जापानमा गर्भवति जाँच खरिद कहाँ गर्ने भन्नेबारे अन्योलमा पर्नुभएको छ भने तपाइका लागि आजको लेख उपयोगी हुन सक्छ । क्लिनकमै गएर पनि जाँच गराउन सकिन्छ तर जाँचकै लागि मात्र गैरहन जरुरी छैन । जापानमा गर्भ जाँच गर्ने किट खरिद गर्न निकै सरल र सस्तो छ ।
गर्भ जाँच किट खरिद कहाँ गर्ने ?
जापानमा गर्भ जाँच कहाँ गर्ने भन्ने खोज्न किनै सजिलो छ । निन्सिन खेन्सा याकु 妊娠検査薬 (にんしんけんさやく) को नामले ती औषधी पसलहरुमा उपलब्ध हुन्छन् । गर्भ जाँच किट खरिद गर्ने जापानमा रहेका औषधी पसलका चेनहरु निम्न छन्ः
– माचुमोतोकियोसी (マツモトキヨシ)
– चुरुहा दोराक्कु (ツルハドラッグ)
– कोकोकारा फाइन (ココカラファイン)
– सानदोराक्कु (サンドラッグ)
– कोसमस (コスモス)
यदि माथि उल्लिखित औषधी पसलमध्ये कुनै पनि नजिकै छैन भने स्थानीय औषधी पसलमा पनि यो उपलब्ध हुन सक्छ । साथै एमजन र राकुतेनजस्ता अनलाइन बजारबाट पनि गर्भ जाँच सम्बन्धी किट अर्डर गर्न सकिन्छ ।
खर्च
जापानमा गर्भ जाँच गर्ने किटको मूल्य ब्रांण्ड र प्रकारका आधारमा ५ सय येन देखि २ हजार येन सम्म पर्छ । यसमा एनालग र डिजिटल गरेर दुईओटा प्रकारमध्ये एक छान्न सकिने भएपनि यसले कार्य भने समान गर्छ । डिजिटलमा गर्भ भएको वा नभएको बारे लिखितमा प्रेग्नेन्ट अथवा नट प्रेग्नेन्ट भनेर आउँछ भने एनालगमा सिम्बोलहरुमा बताइन्छ । यी दुई प्रकारमा यो एउटा मात्रै भिन्नता हो ।
मूल्यसहितको गर्भवति जाँच किटको सूची
डु टेस्ट (ドゥーテスト) : एउटा टेष्ट प्याकको ४५८ येन पर्छ भने २ वटा टेष्ट प्याकको ६९९ येन पर्छ ।
पि–चेक (P–チェック) : एउटा टेष्ट प्याकको ५३० येन पर्छ भने २ वटा टेष्ट प्याकको ८५० येन पर्छ ।
क्लियरब्लू (クリアブルー): एउटा टेष्ट प्याकको २८९ येन पर्छ भने २ वटा टेष्ट प्याकको ६२८ येन पर्छ ।
चेक वान (チェックワン) एउटा टेष्ट प्याकको ५३५ येन पर्छ भने २ वटा टेष्ट प्याकको ८१८ येन पर्छ ।
माथि उल्लेखित मुल्यहरु स्टोरहअनुसार फरकफरक हुनसक्छ ।
यसले काम कसरी गर्छ?
गर्भ जाँच गर्ने किटले पिशावमा भएको एचसीजी (ह्युमन कोरिनिक गोनाडोट्रोपिन) को जाँच गर्छ । एचसीजी पाठेघरको भित्तामा निषेचित अण्डा टाँसिएपछि बन्ने हर्मोन हो । सहि समयमा प्रयोग गर्ने हो भने यस्तो किटले देखाउने नतिजा ९९ प्रतिशत सहि हुन्छ ।
कतिबेला प्रयोग गर्ने?
गर्भ जाँच महिनावारी नाघेको आठौं दिनमा गर्नुपर्छ । त्यतिखेर एचसीजीको स्तर बढ्ने भएकाले यतिखेर सहि नतिजा आउने सम्भावना पनि बढी हुन्छ । किटको सोस्ने भागपट्टी पिशाव राख्ने र त्यसको केही समयछि किटले नतिजा देखाउँछ । अथवा कपमा पिशाव राखेर त्यसमा किटले जाँच गर्न पनि सकिन्छ । यसमा लाग्ने समय किटको ब्राण्डमा पनि निर्भर हुन्छ । प्राय यसमा ५ देखि १० सेकेण्डको समय लाग्छ । परिक्षणबाट गर्भवति भएको नतिजा आएमा तुरुन्तै चिकित्सकसँग परामर्शका लागि जानुपर्छ ।