः मात्सुया गिन्जा, ओदाक्यु सिन्जुकु, मित्सुविशि निहोनबाशी, मिनातोमिराई तोक्यु स्क्वायर, सोगो योकोहामा र अनलाइनमा पनि
६. ब्लु प्योर ४११ पार्टिकल प्लस कार्बन एयर प्युरिफायर
ब्लु प्योर उच्च स्तरको फिल्टर प्रविधिको प्रयोगले हावामा रहेका भाइरस र पोलेनलाई सफा गर्ने एयर प्युरिफायर हो । यो साना साना कोठा र क्षेत्रमा पनि राम्रैसँग प्रयोग गर्न सकिने उत्पादन हो ।
मूल्यः १८ हजार येन
पाइने स्थानः योदोबाशि क्यामरा, बिक क्यामरा र अन्य इलेक्ट्रिक स्टोर
७. बाल्मुदा द प्योर
यो पनि एक शक्तिशाली एयर प्युरिफायर हो जसमा भएको फ्यानले हावामा रहेका प्रदुषणलाई सोसेर त्यसलाई सफा गर्छ । यसले एकदमै सानो कणको पनि ९९ दशमलव ९७ प्रतिशत फिल्टर गर्न सक्ने दाबी गरेको छ ।
मूल्यः ५२ हजार येन
पाइने स्थानः योदोबाशि क्यामरा, बिक क्यामरा र अन्य इलेक्ट्रिक स्टोर
८. इहादा अल्लर स्क्रिन
यो एक किसिमको स्प्रे हो जुन तपाइले सिधै अनुहारमा, मेकअपमा, कपालमा वा शरीरमा सिधै छर्कन सक्नुहुन्छ । यसले पोलेन र पीएम २ दशमलव ५ पार्टिकल्सलाई हामीभित्र प्रवेश गर्नबाट रोक्छ ।
मूल्यः ५० ग्रामको (९ सय येन) र १ सय ग्रामको (१६ सय येन)
पाइने स्थानः जापानका अधिकांश औषधी पसल
९.हाना नोआ नेजल डोच
यो नाक सफा गर्ने उत्पादनले तपाइलाई सास लिन समस्यामा पार्न सक्ने पोलन, भाइरस, धूलो र किटाणुबाट बचाउँछ । यो बोतलमा आउँछ र यसलाई नाकभित्र छिराएर मुखले थुक्नुपर्छ । बाहिरबाट घर पुगेपछि सधैं यसको प्रयोग गर्नुहोस् तपाइलाई फरक आफैं थाहा हुन्छ ।
मूल्यः ८ सय ४० येन
पाइने स्थानः प्राय सबै औषधी पसल
१०.पोलेन प्सल नोज थ्रोट क्याण्डि
यसले पोलेन एलर्जीबाट खासै त बचाउँदैन तर मुखबाट सास फेर्दा फेर्दा थाकेको बेला चाहिँ यो खान सकिन्छ । यसले बन्द नाक खुलाउन सहयोग गर्छ ।
मूल्यः करीब २ सय येन
पाइने स्थानः कन्भिनियन्स स्टोर, सुपरमार्केट, औषधी पसल
आशा छ यो जानकारी तपाईका लागि उपयोगी हुनेछ । मौषम परिवर्तन हुने यो समयमा अन्य मौषमी रोगहरु पनि लाग्नसक्छन् सुरक्षित रहनुहोला है । यो जानकारी उपयोगी लाग्यो भने सेयर गरेर आफ्ना साथीहरुमाझ पनि पुर्याइदिनुहोला ।